तापमान र समुद्र सतहमा हुने वृद्धिको दीर्घकालीन जोखिम
२२ जेष्ठ २०८०
•
४ मिनेट पाठ
तापमान र समुद्र सतहमा हुने वृद्धिको दीर्घकालीन जोखिम
जीवनका लागि आवश्यक पृथ्वीका भौतिक तथा जैविक प्रणालीका निर्दिष्ट सीमारेखाहरू पार हुँदैगर्दा सोमबार विश्व वातावरण दिवस मनाइँदैछ। संयुक्तराष्ट्रसंघको आह्वानमा ५० वर्षदेखि जुन ५ मा मनाइँदै आइएको यो दिवस यस वर्ष प्लास्टिकजन्य प्रदूषण नियन्त्रणमा केन्द्रित छ। पछिल्ला वर्षमा सार्वजनिक सबैजसो वैज्ञानिक अध्ययनर आकलनले मुख्यरूपमा मानवीय गतिविधिका कारण मानव अस्तित्वसमेत संकटोन्मुखरहेकोर समग्र प्राकृतिक प्रणाली फर्कन नसक्ने बिन्दुतर्फ धकेलिएको देखाएका छन्।




उत्तरी ध्रुवीय आर्टिक क्षेत्रमा पृथ्वीमा हुने सरदर तापमान वृद्धिको तुलनामा ४ गुणा बढी दरमा तापमान वृद्धि हुँदा सन् २०५० भित्रकै गर्मी याममा यो क्षेत्र हिउँविहीन हुनसक्नेर त्यसपछि यसलाई पूर्ववत स्थितिमा फर्काउन नसकिने वैज्ञानिकको आकलन छ। हिउँको विशाल तह बोकेको ग्रिनल्यान्डमा पछिल्ला हरेक दशकमा खर्बाै टन हिउँ पग्लेको छ। ग्रिनल्यान्डमा जमेको पानी पग्लेको अवस्थामा यसले समुद्र सतहलाई ७ मिटर बढाउन सक्ने क्षमताराख्छ। उत्तरीदेखि दक्षिणी ध्रुवसम्मर ग्रिनल्यान्डदेखि हिमालय क्षेत्रमारहेको हिउँर त्यसमा भैरहेको ह्रासले दुरगामी प्रभाव निम्याउने प्रष्ट छ। यी प्रक्रियासँग सामुद्रिक क्षेत्रमा प्राकृतिक हिसाबले प्रवाह हुने चिसो तथा तातो हावा तथा समुद्र सतहको बढोत्तरीसमेत जोडिएको छ। वैज्ञानिकका अनुसार प्राकृतिक स्रोतसाधनको चर्काे दोहन, हरितगृह ग्यासको अत्यधिक उत्र्सजन, प्रदूषण, वन विनाशलगायतका मानवीय गतिविधिका कारण एकआपसमा जोडिएका प्रणाली बिथोलिएका छन्। मानव अस्तित्वरक्षाका लागि स्थिरर संकट थेग्न सक्ने पृथ्वी आवश्यकरहे पनि यो अस्थिरर संकट थेग्न नसक्ने अवस्थामा पुगेको छ।

गत साता प्रसिद्ध नेचर जर्नलमा प्रकाशित विश्वका ३२ वैज्ञानिकको एक अध्ययनअनुसार सुरक्षित जीवनका लागि आवश्यक पर्ने पृथ्वीका ८ जैविक तथा भौतिक सीमारेखाहरू (प्लानेटरी जिओ–फिजिकल वाउन्ड्रिज) मध्ये ७रेखा पार भइसकेका छन्।वातावरण वैज्ञानिक जोनरकस्ट्रोमको नेतृत्वमा गरिएको यो अध्ययनमा जलवायु, प्राकृतिक पारिस्थितिकीय प्रणाली क्षेत्र, पारिस्थितिकीय प्रणालीका लागि आवश्यक कार्यात्मक अखण्डता, पृथ्वीको सतहमाथिरहेको पानी, जमिनमुनिको पानी, नाइट्रोजन, फस्फोरसर एरोसोल (वायुमण्डलका सूक्ष्म कण) गरी ८ आधारभूत सीमारेखाको समीक्षा गरिएको छ।
यसअघि सन् २००९ मा तोकिएका ८ सीमारेखामा हाल आएर वातावरणीय न्यायर समानताको विषयसमेत समावेश गरी ९ वटा कायम गरिएको छ। सीमारेखा पार गर्दा पृथ्वीर जीवनका लागि खतरा निम्तिने हिसाबले वैज्ञानिकले समीक्षात्मक अध्ययन गरेका हुन्। वैज्ञानिक हिसाबले परिभाषित सुरुका ८ सुरक्षा सीमारेखामध्ये वायु प्रदुषण (एरोसोल) बाहेकका अन्य ७ वटाले सुरक्षा सीमा पार गरिसकेका छन्। त्यसैले पृथ्वी ‘खतरापूर्ण क्षेत्र (डेन्जर जोन)’ मा प्रवेश गरिसकेकोछ।अनुसन्धानकर्ताले १.५ डिग्रीको तापमान वृद्धिदर हासिल भएको अवस्थामा पनि विश्वका धनी मुलुकहरूले आफूलाई सुरक्षितराख्न सके पनि अत्यन्त जोखिममारहेका देशर समुदायलाई ठूलो नोक्सानी पुग्ने बताएका छन्। अध्ययनमा सहभागी वैज्ञानिकले यो अवस्थामा २० करोड सर्वसाधारण अत्यधिक तापमान वृद्धिको चपेटामा पर्नेर समुद्र सतहमा हुने वृद्धिले ५० करोड मानिस दीर्घकालीन जोखिममारहने बताएका छन्।

प्रतिवेदन सार्वजनिक गर्नेक्रममा आयोजित पत्रकार सम्मेलनमा अर्थ कमिसनकी उपाध्यक्ष तथा अध्ययनमा सहभागी अमस्र्टरडम विश्वविद्यालयकी वैज्ञानिक जोयिता गुप्ताले मानिसले हरेक वर्ष स्वास्थ्य जाँच गरेजस्तै पृथ्वीको जाँच गर्ने हो भने चिकित्सककले ‘पृथ्वी साच्चै बिरामी परेकोर यसका आधारभूत प्रणालीका विभिन्न अंगमा खराबी उत्पन्न भएको बताइन्। यसैकारण मािनससमेत नराम्ररी प्रभावित भएको प्रतिक्रिया उनले दिएकी थिइन्।

विद्यमान आर्थिक प्रणालीको ढाँचा नै समस्याको कारणरहेको बताउँदै वैज्ञानिकहरूले दिगो विकास यात्रामा अगाडि बढ्न तथा हरित आर्थिक वृद्धिलाई बढवा दिन विश्व समुदाय गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। अनुसन्धानकर्ताले निष्कर्षमा भनेका छन् ‘यो अहं प्रश्नको उत्तरका लागि सोधकर्ताका फरकराय हुन सक्छन् तर यो नतिजाले हामीसँग खेर फाल्ने समय छैन भनेको छ।’युक्तराष्ट्रसंघीय विश्व मौसम संगठन (आइएमओ) ले ३ साताअघि सार्वजनिक गरेको एक प्रतिवेदनले पृथ्वीको तापमान अपेक्षा गरेभन्दा अत्यधिक स्तरमा बढेको देखाएको छ। यो शताब्दीको अन्त्यसम्म औद्योगिकीरणको युगभन्दाअघिको तुलनामा तापमानको सरदर वृद्धिलाई सकेसम्म १.५ डिग्रीमा सीमितराख्न खोजिए पनि आगामी ५ वर्षमै यो स्तरको तापमान वृद्धि हुने उक्त अध्ययन प्रतिवेदनको आकलन छ।
प्रतिवेदनका अनुसार अत्यधिक कार्बन उत्सर्जनर नियमित हिसाबले समुद्र सतहमा हुने तापक्रम वृद्धिका कारण सन् २०२३ देखि २०२७ को कुनै एक वर्ष १.५ डिग्री सेन्टिग्रेडले तापक्रम बढन सक्ने देखिएको छ। जलवायु परिवर्तनका कारण विश्वमा तातो हावा, बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी, डढेलो, डुबानलगायतका विपद बढ्दो क्रममा छन्। तापक्रममा भएको यो तीव्र वृद्धिले विश्व समुदायले अझ धेरै विपद्को सामना गर्नुपर्ने, विषम मौसमी घटनाहरूको पुनरावृत्ति हुनेर त्यसले गर्ने असर ह्वात्तै बढने देखिएको छ। सन् २०३० देखि २०४० को अवधिमा सामना गर्नुपर्ने भनिएका जलवायुजन्य विपद्हरू यही दशकमा भोग्नुपर्ने अवस्था सिर्जना भएको ठहर वैज्ञानिकहरूको छ।वातावरणर जलावायु संकटका सन्दर्भमा संयुक्तराष्ट्रसंघका महासचिव एन्टिनिओ गुट्रेसले हालै आइपिसिसीको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा ‘क्लाइमेट टाइमबम’ लाई निष्क्रिय पार्न विश्व एक ठाउँमा उभिनुपर्ने बताएका थिए। ‘विश्वका हरेक देश समस्या समाधानको अंग हुनुपर्छ। अर्काेले पहिलो पाइला चाल्नुपर्छ भन्ने ठान्दा मानवता अन्तिम अवस्थामा पुग्छ,’ गुट्रेसले भनेका थिए।
अर्को समाचार
वातावरण दिवसमा वाग्मती नदी किनारमा वृक्षरोपण
२२ जेष्ठ २०७८
•
३ मिनेट पाठ
वातावरण दिवसमा वाग्मती नदी किनारमा वृक्षरोपण
विश्व वातावरण दिवसका अवसरमा वाग्मती किनारस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान क्षेत्रमा वृक्षरोपण गरिएको छ। वाग्मती सफाइ महाअभियानको ४२१औँ हप्ताको कार्यक्रमका दिन वातावरण दिवस परेकाले त्यसै अवसरमा बिरुवा रोपिएको हो। साम्बा, काइयो र सिसौँ जातका करीब ५० बिरुवा रोपिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका सञ्चालक सदस्य डा माला खरेलले बताए।  




कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, पूर्व मुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नायिका दीपाश्री निरौला, नायक पूर्णविक्रम शाहलगायत ४० अभियानकर्मीको सक्रियता थियो। विश्व वातावरण दिवसका अवसरमा आज मेची महाकाली सफाइ अभियानको आह्वानमा ६० स्थानमा वृक्षरोपणसमेत गरिएको छ।

कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठले अतिक्रमण गरिएका सार्वजनिक जग्गा खोजी गरी उद्यान बनाउने अभियान चलाइएको जानकारी दिए। वनसचिव कँडेलले आगामी वर्ष देशभर वृक्षारोपणका लागि बजेट व्यवस्था गरिएको जानकारी दिए।  

अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष तिमल्सिनाले काठमाडौँ उपत्यकाका नदी किनारमा वन मन्त्रालयसँग सहकार्य गरेर वृक्षरोपण गरिने जानकारी दिए। पूर्व मुख्यसचिव पौडेलले आठ वर्षअघि देखि नै वृक्षरोपणलाई नियमित रुपमा गरिँदै आएको भने।

विष्णुमती सफाइको ३५४औँ हप्तामा नदी किनारस्थित टोखा नगरपालिका–९ शिवमन्दिर क्षेत्रमा सफाइसहित वृक्षरोपण गरिएको छ। विश्व वातावरण दिवसको अवसर पारेर कपुर, बैँस, जामुन जातका ३० बिरुवा रोपिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए। वृक्षरोपण कार्यक्रममा विभिन्न टोल सुधार समितिका प्रतिनिधिको सक्रियता थियो।  

यसैगरी माथिल्लो क्षेत्रको विष्णुमती सफाइ अभियानले पनि नदी किनारस्थित धनेश्वर क्षेत्रमा वृक्षरोपण गरेको अभियानकर्मी रामकुमार श्रेष्ठले भने।

मनोहरा किनारमा १०० बिरुवा गुर्जो रोपण 

यसैगरी मनोहरा सफाइका क्रममा नदी किनारमा गुर्जोका १०० बिरुवा रोपण गरिएको छ। निःशुल्क रुपमा गुर्जोका बिरुवा र यसबाट बनेका सामग्री वितरण गर्र्दै आएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराएका हुन्। राजलवटले गत वर्ष पनि देशभर निःशुल्क गुर्जोका बिरुवा र सामग्री वितरण गरे। यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना तीव्र भएपछि अभियानकर्मी राजलवटले गुर्जोबाट बनेको औषधि निःशुल्क वितरण गर्दै आएका छन्।

मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने भएकाले कोरोना महामारीमा गुर्जोको माग बढेको छ। आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन्, तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा गुर्जो नेपालीका लागि रोग प्रतिरोधीलगायत विभिन्न रोगमा औषधिको काम गर्ने जनाइएको छ।

विसं २०७० जेठ ५ गतदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको हो। महाअभियान शुरु भएपछि काठमाडौँ उपत्यकामा यसका सहायक नदीसहित चक्रपथका विभिन्न स्थान गरी २० ठाउँमा स्वतःस्फूर्त रुपमा सफाइ अभियान शुरु भएको छ। सातामा दुई देशका लागि स्वयंसेवा भन्ने नारासहित प्रत्येक हप्ता शनिबार बिहान ७ः०० देखि ९ः०० बजेसम्म सफाइ हुँदै आएको छ।  

महाअभियान शुरु भएपछि जाडो, गर्मी, चाडपर्व, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि प्रत्येक हप्ता सफाइ भइरहेको छ। उपत्यकाबाहिर पनि मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ। उपत्यकाबाहिर समेत गरी १०७ स्थानमा सफाइ अभियान जारी रहेको जनाइएको छ।रासस
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस