गाउँको जनसंख्या शून्यतिर लम्कँदै
११ वैशाख २०८०
•
४ मिनेट पाठ
गाउँको जनसंख्या शून्यतिर लम्कँदै
राष्ट्रिय जनगणना २०७८ को तथ्याँकले गाउँपालिकाहरूको जनसँख्या शून्यतिर लम्कँदै गएको तथ्य उजार गरेको छ।




केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुँढीराज लामिछानेले  आइतबार सार्वजनिक गरेको नगरपालिका तथा गाउँपालिका स्तरका नतिजामा राष्ट्रिय जनगणना २०७८ ले नेपालको वार्षिक औषत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको देखाएको छ। जबकि ०६८ साल यो वृद्धिदर १.३५ प्रतिशत प्रतिवर्ष थियो। जनगणना २०७८का अनुसार नगरपालिकाको वार्षिक औषत जनसंख्या वृद्धिदर १.३६ र गाउँपालिकाको ०.११ प्रतिशत प्रतिवर्ष रहेको छ।

निर्देशक लामिछानेले तथ्याङ्क प्रस्तुत गर्दै तथ्याङ्क संकलन गर्ने क्रममा गाउँपालिकाहरूबाट युवा जनशक्तिहरू शिक्षा तथा अवसरको खोजीमा आन्तरिक बसाई  सराइ गरी सहर तिर र सहरबाट विदेश तिर जाने क्रम बढेको कारण अबका केही दिनमा गाउँको जनसंख्या शून्यतिर लम्कँदै जाने अवस्था उजार गर्दै चिन्ता व्यक्त गरे।

‘अब राज्यले आफ्ना नीति नियममा परिवर्तन गरी गाउँमै अवर सृजना गर्ने नयाँ नीति तय गर्नु पर्छ,’ निर्देशक लामिछानेले भने‘ अब हामीसँग स्थानीय सरकार छ। राज्य युवा जनशक्ति बाहिरिनुबाट रोक्न सक्ने नीति तथा कार्यक्रम तय गरी अघि बढ्नुको विकल्पनै छैन।’ उनले थपे ‘राज्यले शिक्षा, रोजगारी, खेतीपाती, उद्योग धन्धामा लगानी बढाउने किसीमको नीति कार्यक्रम तयार गर्नु पर्छ। कम सहुलियतमा लगानी र ऋणको वातावरण बनाउनु पर्छ।’
जनसंख्याविद् तथा पाटक संयुक्त क्याम्पस प्रमुख सह-प्राध्यापक डा. लक्ष्मणसिंह कुँवरले गाउपालिकाहरुका जनशक्तिहरू बसाईसराइँ गरी सहर र विदेशतिर लागेको कारण जनसंख्या वृद्धि दर औषत प्रतिवर्ष गाउँपालिकामा कम हुँदै गएको जनाए। यसले अब गाउँतिर मानव स्रोत साधन कम हुँदै जाने र देश परनिर्भर बन्दै जाने त्रासपूर्ण अवस्था सृजना हुने अवगत गराए। राज्यको वैदेशिक रोजगार प्रोत्साहन नीतिकै कारण देश संकटमा पर्ने देखिएको उनले अवगत गराए।

‘गाउँपालिकामा जनसंख्या वृद्धि दर अति न्यून देखियो। यसले उत्पादनमा नकारात्मक असर पर्छ। व्यापार घाटा बढ्दै जाने संकेत देखियो। गाउँमा भएको प्रयाप्त स्रोत साधन पनि प्रयोग विहीन बन्दै जान्छ,’ जनसंख्याविद् कुँवरले नागरिकसँग भने ‘स्रोत साधन प्रयोगविहीन बन्दै गएपछि देश आधारभूत कुरा पनि परनिर्भर बन्दै जान्छ। यो चिन्ताजनक विषय हो।’
उनले सुझाए ‘राज्यले जनसंख्या नीति तथा कार्यक्रम परिवर्तन गर्नु पर्छ। वैदेशिक प्रोत्साहन रोजगार नीति क्रमशः घटाएर स्वदेशमै कृषि तथा रोजगारमा लगानी बढाउने नीति तय गर्नु पर्छ।’

यसैगरी महिलाको नाममा अझै पनि घर जग्गा राख्ने कमै रहेको तथ्याङ्क छ। २१ औं शताब्दीमा पनि महिलाको नाममा सम्पत्ति राख्ने खासै नदेखिएको तथ्याँकले देखाएको छ। तर नगरपालिकाको हकमा भने केही सचेतना बढेको र महिलाको नाममा घरजग्गा राखेको तथ्याँकले उजागर गरेको छ। यसलाई केही हदसम्म सकारात्मक परिवर्तन मान्न सकिने विभागका महानिर्देशक नेबिललाल श्रेष्ठको भनाई छ।

जनगणना २०७८को तथ्याँकले २३.८ प्रतिशत परिवारहरुमा महिलको नाममा घरजग्गा वा घरजग्गा दुवै रहेको देखाएको छ। ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा दुवै रहेको छ। नगरपालिका क्षेत्रमा २७.० प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घर जग्गा दुवै रहेको छ। भने गाउँपालिका क्षेत्रमा १७.५ प्रतिशत परिवारमा महिलको नाममा घर वा जग्गा वा घर जग्गा दुवै रहेको छ। महिलको नाममा घर र जग्गा दुवै भएका परिवारहरू नगरपालिका र गाउँपालिकामा क्रमशः१३.६ र ८.३ रहेको छ।

‘नगरपालिका क्षेत्रमा शैक्षिक स्तरमा भएको सुधारले सचेतना बढाएको छ। यसले महिला र पुरुष समान हैसियतमा हुने सचेतना जागेकै कारण नगरपालिका क्षेत्रमा केही दहसम्म भए पनि महिलाको नाममा घर जग्गा राखेको देखियो ,’महानिर्देशक श्रेष्ठले भने ‘तर समग्रमा अझै पनि महिलाको काममा घरजग्गा वा सम्पत्ति कमै छन्। घर जग्गा दुवै महिलाको नाममा नभएको परिवारको सङ्ख्या ७४.६ प्रतिशत छ भने नगरपालिका क्षेत्रमा ७१.५ र गाउँपालिका क्षेत्रमा अझै पनि ८०.८ प्रतिशत परिवारमा महिलाको नाममा घरजग्गा छैन।’ तर यति हुँदाहुँदै पनि खाने पानी सुद्ध पिउनु पर्ने सचेतना भने गाउँपालिकाका नागरिकमा आएको छ।

नगरपालिका क्षेत्रमा ५४.२ प्रतिशत परिवारले र गाउँपालिका क्षेत्रमा ६२.६ प्रतिशत परिवारले धरा/पाइप बाट खानेपानीको स्रोत प्रयोग गर्छन्। ‘जनगणना २०७८ अनुसार अझै पनि ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ÷दाउरा प्रयोग गर्ने गरेका छन्। 

नगरपालिकामा ५६.७ प्रतिशत परिवारले खाना पकाउन अक्सर एलपी ग्याँस प्रयोग गर्ने गरेका छन्,’ महानिर्देशक श्रेष्ठले भने ‘गाउँपालिकामा ७५ प्रतिशत परिवारले काठ/दाउरा प्रयोग गर्ने गरेका छन्। उनले थपे ‘गाउँपालिकामा खाना पकाउन ग्याँस तथा आधुनिक चुलो प्रयोग पुर्‍याउन सरकारले नयाँ नीति तय गर्नु पर्छ।’
जनगणनाको नयाँ तथ्याङ्क अनुसार एक दशकको अवधिमा कुनै नकुनै शौचालय प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै बढेर ९५.५ प्रतिशत पुगेको छ। अझै पनि ४.५ प्रतिशतमा शौचालयको पहुँच नपुगेको तथ्याँकले औँल्याएको छ। तथ्याङ्क अनुसार फ्ल भएको , साधारण र सार्वजनिक शौचालय प्रयोग गर्ने परिवारहरू नगरपालिकामा क्रमशः ६७.९,२७.९ र ०.५ प्रतिशत छ भने गाउँपालिकामा क्रमशः ५८.८,५४.७ र ०.५ प्रतिशत छन्। गाउँपालिकामा शौचालय प्रयोगबारे सचेतना जाग्नु  सरसफाईमा सकारात्मक सुधार आएको छ।

यसैगरी नगरपालिकामा आफ्नै स्वामित्वको घरमा बसोबास गर्ने परिवार ८६.० प्रतिशत रहेका छन् भने गाउँपालिकामा ९६.५ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बसोबास गर्छन्। प्रदेशगत हेर्दा सबै भन्दा बढी मधेश प्रदेशमा ९५.९३ प्रतिशत र सबै भन्दा कम बागमती प्रदेशमा ६१.३४ प्रतिशत रहेका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस