‘दान नै धर्म हो, त्यसैले दान दियौँ’
२१ वैशाख २०८०
•
३ मिनेट पाठ
‘दान नै धर्म हो, त्यसैले दान दियौँ’
भक्तपुरको एभरेस्ट इगलिश स्कुलकी कक्षा ९ की छात्रा साम्भवी सापकोटा बिहीबार विशेष खुसी देखिन्थिन्। सधैँ कक्षा कोठामा पढ्ने उनी फरक कार्यक्रम भएर मात्रै होइन, दान गर्न पाउँदा हर्षित भएकी हुन्।




हँसिलो मुद्रामा भेटिएकी उनले नागरिकसँग भनिन्, ‘स्कुलले नियमित पठनपाठनका अलावा विभिन्न अतिरिक्त कार्यक्रमहरू पनि गरिरहेको हुन्छ तर आज (बिहीबार) को कार्यक्रम चाहिँ विशेष खुसीको कार्यक्रम रह्यो।

बुद्ध जयन्तीको अवसरमा स्कुलले मुठीदान कार्यक्रमको आयोजना गरेको थियो। त्यस अनुसार मुनि विहार भक्तपुरका भिक्षु श्रामणेरहरुलाई भिक्षा लिनका लागि आमन्त्रण गरिएको थियो। त्यस अनुसार आमन्त्रित भिक्षु श्रामणेरहरुलाई भिक्षा दान दिन पाउँदा साम्भवीको मन खुसी भएको हो, सफा भएको हो।

स्कुलमै कक्षा ८ मा अध्ययनरत छात्र प्रनिश लामिछानेले दान गर्न पाउँदा मन नै सफा भएजस्तो महसुस भएको बताए।

‘असाध्यै आनन्दको अनुभव भएको छ, पैसा र चामल दान गरेको बताउने उनले भने, ‘कार्यक्रमले दानको महत्त्व भित्री मनबाट महसुस गर्न पाइयो।’
मुठीदान कार्यक्रममा साम्भवी र प्रनिश जस्तै स्कुलमा अध्ययनरत एक हजार दुई सय भन्दा बढी विद्यार्थी सहभागी भएका थिए र खुसी पनि।

दानको महत्त्व बुझाउन स्कुलका विद्यार्थीलाई मुठीदान गराइएको थियो। बुद्ध जयन्तीको अवसरमा स्कुलमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीलाई यसअघि नै कार्यक्रमबारे जानकारी गराइएको थियो। जानकारी अनुसार विद्यार्थीले दान गरेका थिए।

विद्यार्थीले आआफ्नो गच्छेअनुसार पैसा, चामल, बिस्कुट, फलफूल, तेल, नुनलगायतका खाद्यान्न दान गरेका थिए।

दानका लागि मुनि विहार इनाचोका एक जना भिक्षुसहित १६ जना श्रामनेरहरू स्कुल पुगेका थिए। भिक्षु अर्जुनको नेतृत्वमा विहारका श्रामनेरहरु स्कुल पुगेका थिए। लहरै मेचमा बसेका उनीहरुलाई विद्यार्थीले लाइन लागेर दान गरेका थिए। एक हजार बढी विद्यार्थी भएकोले दान कार्यक्रम एक घण्टा भन्दा बढी लम्बिएको थियो।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राज भण्डारीले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा विद्यार्थीलाई मुठीदान गराउँदै आएको जनाए। दान नै धर्म हो भनेर विद्यार्थी उत्साहपूर्वक दानमा सहभागी भएका थिए, उनले सुनाए, यही कारण दान गरेको विद्यार्थीले बताएका छन्।

दान गर्नुअघि विद्यार्थीले प्रार्थना गरेका थिए। हिंसा नगर्नु, झुटो नबोल्नु, व्यभिचारी नबन्नु, चोरी नगर्नु, मादक पदार्थ नखानु जस्ता बुद्धको सन्देशसहित उनीहरुले प्रार्थना गरेका थिए।

कार्यक्रम सकेपछि विद्यार्थीलाई दानको महत्त्व, बुद्धको उपदेशबारे प्रत्यक्ष प्रवचन सुनाइएको थियो। भिक्षु अर्जुनले प्रवचन सुनाएका थिए। झण्डै तीन दर्जन कक्षाहरुमा एकैचोटी कक्षा कक्षामा व्यवस्था भएको माइकमार्फत भिक्षुले प्रवचन दिएका थिए। भिक्षु अर्जुन स्कुलको शिक्षक कक्षामा बसेर दिएको प्रवचन माइकमार्फत स्कुलको कक्षा कक्षामा पुगेका थिए।

कार्यक्रममा ठुलो मात्रा चामल, बिस्कुट लगायतका खाद्यान्न उठेको थियो। यही कारण विद्यार्थीबाट सङ्कलित दानलाई स्कुलले नै भ्यान गाडीको व्यवस्था गरी मुनि विहार इनाचो भक्तपुरमा पुर्‍याइएको थियो। साथै दानमा सहभागी भिक्षु, श्रामणेरहरुलाई पनि स्कुलको गाडीमा राखेर विहार पुर्‍याइएको थियो।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस