मोहन्यालमा सडककै दुःख !
०९ जेष्ठ २०८०
•
३ मिनेट पाठ
मोहन्यालमा सडककै दुःख !
मोहन्याल गाउँपालिकाको सदरमुकाम खिमडी जाने कच्ची बाटो। तस्बिर: पुष्पराज जोशी/नागरिक।
दुर्गम गाउँ बस्तीलाई सुगम बनाउने भनेकै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चार हुन्। तिनै चिज गाउँ बस्तीमा नभएपछि स्थानीयले वर्षौँदेखि कसरी कष्टकर जीवन बिताइरहेका होलान्?, सहजै अनुमान लगाउन सकिन्छ। हो, त्यस्तै शताब्दीऔं पुरानो अवस्थामै अहिले पनि जीवन गुजारी रहेका छन् सुगम जिल्ला कैलालीको दुर्गम मोहन्याल गाउँपालिकाका बासिन्दा।




‘हामीलाई सबैभन्दा बढी दुःख भनेकै सडकको हो,’ मोहन्याल गाउँपालिका वडा नम्बर २, गजाडीका नरबहादुर बुढामगरले भने, ‘तराईँदेखि गाउँपालिकाको सदरमुकाम खिमडी जोड्ने सडक त वर्षमा ७ महिना मात्रै चल्छन्, झन् भित्री सडक त वर्षमा त्यही ४ महिना मात्रै हो सञ्चालन हुने।’
सडक नहुँदा बिरामीलाई सहजै अस्पताल लैजान तथा गाउँमा दैनिक उपभोग्य सामान खरिद गरी ल्याउन कठिन हुने गरेको उनले बताए।

‘गतिला सडक नहुँदा गाउँमा नियमित सवारी साधन चल्न सकेका छैनन्, जसले गर्दा गाउँमा सामान ल्याउनका लागि पनि गाडी तथा ट्याक्टर नै बुकिङ गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘गाडी बुकिङ गर्दा सामान महँगो पर्न जाने र त्यसको भार फेरि स्थानीय उपभोक्तालाई नै पर्ने गरेको छ।’
गाउँमा ट्र्याक खोलिएको बाटोसम्म पुगे पनि वर्षमा ४ महिना मात्रै मोटरसाइकलसम्म चलाउन सकिने भएको बताउँदै अर्का स्थानीय विष्णु रोकामगरले भने, ‘गाउँपालिकाको बजेटले गाउँ गाउँसम्म ट्र्याक त खोलियो, तर स्तरोन्नति नहुँदा भने झनै दुःख छन्।’ 

ट्र्याक खोलिएको बाटोमा ठुलठुला ढुंगा तथा साँघुरो मोड र ठाडै उकालो बाटोले मोटरसाइकल चलाउनै सकस हुने गरेको उनले बताए। गाउँमा बाटो आएपछि यात्रा गर्न सहज हुन्छ भनेर मोटरसाइकल किनेको बताउँदै उनले भने, ‘दैनिक उपभोग्य सामान किन्न तथा बिरामी पर्दा तराईँ जानका लागि सहज होस् भनेर किनिएको मोटरसाइकल पनि अप्ठ्यारो बाटोका कारण राम्ररी चलाउनै सकिएका छैन।’ 

अप्ठ्यारो बाटोमा ज्यान हत्केलामा राखेर मोटरसाइकल चलाउनु पर्ने बाध्यता रहेको उनले बताए। भर्खरै खोस्रेर बनाइएको सडकजस्तै यहाँको सञ्चार पनि उस्तै छ। नेपाल टेलिकमको मात्रै टावर रहेको मोहन्याल गाउँपालिकाका सबै बस्तीमा फोनै लाग्दैन। गाउँपालिकाको सदरमुकाम खिमडी नै सञ्चारको पहुँचबाट बाहिर छ। दुर्गम गाउँ बस्तीको अवस्था त झनै दर्दनाक छ।

२०६४ सालमा तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समितिको आर्थिक सहयोगमा सिमली खोला–पण्डौन–खनियाताल सडक खण्डको सुरुवात गरिएको थियो। सो सडक १० वर्षपछि मात्रै खिमडीसम्म पुग्न सकेको हो। सुस्त निर्माण कार्य र पर्याप्त बजेट नभएका कारण सडकको स्तरोन्नतिका साथै ट्र्याक अगाडि लैजाने कार्यमा बाधा पुगेको जनप्रतिनिधिहरू बताउँछन्।

‘सडक बनाउनका लागि प्रदेश र संघीय सरकारको बजेट आएन,’ वडा नम्बर २ का वडाध्यक्ष जयप्रकाश मल्लले भने, ‘बजेट अभावकै कारण मोहन्यालको सडकको अवस्था यस्तो भएको हो।’
गाउँपालिकाभित्र सबै वडामा ट्र्याक खोलिए पनि स्तरोन्नति भने हुन नसकेको गाउँपालिकाका इन्जिनियर योगेन्द्र भण्डारी बताउँछन्। उनले भन्छन्, ‘सडकका ट्र्याक खोलिएका छन्, तर बजेट अभावले नै राम्रो सडक बनाउन सकिरहेका छैनौ।’ 

गाउँपालिकाको सदरमुकाम खिमडी जाने बाटो नै राम्रो नभएको बताउँदै उनले भने, ‘सदरमुकाम जाने बाटो नै गतिलो भएको छैन भने अन्य गाउँको बाटोको अवस्था झनै दर्दनाक छ।’
कच्ची सडक त्यसमा पनि धुलैधुलोले यात्रा गर्ने यात्रुलाई कष्ट भइरहेको उनी स्विकार्छन्। ‘बाटो राम्रो नभएकै कारण यात्रुलाई कष्ट छ,’ इन्जिनियर भण्डारीले भने,‘तर, केही ठाउँमा भने मोड सुधारको कार्यक्रम चलिरहेको छ।’

बाटोकै कारण दुर्गम बनेको मोहन्याल गाउँपालिकालाई सुगम बनाउनका लागि पर्याप्त बजेट नभएको गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय बताउँछन्। उनले भने,‘गाउँपालिकाको बजेटले सम्भवै छैन, त्यसका लागि प्रदेश र संघीय सरकारको बजेट चाहिन्छ।’ यसपालि भने प्रदेश सरकार र संघीय सरकारसँग गाउँपालिकाको ग्रामीण सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट माग गरेका छौँ।’
अर्को समाचार
मोहन्यालमा सडककै दुःख!
२१ जेष्ठ २०८०
•
४ मिनेट पाठ
मोहन्यालमा सडककै दुःख!
मोहन्याल गाउँपालिकाको सदरमुकाम खिमडी जाने कच्ची बाटो। तस्बिर: पुष्पराज/नागरिक
दुर्गम गाउँवस्तीलाई सुगम बनाउने भनेकै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चार हुन्। तिनै चिज गाउँवस्तीमा नभएपछि स्थानीयले वर्षौंदेखि कसरी कष्ठकर जीवन बिताइरहेका होलान्? सहजै अनुमान लगाउन सकिन्छ। हो, त्यस्तै शताब्दीऔं पुरानो अवस्थामै अहिले पनि जीवन गुजारी रहेका छन् सुगम जिल्ला कैलालीको दुर्गम मोहन्याल गाउँपालिकाका बासिन्दा।




‘हामीलाई सबैभन्दा बढी दुःख भनेकै सडकको हो,’ मोहन्याल गाउँपालिका वडा नम्बर २, गजाडीका नरबहादुर बुढामगरले भने, ‘तराईदेखि गाउँपालिकाको सदरमुकाम खिमडी जोड्ने सडक त वर्षमा ७ महिना मात्रै चल्छन्, झन भित्री सडक त वर्षमा त्यही ४ महिना मात्रै सञ्चालन हुन्छन्।’

दुर्गम गाउँवस्तीलाई सुगम बनाउने भनेकै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चार हुन्। तिनै चिज गाउँवस्तीमा नभएपछि स्थानीयले वर्षौंदेखि कसरी कष्ठकर जीवन बिताइरहेका होलान्?
सडक नहुँदा बिरामीलाई सहजै अस्पताल लैजान तथा गाउँमा दैनिक उपभोग्य सामान खरिद गरी ल्याउन कठिन हुने गरेको उनले बताए। ‘गतिला सडक नहुँदा गाउँमा नियमित सवारी साधन चल्न सकेका छैनन्, जसले गर्दा गाउँमा सामान ल्याउनका लागि पनि गाडी तथा ट्र्याक्टर नै बुकिङ गर्नुपर्ने अवस्था छ,’ उनले भने,‘गाडी बुकिङ गर्दा सामान महँगो पर्न जाने र त्यसको भार फेरि स्थानीय उपभोक्तालाई नै पर्ने गरेको छ।’

रगाउँमा ट्रयाक खोलिएको म पुगे पनि वर्षमा ४ महिना मात्रै मोटरसाइकलसम्म चलाउन सकिने भएको बताउँदै अर्का स्थानीय विष्णु रोकामगरले भने, ‘गाउँपालिकाको बजेटले गाउँगाउँसम्म ट्र्याक त खोलियो, तर स्तरोन्नति नहुँदा भने झनै दुःख छन्।’ ट्र्याक खोलिएको बाटोमा ठूल्ठूला ढुंगा तथा साँघुरो मोड र ठाडै उकालो बाटोले मोटरसाइकल चलाउनै सकस हुने गरेको उनले बताए।

सडक नहुँदा बिरामीलाई सहजै अस्पताल लैजान तथा गाउँमा दैनिक उपभोग्य सामान खरिद गरी ल्याउन कठिन हुने गरेको उनले बताए।
गाउँमा बाटो आएपछि यात्रा गर्न सहज हुन्छ भनेर मोटरसाइकल किनेको बताउँदै उनले भने, ‘दैनिक उपभोग्य सामान किन्न तथा बिरामी पर्दा तराई जान सहज होस् भनेर किनिएको मोटरसाइकल पनि अप्ठ्यारो बाटोका कारण राम्ररी चलाउनै सकिएका छैन।’

अप्ठ्यारो बाटोमा ज्यान हत्केलामा राखेर मोटरसाइकल चलाउनुपर्ने बाध्यता रहेको उनले बताए। भर्खरै खोस्रेर बनाइएको सडकजस्तै यहाँको सञ्चार पनि उस्तै छ। नेपाल टेलिकमको मात्रै टावर रहेको मोहन्याल गाउँपालिकाका सबै बस्तीमा फोनै लाग्दैन। गाउँपालिकाको सदरमुकाम खिमडी नै सञ्चारको पहुँचबाट बाहिर छ। दुर्गम गाउँवस्तीको अवस्था त झनै दर्दनाक छ।

२०६४ सालमा तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समितिको आर्थिक सहयोगमा सिमली खोला–पण्डौन–खनियाताल सडक खण्डको सुरुवात गरिएको थियो। सो सडक १० वर्षपछि मात्रै खिमडीसम्म पुग्न सकेको हो।

नेपाल टेलिकमको मात्रै टावर रहेको मोहन्याल गाउँपालिकाका सबै बस्तीमा फोनै लाग्दैन। गाउँपालिकाको सदरमुकाम खिमडी नै सञ्चारको पहुँचबाट बाहिर छ। दुर्गम गाउँवस्तीको अवस्था त झनै दर्दनाक छ।
सुस्त निर्माण कार्य र पर्याप्त बजेट नभएका कारण सडकको स्तरोन्नतिका साथै ट्रयाक अगाडि लैजाने कार्यमा बाधा पुगेको जनप्रतिनिधिहरू बताउँछन्। ‘सडक बनाउनका लागि प्रदेश र संघीय सरकारको बजेट आएन,’ वडा नम्बर २ का वडाध्यक्ष जयप्रकाश मल्लले भने, ‘बजेट अभावकै कारण मोहन्यालको सडकको अवस्था यस्तो भएको हो।’

गाउँपालिकाभित्र सबै वडामा ट्र्याक खोलिए पनि स्तरोन्नति भने हुन नसकेको गाउँपालिकाका इञ्जिनियर योगेन्द्र भण्डारी बताउँछन्। उनले भने, ‘सडकका ट्र्याक खोलिएका छन्, तर बजेट अभावले नै राम्रो सडक बनाउन सकिरहेका छैनौं।’

सुस्त निर्माण कार्य र पर्याप्त बजेट नभएका कारण सडकको स्तरोन्नतिका साथै ट्रयाक अगाडि लैजाने कार्यमा बाधा पुगेको जनप्रतिनिधिहरू बताउँछन्।
गाउँपालिकाको सदरमुकाम खिमडी जाने बाटो नै राम्रो नभएको बताउँदै उनले भने,‘सदरमुकाम जाने बाटो नै गतिलो भएको छैन भने अन्य गाउँको बाटोको अवस्था झनै दर्दनाक छ।’ कच्ची सडक त्यसमा पनि धुलैधुलोले यात्रा गर्ने यात्रुलाई कष्ट भइरहेको उनी स्वीकार्छन्। ‘बाटो राम्रो नभएकै कारण यात्रुलाई कष्ट छ,’ इञ्जिनियर भण्डारीले भने, ‘तर, केही ठाउँमा भने मोड सुधारको कार्यक्रम चलिरहेको छ।’

बाटोकै कारण दुर्गम बनेको मोहन्याल गाउँपालिकालाई सुगम बनाउनका लागि पर्याप्त बजेट नभएको गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय बताउँछन्। उनले भने,‘गाउँपालिकाको बजेटले सम्भवै छैन, त्यसका लागि प्रदेश र संघीय सरकारको बजेट चाहिन्छ।’ यसपाली भने प्रदेश सरकार र संघीय सरकारसँग गाउँपालिकाको ग्रामीण सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट माग गरेका छौं।’
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस