दैलेखमा लम्पी स्किन रोगको महामारी: किसानहरू चिन्तित
३० वैशाख २०८०
•
३ मिनेट पाठ
दैलेखमा लम्पी स्किन रोगको महामारी: किसानहरू चिन्तित
दैलेखको दुल्लू नगरपालिकामा गाई गोरुहरू लम्पी स्किन रोगले बिरामी पर्न थालेका छन्। करिब १५ दिन देखि लम्पी स्किन रोगबाट गाई गोरुहरू थला पर्न थालेका हुन्।




‘गोरुको शरीरमा सुरुमा फोका उठ्यो। त्यसपछि शरीर भरी फैलियो। १०/१५ दिनसम्म गोरु रोगले थलियो। खेतीपाती लगाउने बेलामा गोरु मर्‍यो। औषधी उपचार गर्दा पनि निको भएन’ दुल्लू नगरपालिका –१३ का स्थानीय भीमबहादुर भण्डारीले भने।

आफूले पहिलो पटक यस्तो डरलाग्दो रोग पशुमा देखेको उनले बताए। उनले भने, ‘लम्पी स्किन रोग खेतीपातीको बेला सुरु भयो। एउटा गोरु मर्‍यो। बाँचेका गोरु हिँड्न सक्दैन। बाली कसरी लगाउने।’

सोही वडाका जीवन भण्डारीले गाउँमा लम्पी स्किन रोगले गाई, गोरु भटाभट मर्न थालेको बताए। रोगको सामान्य उपचार गरिए पनि गाईबस्तु बचाउन मुस्किल भइरहेको उनको भनाइ छ।

उनले भने ‘गाई गोरु बिरामी देख्दा मन पोल्छ। यो रोगको भ्याक्सिन उपलब्ध छैन। उपचारका लागि प्राविधिक टोली पनि खटिएका छैनन्। बजारबाट ल्याएको मलहमले काम गरेन। रोगले गर्दा उनको पनि एउटा गोरु मर्‍यो।’
गाउँमा यो रोग महामारीका रूपमा फैलिँदै गएको उनले बताए। यो रोगले गाई गोरुका साप्रा सुन्निएर ठुलो हुने, घाउ पाक्ने र किरा परेपछि थप समस्या हुने गरेको भण्डारीले बताए । उक्त रोगले छोइसकेपछि गाई गोरुले राम्रोसँग घाँस समेत खान सक्दैनन्।

दैलेखको नौमुले गाउँपालिकामा पनि यो रोग महामारीका रूपमै फैलिएको छ। गाउँपालिकाबाट आएको पशु स्वास्थ्यकर्मीको टोलीले सामान्य उपचार गरेको भएता पनि रोग नियन्त्रणमा नआएको स्थानीयको भनाइ छ।

नौमुले गाउँपालिकाले प्रत्येक वडामा पशु स्वास्थ्य प्राविधिक प्रत्येक वडा वडामा परिचालन गरेको जनाएको छ। स्थानीय रत्नबहादुर बुढाले गाई गोरु एक महिनादेखि उक्त रोगबाट थलिएको बताए। सामान्य घरेलु उपचार बाहेक कुनै उपचार हुन नसकेको उनको भनाइ छ। 

दैलेख मात्र होइन, कर्णाली प्रदेशका डोल्पा र मुगु बाहेकका अरू ८ जिल्लामा फैलिएको लम्पी स्किन रोगका कारण अहिले पशु चौपाया धमाधम बिरामी पर्न थालेका छन्। सबै जिल्ला ‘लम्पी स्किन’ रोगको जोखिममा रहेकाले सावधानी अपनाउन समेत अपिल गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

सबैभन्दा बढी गाई गोरुमा रोगको समस्या देखिएको मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख प्रचण्ड खड्काले बताए। उनका अनुसार रोग देखिएपछि नियन्त्रणको लागि गाउँ तथा नगरपालिका समेत लागिपरेका छन्।

अहिले तीव्र रूपमा फैलिन थालेकाले सचेत हुन अनुरोध गरिएको छ। रोग लागेका पशु चौपायालाई निरोगी पशु चौपायादेखि टाढै राख्नुपर्ने, माखा, लामखुट्टेको टोकाई बाट पशु चौपायालाई जोगाउन समेत सुझाव दिने गरिएको खड्काले बताए।

लम्पी स्किन रोग नियन्त्रणका लागि जेठको पहिलो साता भ्याक्सिन नेपालमा ल्याइँदै छ। उक्त भ्याक्सिन सुरुमा कर्णालीका लागि माग गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नरहरिप्रसाद घिमिरेले बताए।

उनले भने, ‘अहिलेसम्म रोग नियन्त्रणका लागि अन्य उपाय मात्रै अपनाइएको छ। आउँदो आइतबारसम्म नेपालमा भ्याक्सिन आउन सक्छ। हामीले सुरुमा कर्णालीमा माग गरेका छौँ। जोर्डनबाट भ्याक्सिन ल्याइनेछ।’
अर्को समाचार
कास्कीमा पनि लम्पी स्किन, ११ सय पशु चौपाया संक्रमित
१८ जेष्ठ २०८०
•
२ मिनेट पाठ
कास्कीमा पनि लम्पी स्किन, ११ सय पशु चौपाया संक्रमित
फाइल तस्बिर।
पशु चौपायामा देखिएको लम्पी स्किन रोगको संक्रमण कास्कीका रुपा गाउँपालिका र भरतपोखरीमा बढी देखिएको छ। 




कास्कीमा मात्रै १ हजार १ सय भन्दा बढी पशु चौपायामा लम्पीको संक्रमण देखिएको छ। लम्पीकै संक्रमणबाट कास्कीमा ५० वटा गाईबस्तु मरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पोखराले जनाएको छ।

केन्द्रका प्राविधिक अधिकृत पुष्पराज बास्तोलाका अनुसार कास्कीमा पशु चौपायामा पूर्ण खोप अभियानले केही हदसम्म नियन्त्रण गरेको छ। 

‘लम्पी नयाँ रोग हो,’ उनले भने,’ रोगको संक्रमण नियन्त्रण गर्न आवश्यक खोप समेत लगाइयो।’
लम्पीको संक्रमण देखिएपछि पशु चौपायाको शरीरमा घाउ, फोका आउने, खुट्टा सुनिने गर्छ। दूध घट्ने र घाँसपात राम्ररी नखानेजस्ता समस्या देखिने उनको भनाई थियो।

भेटेरेनरी अस्पतालले पशु चौपायामा पूर्ण खोप अभियान चलाउँदै आएको छ। पूर्ण खोप अभियानले पनि पशु चौपायामा रोग प्रतिरोधात्मक क्षमता बढाएकोले लम्पीको संक्रमण कम देखिएको उनको बुझाई थियो। 

‘गत वर्षदेखि कास्कीमा पशु चौपायामा पूर्ण खोप अभियान चलाएका छाैँ’ उनले भने, ‘पूर्ण खोप अभियानले पनि संक्रमण नियन्त्रणमा प्रभावकारिता देखियो।’
लम्पी स्किनको संक्रमण देखिएपछि महानगरले ४ हजार २ सय खोप खरिद गरेको थियो। खोपलाई भेटेरेनरी अस्पतालको प्राविधिक सहयोगमा महानगरभित्रका पशु चौपायालाई खोप लगाईएको छ। कास्कीका रुपा गाउँपालिकाले २ हजार, माछापुच्छ्रे गाउँपालिकाले २ हजार र अन्नपूर्ण गाउँपालिकाले पनि २ हजार खोप खरिद गरेका छन्। खरिद गरिएको लम्पी स्किन विरुद्धको खोपलाई केन्द्रकै सहयोगमा संक्रमित पशुलाई लगाइएको उनले बताए। पूर्ण खोप अभियानसँगै लम्पी स्किन प्रतिरोधात्मक खोप लगाएपछि संक्रमण दर कम भएको प्राविधिक अधिकृत बास्तोलाले सुनाए।

लम्पी स्किन सरुवा रोग हो। संक्रमित पशुलाई माखा वा लामखुट्टेले टोकेर अन्य पशुलाई टोके लम्पी स्किन सर्छ। ‘लम्पी लागेपछि पशु चौपाया बढीमा १५ दिनभित्र मर्ने गर्छन्,’ उनको भनाई थियो।

कास्कीमा पशु चौपायामा खोरेत रोगले सताउँदै आएको छ। खोरेतकै कारण दूधजन्य उत्पादनमा कमी आएको थियो। बाख्रामा पिपिआर खोप लगाएपछि समस्या देखिएको छैन। खोपलाई गण्डकी प्रदेश सरकारले निःशुल्क उपलब्ध गराएको हो। खोप अभियान २०७७/७८ बाट सुरु भएको हो। खोप अभियानले किसानलाई अहिले राहत भएको केन्द्रका प्राविधिक अधिकृत बास्तोला बताउँछन्,’‘कास्कीमा यही जेठभित्र महानगरसँगै चारवटै पालिकामा पूर्ण खोप अभियानलाई पूर्णता दिने छौं’ अधिकृत बास्तोलाले भने।

तथ्यांक अनुसार रेबिज विरुद्धको खोप ४ हजार २ सय, बाख्राको लागि ९० हजार पिपिआर खोप लगाइयो। गाई गोरु तथा भैँसीलाई खोरेतको ७० हजार खोप लगाइएको थियो। त्यस्तै भ्याकुते तथा चर्चरे जस्ता रोगको समेत २५ हजार खोप लगाइसकिएको छ। बंगुरमा देखिने स्वाईन फिवर विरुद्ध १४ हजार खोप लगाईएको तथ्यांक केन्द्रसँग छ। ‘मादी र रुपा गाउँपालिकामा पूर्ण खोप अभियान चलिरहेको छ’ उनले भने,‘जेठभित्र खोप लगाई सकिन्छ।’
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस