कालिकोट- रास्कोट नगरपालिका– २ सेरा बजारमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।
बिहिवार बिहान ७ बजे भएकाे जिप दुर्घटनामा रास्कोट नगरपालिका १ निवासी नेपाली कांग्रेसका नेता मनबहादुर शाही र उनकी श्रीमतीको मृत्यु भएको जनाइएको छ।
सोही वडा निवासी रितु सिंह गम्भिर घाइते भएकी छिन्। घाइतेको रास्कोट अस्पतालमा उपचार भइरहेको छ। सेराबजारको बसपार्कमा चालकले जुता लगाउदै गरेको अवस्थामा यात्रु गाडीमा चढ्दै गर्दा स्टार्ट गरी राखेको जिप न्युटल हुँदा खोलामा गएर दुर्घटना भएको स्थानीय दिपक सिम्खाडाले बताएका छन्।
'गाडी स्टार्टमै रैछ, गाडीमा ओड नराखेकै बेला चालकले जुत्ता लगाउने र यात्रुले गाडीमा बस्ने समय एकै हुँदा गाडी पछाडी गुडेको थियो', स्थानीय सिम्खडाले भने, 'तिनजना गाडीमा रहेका थिए। दुई जनाको घटना स्थलमै मृत्यु भएको छ। एक जना गम्भिर घाइते छन्।'
रास्कोट अस्पतालमा उपचाररत घाइतेको थप उपचारको लागि हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी गरिएको सिम्खाडाले बताए।