वीरगञ्ज महानगरपालिकाले शिक्षक सरुवामा पूर्वाग्रह गरेको भन्दै नेपाल शिक्षक महासंघले सोमबार धर्ना कार्यक्रम संचालन गरेको छ। वीरगञ्ज महानगरपालिकाको मूल गेटमा ब्यानर राखेर शिक्षकहरूले धर्ना दिएका हुन।
नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवको नेतृत्वमा शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन। मंगलवार (भोलि) सम्ममा महानगरपालिकाले वार्ताको माध्यमले समस्या समाधान नगरे दोस्रो चरणको आन्दोलन गर्ने महासंघका पर्सा अध्यक्ष यादवको भनाई छ।
स्थानीय सरकारलाई शिक्षक सरुवाको अधिकार नभएको भन्दै शिक्षक महासंघले शिक्षा ऐन २०२८ र नियमावली २०५९ अनुसार शिक्षा विकास समन्वय समितिलाई शिक्षक सरुवाको अधिकार हुनुपर्नेमा गैर कानुनी रुपमा महानगरले सरुवा गरेको अध्यक्ष यादवले बताए।
शिक्षक महासंघले १५ बुँदे माग राखेर गत वैशाख २६ गते वीरगञ्ज महानगरपालिकालाई ज्ञापन पत्र बुझाएकोमा महानगरपालिकाको तर्फबाट कुनै सुनुवाई नभएको यादवको भनाई छ। आफूहरूले उठाएका माग सम्बोधन नभए बुधवार देखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरिने महासंघ पर्साका अध्यक्ष यादवले जानकारी दिए।
संविधान र संघीय कानुनले स्थानीय तहलाई शिक्षा क्षेत्रको समेत अधिकार दिएको हुँदा निष्क्रिय अवस्थामा रहेको शिक्षा ऐन २०२८ को दाबी गर्नुको कुनै तुक नरहेको मेयर सिंहको धारणा छ। लामो समय देखि शिक्षा क्षेत्रका देखिएको अराजकता र अनियमितालाई नियन्त्रण गर्न महानगरपालिकाले लिएका नीति कार्यान्वयन गरेरै छोड्ने मेयर सिंहले प्रतिबद्धता व्यक्त गरे।
वीरगञ्ज महानगरपालिकाले कसैलाई आग्रह र पूर्वाग्रह राखेर काम नगर्ने मेयर सिंहको भनाई छ। जसले राम्रो काम गर्छ उसलाई प्रोत्साहन र गलत गर्नेलाई दण्डको नीति अख्तियार गरिने मेयर सिंहले बताए। मेरो तेरो होइन राम्रो गर्नेलाई उचित मूल्यांकन गरिने परिपाटीको विकास गर्न खोजिएको छ। उनले भने।
मेयर सिंहले शिक्षकहरुलाई आन्दोलन फिर्ता लिएर नियमित रुपमा विद्यालयमा पुगेर बालबालिकालाई पढाउने कार्यमा लाग्न आग्रह गरेका छन्। शिक्षा क्षेत्रका आमूल सुधारको खाँचो छ त्यसलाई सुधार गर्ने मुद्दा बाहेक सरुवाको विषयमा कसैसँग वार्ता नहुने सिंहको बताए।
यता शिक्षक महासंघले वीरगञ्ज महानगरपालिकासँग वार्ता गर्नको लागि महासंघका महानगर कमिटी अध्यक्ष विनोद मेहताको अध्यक्षतामा ५ सदस्यीय वार्ता समिति गठन गरेको पर्सा अध्यक्ष तीर्थराज यादवले बताए।

“वीरगञ्ज महानगरपलिकाको शैक्षिक प्रशासन महाशाखाले गैर कानुनी रुपमा शिक्षकहरूको सरुवा गरेको छ, यहाँका शिक्षकहरुलाई डर, त्रास र धम्की दिने गरेका,' उनले भने,‘ चाकडी र चाप्लुसी गर्नेलाई अवसर र काम गर्ने शिक्षकलाई दण्ड दिने महानगरको नीतिका विरुद्धको आन्दोलनमा आउनु परेको छ।”वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षामा सुधार गर्न खोजिएको र अस्तव्यस्त शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न महानगरपालिकाले ऐन नियम र कानुन अनुसार नै आफ्नो काम कारबाही अगाडी बढाएको बताए।