अवैधरूपले सञ्चालित म्यानपावरमा तालाबन्दी
०२ जेष्ठ २०८०
•
२ मिनेट पाठ
अवैधरूपले सञ्चालित म्यानपावरमा तालाबन्दी
वैदेशिक रोजगार विभागले सुनसरीको इटहरीमा सञ्चालित म्यानपावर कम्पनीहरूमा अनुगमन गरेको छ। विभागका निर्देशक कृष्णप्रसाद भुसालको नेतृत्वमा विराटनगरको श्रम तथा रोजगार कार्यालयका केही पदाधिकारीसहितको टोलीले विभिन्न म्यानपावर कम्पनीको शाखा कार्यालयमा छापा मारेर केही कम्पनीमा तालाबन्दी गरेको छ।  




करिब दशवटा म्यानपावर कम्पनी अनुगमन गरेपछि चार वटा कम्पनीमा ताला लगाइएको थियो। अनुगमनका क्रममा निर्देशक भुसालको टोलीले इटहरीका वल्र्ड एट वर्क कन्सल्टेन्ट प्रालि, मित्र म्यानपावर, डिलक्स एचआर सोलुसन प्रालि र एड्भान्स रिक्रुटमेन्ट सर्भिस प्रालिमा ताला लगाइएको भुसालले बताए।  

अवैधरूपमा सञ्चालन गर्दै आएको म्यानपावर कम्पनीहरूबाट अनुगमनको क्रममा केही थान पासपोर्ट पनि जफत गरिएको अनुगमन टोलीले बताएको छ।  

‘म्यानपावर कम्पनी सञ्चालन गर्न वैदेशिक रोजगार विभागसँग इजाजत पत्र नलिई अवैध ढंगले कम्पनी सञ्चालन गरेकाले त्यस्ता म्यानपावर कम्पनीहरूमा ताला लगाइएको,’ विभागका निर्देशक भुसालले जानकारी गराए। श्रम तथा रोजगार कार्यालय विराटनगरका इन्जिनियर दुर्गा आचार्य, शाखा अधिकृत पुण्यप्रसाद पौडेललगायतको टोलीले अनुगमन निरीक्षण गरिएको हो।  

‘वैदेशिक रोजगार विभागद्वारा इजाजतपत्र नलिई अवैधरूपमा म्यानपावर कम्पनी सञ्चालन गर्दा विदेश जाने योजना बुनेका धेरै नेपाली आपतमा पर्ने गरेका छन्। यसरी म्यानपावर कम्पनीहरूले लाखौं लाख पैसा आममानिसलाई विदेश पठाइदिने भन्दै पैसा असुल गर्ने गरेको र पुनःपीडितहरू न्याय माग्दै विभाग नै आउने गरेकोे,’ विभागका अधिकारीहरूको कथन छ। पछिल्लो समयमा वैदेशिक रोजगारको नाममा अवैधरूपमा म्यानपावर कम्पनी सञ्चालनमा आएको आमजनताको गुनासो पनि ठूलो नै छ।  

अवैधरूपमा सञ्चालन भइरहेका ती चारवटा कम्पनीहरूलाई तत्काल बन्द गराएर वैदेशिक रोजगार विभागमा सिफारिस गरी आवश्यक कारबाही गर्न अघि बढेको भुसालले जानकारी गराए।  

विभागबाट इजाजतपत्र प्राप्त नै नगरी कसरी काम गरिरहेका छन् त ? भन्ने प्रश्नमा निर्देशक भुसाल भन्छन्, ‘अहिले धेरैले विभागद्वारा इजाजतपत्र प्राप्त नगरी म्यानपावर कम्पनी सञ्चालन गरिरहेका छन्। एक दुई लट मानिसलाई विदेश पठाउने भन्दै पैसा खायो अनि कम्पनी नै बन्द गरी कम्पनी सञ्चालक भाग्ने गरेका छन्।’

समयमै वैदेशिक रोजगार विभागले म्यानपावरमाथि अनुगमन तथा नियमन गर्न नसक्दा ठगीका घटना बढिरहेका छन्।

अहिले म्यानपावर कम्पनीले नक्कली भिसा, नक्कली नाता प्रमाणीकरण लगायत अन्य कागजात बनाएर विदेश पठाउने र अलपत्र पार्ने जस्ता घटना बढिरहेका छन्। त्यस्तै खाडी मुलुक लगायत युरोप, अमेरिका, क्यानडा पठाइदिने भन्दै उनीहरूले लाखौ रूपैयाँ ठगी गर्दै आएका पनि छन्।  

‘म्यानपावर व्यवसायीबाट हुने ठगी नियन्त्रण तथा रोकथाम गर्ने जिम्मेवारी विभागको हो तर यहाँ त अहिले कन्सल्टेन्सीवालाले युरोपतिर पठाउने भनेर ठगेका घटना आइरहेका छन्। त्यसमा हामीले सकभर ठगेको पैसा असुल गरिदिइरहेका छौं,’ निर्देशक भुसालले भने।  

वैदेशिक रोजगार विभागबाट इजाजतपत्र प्राप्त गरेर सञ्चालनमा रहेका अन्य म्यानपावर कम्पनीहरूलाई पनि नियमकानुनको अधीनमा रही काम कारबाही अघि बढाउन भुसालले निर्देशन दिएका छन्।  
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१५ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस