जिल्लाको नरहरिनाथ गाउँपालिका–८ का वडाध्यक्ष लालबहादुर बिष्टकी पत्नी निर्मला कुमारी विष्टले नक्कली अनुभव पत्र बनाएर जागिर खाएको खुलेको छ।
नरहरिनाथ गाउँपालिकाले २०७९ पुस २९ गते प्रकाशित गरेको फिल्ड सहायक पदमा दरखास्त दिनका लागि विष्टले नक्कली अनुभव पत्र बनाएको रहस्य बाहिरिएको हो। राष्ट्रिय परिचयपत्र तथा पंञ्जीकरण विभाग अन्तर्गत फिल्ड सहायकमा जागिर खानका लागि नक्कली अनुभव पत्र बनाएकी हुन्।
साबिकको गाउँ विकास समितिमा सामाजिक परिचालक भएर काम गरेको अनुभव पत्र नक्कली बनाएकी हुन्। तत्कालीन गाविस सचिव युवक हमालको किर्ते हस्ताक्षर गरी अनुभव पत्र नक्कली बनाएर नियुक्ति बुझाएको भेटिएको छ।
२०७२/४/१० गतेका दिन चलानी नं १२ पत्र संख्या ०७२/०७३ को अनुभव पत्र पेश गरी फिल्ड सहायकमा अहिले काम गरिरहेकी छन्। गाविस सचिवको किर्ते हस्ताक्षर गरेको अनुभव पत्रका आधारमा उनले फिल्ड सहायक पदमा नियुक्ति पाइन्।
गाउँपालिकाले अन्य पदमा लिखित मौखिक परीक्षा लिए पनि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गत फिल्ड सहायक पदका लागि संक्षिप्त सूचि प्रकाशन तथा कम्प्युटर सीप परीक्षण र अन्तरवार्ता लिएको थियो। साबिकको लालु गाउँ विकास समितिको नक्कली लेटरहेडमा निर्मला कुमारी विष्टले नक्कली अनुभव पत्र बनाएर फिल्ड सहायकमा नियुक्ति बुझी काम गरिरहेकी छन्।
यता तत्कालीन गाविस सचिव युवक हमालले आफूले कसैलाई अनुभव पत्र नदिएको बताए।
उनले भने, पहिले पनि एक पटक कुरा उठेको थियो उति बेला पनि मैले भनेको थिए म गाविस सचिव हुँदा कसैलाई कार्यानुभवपत्र दिइएन।'
निर्मला कुमारी विष्टले पेश गरेको कार्यनुभवपत्रमा आफ्नो किर्ते हस्ताक्षर गरेको हमालले बताए। गाविसको लेटरहेडपनि गलत छ हमालले भने २०७२/०७३ तिर लालु गाविसमा थिए आफूले कसैलाई अनुभव पत्र दिएको पनि छैन कसैले काम गरेको पनि होइनन्।
गाउँपालिकाले किर्ते अनुभवका आधारमा उनलाई फिल्ड सहायकमा नियुक्त गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। गाउँपालिकाले नक्कली सक्कली प्रमाणित गर्न नसकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरक शाहले बताए।
उनले प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालिको पालामा नियुक्त गरिएकाले त्यस विषयमा आफूलाई जानकारी नभएको जनाए।
यता वडाध्यक्ष लालबहादुर विष्टले आफ्नो पत्नी निर्मला विष्टले जागिर गरिरहेको स्वीकार गरे।
उनले भने, 'गाविसको अनुभव पत्र हो जागिर गरिरहेकी छन्।' गाविसको अनुभव पत्र किर्ते हो नि भन्दा वडाध्यक्ष विष्टले अनुभव पत्र मैले बनाएको हो भन्दै जङ्गिए उनले यो विषयमा आफूलाई सोध्न नहुने भन्दै फोन काटे। उनले पेश गरेका सबै डकुमेन्ट नक्कली हुन सक्ने आशङ्का गरिएको छ।
गाविसको नाम र हस्ताक्षर नै गलत
लालु गाउँ विकास समितिको नाममा बनाउनुपर्ने अनुभव पत्रमा गाविसको नाम गलत लेखिएको छ भने हस्ताक्षर किर्ते गरिएको छ।
लालु गाउँ विकास समिति लेख्नु पर्ने लेटर हेडमा गलत नाम लेखिएको छ भने तत्कालीन गाविस सचिव युवक हमालको किर्ते हस्ताक्षर गरिएको छ।
नरहरिनाथ गाउँपालिका कर्मचारी पदपूर्ति समितिले यति सानो कुरामा ध्यान नदिएर वडाध्यक्षको दबाबमा कर्मचारी नियुक्त गरिएको नागरिकले आरोप लगाएका छन्। उनीहरूले यसमा जनप्रतिनिधि लगायत कर्मचारीको समेत मिलेमतो रहेको बताए।
लेटरहेडमा गाउँ विकास समितिको कार्यालय लालु, ठाटिकोट कालिकोट लेखिएको छ भने कार्यानुभव सामाजिक परिचाल लेखिको देखिन्छ। यसरी स्पष्ट किर्ते देखिँदा देखिँदै पालिकाले नियुक्त गरी कामकाजमा खटाइसकेको छ।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...