गरिबको खाना भनेर चिनिएको फापर अहिले धनीमानीले औषधिका रूपमा प्रयोग गर्न थालेका छन्। कुनै बेला फापर खानेलाई हेला गरिन्थ्यो, हेपिन्थ्यो। फापरको लगड र ढ्यास्सु (बाक्लो रोटी) खानेलाई धनीमानीले गिज्याउँथे। गुणकारी अन्न फापरको विशेषता नबुझ्दा गाउँघरतिर पनि हुने खानेले पशुवस्तुलाई दानाको रूपमा खुवाउँथे। गरिबले विकल्प नहुँदा फापरका परिकार खान्थे। फापरको खान्कीले पनि गरिब धनीबीचको दुरी बढाउँथ्यो। मानव स्वास्थ्यका लागि लाभदायक फापरको महŒव नबुझ्दा फापर लोप हुने अवस्थामा पुगेको छ। पहिला–पहिला हिमाली र पहाडी भेगमा प्रशस्त लगाइने यो बाली अहिले कतैकतै मात्र देख्न सकिन्छ। फापरका विभिन्न जाति भए पनि तिते र मिठे गरी दुई जातको खेती बढी लगाइएको पाइन्छ। फापरमा २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व पाइन्छ। नेपाली खानामा फापरका कयौं परिकार बन्ने भए पनि अहिलेका युवायुवती यसबारे जानकार छैनन्। चाडपर्वमा मात्र नभई जुनसुकै बेला पनि खाजा वा खानाका रूपमा खान मिल्ने फापर हेपिएको अन्नको रूपमा लिइन्छ। मकै, कोदो, धानलगायत अन्य बाली जस्तो गोडमेल गर्नु नपर्ने, खनजोत गरेर छर्नु मात्रै पर्ने फापर अहिले औषधि साबित भएको छ। ग्रामीण समुदायका मानिसलाई सहरी परिवेशले आकर्षण गरेको हुनाले मौलिक बाली लोप हुँदै गएको पाइन्छ। फापरमा पाइने तत्वबारे धेरै अनुसन्धानपत्र प्रकाशित छन्। फापर स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन भएको स्वास्थ्यकर्मी बताउँछन्। फापरमा प्रशस्त मात्रामा पाइने म्याग्नेसियम शरीरलाई स्वस्थ राख्न उपयोगी हुन्छ। फापरमा प्रशस्त मात्रामा रेशादार तत्व, भिटामिन बी १, बी २ र बी ६, प्रोटिन, खनिज पाइन्छ। मासु नखाने साकाहारीका लागि फापर प्रोटिनको स्रोत हो। फापर मधुमेह नियन्त्रणका लागि पनि लाभदायक मानिन्छ। फापरको सेवनले कोलस्ट्रोल घटाउँछ। अध्ययनअनुसार फापरमा रगतमा कोलस्ट्रोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण हुन्छ। यसको सेवनबाट मोटोपन पनि घटाउन सकिने स्वास्थ्यकर्मी बताउँछन्।
फापर मिनरल, भिटामिनको राम्रो स्रोत मानिन्छ। त्यतिमात्र होइन, यसमा कार्बोहाइड्रेड, फाइबर, प्रोटिन, चिल्लो पदार्थ र पानीको मात्रा पनि पाइन्छ। फापर उच्च रक्तचाप हुनेका लागि पनि अत्यन्त राम्रो खाना मानिएको छ। मुटुसम्बन्धी समस्या हुनेले पनि नियमित फापर खाँदा फाइदा हुन्छ। नियमित फापर सेवन गर्नेलाई क्यान्सर लाग्ने जोखिम कम हुन्छ। फापरको प्रयोगले हड्डीसम्बन्धी समस्या आउन नदिने भएकाले नियमित फापरका परिकार सेवन गर्दा उत्तम मानिन्छ।
फापर गरिबको खाना भए पनि धनीका लागि साँचिक्कै औषधि साबित भएको छ। फापरको कलिलो साग उसिनेर भटमासको छोप हालेर खाँदा अति स्वादिष्ट हुन्छ। यसको सागलाई तरकारीको रूपमा प्रयोग गर्न सकिन्छ। फापरको पिठोको ढिँडो पनि खान मिल्छ।