काठमाडौँको आकाश कहिले खुल्छ?
०८ वैशाख २०८०
•
४ मिनेट पाठ
काठमाडौँको आकाश कहिले खुल्छ?
सङ्घीय राजधानी काठमाडौँको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ। मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ। मौसम बदलीसँगै अधिकतम तापक्रम निरन्तर बढिरहेकाले काठमाडौँमा निकै गर्मी महसुस गरिएको छ।




जल तथा मौसम विज्ञान विभागका अनुसार एक सातादेखि अधिकतम तापक्रम बढेर तराई क्षेत्रमा ४० देखि ४३ डिग्री हाराहारी पुगेको छ। आज सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव ३ डिग्रिसेल्सियस छ। नेपालगञ्ज र जनकपुरको तापक्रम ३९ डिग्रिसेल्सियस पुगेको छ।

आज काठमाडौँको अधिकतम ३३ र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ। बिहीबार काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्रीसेल्सियस र न्यूनतम तापक्रम १५ दशमलव ८ डिग्रिसेल्सियस रहेको थियो। काठमाडौँमा पछिल्लो एक सातादेखि अधिकतम तापक्रम ३० देखि ३३ पुगेको छ। तापक्रम बढेकाले तराई क्षेत्रमा मात्रै नभइ काठमाडौँसहित पहाडी भेगमा समेत गर्मी बढेको छ।

एकातर्फ अधिकतम तापक्रम वृद्धि भएको र अर्कोतर्फ वन डढेलोका घटना पनि बढिरहेकाले वायु प्रदूषण बढेको हो। तापक्रम वृद्धि र वन डढेलोका घटनाले काठमाडौँसहित देशभर वायु प्रदूषणसमेत बढेको विज्ञहरुको भनाइ छ।

वातावरणविद् भूषण तुलाधरका अनुसार सामान्यतः यो मौसन प्रदूषित हुने र पछिल्ला दिनमा देशका विभिन्न भागमा वन डढेलोका कारण वायु प्रदूषण बढेको हो। जलवायु परिवर्तनका कारण लामो समय पानी नपरेकाले वन डढेलोका घटना बढिरहेको र यसले वातावरणमा प्रत्यक्ष असर पु¥याइरहेको उनको भनाइ छ।

तापक्रम वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन्। सुक्खा खडेरी बढ्दो क्रमसँगै बुधबार मात्र देशभर एकै दिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो। बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार बुधबार एकै दिन तीन सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो। वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ।

वातावरणविद् तुलाधरले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको बताए। उनले वायु प्रदूषणले श्वासप्रश्वास, मुटु क्यान्सरलगायत दीर्घरोगको खतरा रहेको उनको भनाइ छ। 'वायु प्रदूषण बढ्नुमा डढेलोको पनि मुख्य भूमिका छ, वन डढेलो लाग्ने दुई कारणमध्ये पहिलो मानवीय क्रियाकलाप र दोस्रो जलवायु परिवर्तनका कारण लामो समय वर्षा नभएर सुक्खापना बढिरहेकाले डढेलोको जोखिम बढाएको छ', उनले भने।

वायु प्रदूषण नियन्त्रणका लागि तत्कालै डढेलो नियन्त्रण र आगामी दिनमा यसको जोखिम न्यूनीकरणमा रणनीतिक योजना आवश्यक रहेको उनको भनाइ छ। “यो तापक्रम बढ्ने बेला भए पनि बीचबीचमा बादल थपिँदा तापक्रममा केही कमी हुने वा उस्तै रहने अवस्था हुन्थ्यो तर अहिले भने तापक्रम लगातार बढिरहेको छ”, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने। साथै नयाँ मौसमी प्रणाली विकास नहुँदा मौसम स्थिर रहेको उनको भनाइ छ।

महाशाखाका मौसमविद् गोविन्द झाले पश्चिमी वायुको सक्रियतासँगै स्थानीय वायुको प्रभाव देखिएकाले बदली र वर्षा गराएको बताए। बादल लागेर बर्सात हुने भएकाले विगत केही दिनको तुलनामा अबका दिनमा तापक्रम क्रमशः घट्ने उनको भनाइ छ। 'अबको केही दिनसम्म यही मौसमी प्रणाली कायम रहे पनि आइतबारदेखि मौसम क्रमिकरुपमा सुधार आउने छ', मौसमविद् झाले भने।

दुई वर्षअघि चैतमा वायु प्रदूषण अत्यधिक बढेकाले स्वास्थ्यमा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै सरकारले चार दिन विद्यालय बन्द गरेको थियो। तराईमा तापक्रम वृद्धि भएसँगै लुसमेत चलेको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लु चल्न सक्ने भएकाले बच्न सबैलाई आग्रह गरे। मन्त्रालयले तातो हावा वा लुबाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्न, फलफूलको रस र पानी पिउन तथा धेरै पसिना आएमा जीवनजल खाना आग्रह गरेको छ।

नेपालमा खासगरी माघदेखि जेठसम्म बढी वनमा डढेलो लाग्ने गरेको छ। विभागको तथ्याङ्कअनुसार यही वैशाख १ गते २६ जिल्लाका एक सय १२, वैशाख  २ गते आठ जिल्लाका २८, वैशाख ३ गते १२ जिल्लाका ३२, वैशाख ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका एक सय ८० स्थानमा डढेलो लागेको थियो।

नेपालमा विशेषगरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका सहायक वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए। पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बीचको दुष्चक्रिय अन्तरसम्बन्धले समस्या जटिल बन्नाका साथै डढेलोका घटनासमेत वृद्धि हुँदै आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सन् २००८ देखि सन् २०२१ सम्म वन डढेलोका ३४ हजार सात सय २५ घटना घटेका छन्।
अर्को समाचार
खोइ फेवाताल ? तुवाँलोले ढाक्यो
२२ वैशाख २०८१
•
५ मिनेट पाठ
खोइ फेवाताल ? तुवाँलोले ढाक्यो
शनिबार दिउँसो प्रदूषणले ढाकिएको पोखरा फेवाताल। तस्बिरः सन्तोष/नागरिक
शनिबार पोखराको मौसम यतिसम्म प्रदूषित थियो की फेवातालको वारि किनारबाट पारिपट्टिको गाउँ देखिएको थिएन। फेवाको किनारबाट हेर्दा तालको बीचभागका सयर गरिरहेका डुंगा पनि प्रदूषित तुवाँलोमा लुकिरहेका थिए।  




शनिबारको जस्तो मौसम पोखराले झन्डै सातादेखि खेपिरहेको छ। दुई सातादेखि बिग्रन थालेको पोखराको मौसम पछिल्लो साता अझै बढी प्रदूषित बनेको छ। त्यसको प्रभाव सर्वत्र परिरहेको छ। सर्वसाधारणले स्वास्थ्यमा समस्या खेप्न थालिसकेको चिकित्सकले बताएका छन्।

पर्यटन व्यवसायी हवाई उडान नहुँदा पर्यटन क्षेत्र प्रभावित बनेको गुनासो गरिरहेका छन्। सुख्खा बढ्दा स्थानीयवासी धारामा पानी आउन छाडेको गुनासो गर्न थालेका छन्। लगाएको खेतीबाली पनि सुक्न थालिसकेको उनीहरुको भनाई छ।  

‘पोखराको प्रदूषणबारे बोल्ने निकाय कोही छैन । यसलाई कसरी कम गर्न सकिन्छ भनेर चिन्तन गर्ने पनि कोही देखिएन,’ दोर्जेज रिर्साेट एण्ड स्पाका संचालक दोर्जे लामाले भने, ‘पर्यटन क्षेत्रलाई पर्यटनकै चिन्ता छ। पर्यटक आउन नपाएको चिन्ता पर्यटन क्षेत्रलाई छ। आ आफ्नो चिन्ता सबैलाई परिरहेको छ। तर, सरकारी निकायलाई यसबारे चिन्ता छाएन।’

गण्डकी प्रदेश वन निर्देशनालयका अनुसार शनिबारसम्म प्रदेशका मुस्ताङ बाहेक १० जिल्लामा डढेलो लाग्दा ८ हजार ६ सय ६३ हेक्टर क्षेत्रफल वन खरानी बनिसकेको छ। यो सिजनमा मात्र ४ सय ८३ स्थानमा डढेलो लागिसकेको छ।

प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी डढेलो नवलपुरमा लागेको छ। नवलपुरमा मात्र २५ सय ५३ हेक्टर वन क्षेत्र खरानी बनेको छ। त्यस्तै म्याग्दी, बागलुङ, पर्वत, कास्की लगायतका जिल्लामा पनि ठुलाे क्षेत्रफल वन डढेको छ।

‘पानी त हामीले पार्न सकेनौ, कम्तीमा डढेलो लाग्न नदिन त सचेत बनाउन सकिन्थ्यो। जथाभाबी डढेलो लगाउनेलाई पहिचान गर्ने र कारबाही गर्ने हो भने यो प्रदूषण कम हुन्थ्यो,’ लामाले भने, ‘यसबारेमा कुनैपनि सरकारी निकायलाई टाउको दुखेन। टाउको कि त पोखरेली सर्वसाधारण की पर्यटन व्यवसायीको मात्र दुखेको छ।’  
उनका अनुसार अहिलेको प्रदूषणले अत्तालिएर पर्यटकले बसाई अवधि छोट्याएका छन्। हवाई उडान अवरुद्ध हुँदा पाहुना पोखरा आउन सकेका छैनन्। अघिल्लो शुक्रबारदेखि अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीचमा गत बिहीबार पूर्णरुपमा संचालन हुने बाहेक अरुदिन पूर्ण रुपमा बन्द भएको छ।

यसले गर्दा दिनमा कम्तीमा २ हजार हवाई यात्रुको पोखरा यात्रा सकसपूर्ण र अन्योलमय बनेको उनले बताए। ‘सरकारी निकायले पूर्णरुपमा बेवास्ता गर्दाको परिणाम अरुले खेप्नुपरेको हो। कम्तीमा भीरपखेरामा कसले डढेलो लगाएको हो भन्नेबारे कर्डाइका साथ सोधखोज गर्ने हो भने यो अवस्था त आउने थिएन,’ उनले भने।  

वन विज्ञान अध्ययन संस्थान पोखराका प्राध्यापक राजन सुवेदीका अनुसार हावाको चक्र पोखरा उपत्यकाबाट उचाइतिर र उचाँईबाट पोखरा उपत्यकातिर आउने प्रक्रिया हुन्छ। तर, हावा वहने त्यो चक्र नै रोकिएको उनले बताए। ‘पोखरामा पानी पर्ने र हावा चल्ने स्थानीय प्रक्रिया नै सक्रिय हुन नसक्दा यस्तो अवस्था आएको हो,’ उनले भने। उनका अनुसार त्यसो हुनुमा जंगलमा आगलागी हुनु मुख्य कारण हो।

‘चिसो हावा दिने ठाउँ नै आगलागीले तातोको छ। त्यसबाहेक ग्लोबल क्लाइमेटको कारण पनि पानी परेको छैन । नेपाल भरि पानी नै परेको छैन। पोखराको स्थानीय वायुको प्रणालीका कारण पनि पानी पर्ने गर्दथ्यो। तर, स्थानीय प्रणाली नै सक्रिय हुन सकेन,’ उनले भने, ‘हावा चल्ने र पानी नपरेसम्म यो समस्या हल हुँदैन।’ उनका अनुसार अहिलेको समस्या प्राकृतिक रूपमै समाधान हुनुपर्छ। मानवीय रुपमा हुन सक्दैन।

‘हामीले रोक्ने भनेको डढेलो लाग्न नदिने हो। त्यसबाहेक पानी पार्न सक्दैनौ,’ उनले भने, ‘पोखरा अत्यासलाग्दो देखिएको छ।’ उनका अनुसार जमिन नजिकको प्रदूषित वायुमण्डल झन् बढी हानिकारक हुन्छ। त्यसैले मान्छेमा स्वास्थ्य समस्या देखिन थालेको छ। यो समस्या आगामी दिनमा अझै बढ्न सक्ने उनले बताए।

‘सतहमै प्रदूषण छ। यसले स्वास्थ्यमा हानी पार्छ,’ उनले भने। उनका अनुसार डढेलो लगाउन रोक्ने र विकास निर्माणको कामलाई पनि संवेदनशीलताको आधारमा प्राथमिकतामा राख्ने हो भने अहिलेको प्रदूषण कम हुन्छ। ‘मानव स्वास्थ्यमा समस्या बढिसकेको छ। यो समस्या अझै जटिल बन्दै जाने छ,’ उनले भने, ‘त्यसैले विकास निर्माणमा पनि संवेदनशीलता हेर्नुपर्छ।’

गण्डकी प्रदेशको वन निर्देशनालयका निर्देशक रामकाजी श्रेष्ठ जथाभाबी वनमा आगो लगाएर बदमासी भइरहेको बताउँछन्। ‘अहिले प्राकृतिक कारणले वनमा आगो लागेको होइन, मान्छेले जानाजान लगाएको हो। तर, त्यसको असर कम गर्न र आगलागी हुन नदिन सरकारी निकाय नै जति चनाखो हुनुपर्ने हो, त्यो हुन सकेन,’ उनले भने। मान्छेले नै जानाजान वनजंगलमा आगो लगाएकोले यस्तो भयाभव अवस्था आएको उनले बताए।  

‘पोखरामा यस्तो अवस्था आएको छ की प्रदूषणले मानव स्वास्थ्यमा असर पारिसक्यो, तर, यो विषयमा चिन्तित हुन नसकेको हो,’ श्रेष्ठले भने, ‘भयाभव अवस्था हुँदा पनि सबैतिरका निकाय चुपचाप छन्। तत्कालका लागि केही गर्न नसकेपनि आगामी दिनका लागि त यस्ता घटना हुन नदिन अहिलेको तयारीले सघाउँथ्यो, तर, त्यो विषयमा पनि कसैलाई चासो भएन।’ 
अहिलेको वायु प्रदूषणबारे संघीयदेखि स्थानीय सरकार पनि संवेदनशील हुन नसकेको उनले बताए। ‘कसैले पनि यो प्रदूषणबारे चाँसो लिएका छैनन्। केन्द्रदेखि गाउँसम्म समस्या छ। स्थानीय तह पनि सक्रिय हुन सकेको छैन। जिम्मेवार त कोही देखिएनन्,’ उनले भने।  

वायु प्रदूषणको सबैभन्दा बढी मार पर्यटन क्षेत्रले खेपेको गुनासो व्यवसायीको छ। गत वायु प्रदूषणका कारण गत शुक्रबारदेखि पोखराको हवाई उडानमा अवरोध आउन थालेको थियो। तीन वटा हवाई कम्पनी बुद्ध, यती र श्री एयरलाइन्सले पोखरामा नियमित उडान गरिरहेका थिए। बुद्धले २०, यतीले १० र श्री एयरलाइन्सको ३ गरि दिनमा ३३ वटा उडान भइरहेका थिए।

तर, अघिल्लो शुक्रबारदेखि हवाई उडान पूर्ण रुपमा प्रभावित छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी अपुग भएको भन्दै विमानस्थल खुल्न सकेको छैन। गत बिहीबार पूर्ण रुपमा र अघिल्लो आइतबार मध्यान्हपछि केही बेर उडान भएपनि विगत आठ दिनदेखि पोखरा हवाई सम्पर्कबाट विच्छेद छ।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन्, ‘हवाई मार्ग प्रदूषणले रोकियो, स्थल मार्ग धुलोले सकसपूर्ण छ। यस्तो अवस्थामा पर्यटक आउने कुरै रहेन।’ उनका अनुसार यस्तो अवस्थाले पर्यटकको आउजाउमा त डिस्टर्ब हुन्छ नै यो सिजनमा नेपाल भ्रमण उपयुक्त हुँदैन भनेर गलत सन्देश प्रवाह हुने जोखिम हुन्छ। अहिले प्रदूषणले पर्यटकको आउजाउमा असर परेको उनले बताए।

‘नेपालमा केही देख्न पाइन्न। गलत समयमा घुम्न गइएछ भनेर सन्देश प्रवाह हुन सक्छ। त्यसले आगामी सिजनमा असर पार्न सक्छ,’ सापकोटाले भने, ‘यस्तो अवस्थामा हवाई सेवा नियमित गर्न सक्ने कुनै प्रविधि भए त्यसमा जोड दिन सकिन्छ।’
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस