जन्म, मृत्यु घटना दर्ता शतप्रतिशत पुर्‍याउने विभागको तयारी
०६ वैशाख २०८०
•
३ मिनेट पाठ
जन्म, मृत्यु घटना दर्ता शतप्रतिशत पुर्‍याउने विभागको तयारी
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलले सन् २०२४ सम्ममा जन्म र मृत्युका घटना दर्तामा शत् प्रतिशत पुर्‍याउन विभाग तयारी रहेको बताए।




नेपाल सरकारले संयुक्त राष्टङ्घको महासन्धिमा सन् २०२४ सम्ममा घटना दर्ता शतप्रतिशत पु्याउने लक्ष्य राखेको थियो। सोहीअनुसार स्थानीय तहमार्फत् विभाग प्रयासरत रहेको छ। ‘व्यक्तिगत घटना दर्ता सप्ताह अवधि लगायतका समयमा नागरिकलाई सुसूचित गराउन विभिन्न माध्यमबाट भिडियो, अडियोसहितका सन्देशमूलक सूचनाबाट जनचेतना अभिवृद्धि गरिएका छौँ। जसबाट घटना दर्तामा वृद्धि हुने क्रम बढ्दै जाने अपेक्षा रहेको छ’, विभागका निर्देशक पौडेलले भने।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा व्यवस्था भएबमोजिम कुनै पनि घटना घटेको ३५ दिनभित्र गर्नुपर्ने प्रावधान रहेको तर नागरिकलाई घटना दर्ताको महत्वबारे जानकार भएपछि र आवश्यकता पर्दा मात्र दर्ता गर्ने प्रवृत्तिको अन्त्य गर्न जनचेतना अभिवृद्धि गर्नु नै लक्ष्य प्राप्तिको प्रमुख उपाय रहेको उनको भनाइ छ।

कानुनमा रहेका व्यवस्थाको पूर्ण परिपालना होस् भनी नागरिकमाझ सचेतना अभिवृद्धि गर्न सप्ताह मनाउँदैै आएको निर्देशक पौडेलले बताए। देशभर छ हजार सात सय ४३ वटै वडामा व्यक्तिगत घटना दर्ता हुने गरेको छ। इन्टरनेट तथा विद्युतीय पूर्वाधारको पहुँच नपुगेका कारण एक सय ६३ वडामा बाहेक अन्य वडामा अनलाइनमार्फत दर्ता हुने गरेको छ।

डिजिटलाइजेशन प्रक्रियालाई प्राथमिकता दिन भौगोलिक विकटताका कारण पहुँच नपुगेका जिल्लामा इन्टरनेट र विद्युत्को विस्तार गर्नको लागि सम्बन्धित मन्त्रालयलाई पत्राचार गरेकोमा प्रयास गर्ने जानकारी आएको उनले बताए। ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य संस्थामा भएका घटनाको विवरण सम्बन्धित वडा कार्यालयमा जानकारी गराउने संयन्त्रको विकास गर्न अघिल्लो वर्ष ३० वटा संस्थाबाट नमूना परीक्षण सफल भइसकेको छ’, निर्देशक पौडेलले भने। यसको प्रभावकारितालाई विस्तार गर्न मन्त्रालयले जन्म सूचना व्यवस्थापन प्रणाली ९बीआईएमएस० र मृत्यु सूचना व्यवस्थापन प्रणाली ९डिआईएमएस ०मार्फत प्राप्त भएका व्यक्तिका विवरणलाई सम्बन्धित वडामा जानकारी गराई दर्ता गरेको उनले जानकारी दिए।  

जसको प्रभावकारिता अभिवृद्धि गर्न मन्त्रालयले अन्य ठाउँमा पनि विस्तार गर्ने जनाइएको छ।  सन् २०२४ सम्ममा शतप्रतिशत

पुर्‍याउने विभागको लक्ष्यअनुसार विभाग प्रयासरत रहे तापनि राष्ट्रिय जनगणना अनुसार पाँच वर्ष वा सो भन्दा कम उमेरका बालबालिकामध्ये ७४ प्रतिशतको मात्र जन्मदर्ता भएको छ।

नेपालमा व्यक्तिगत घटना दर्ता सम्बन्धमा ‘जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना ९दर्ता गर्ने० ऐन, २०३३’ आएपछि २०३४ वैशाख १ गतेदेखि १० जिल्लाबाट सुरु गरी १७ चरणमा विस्तार भयो। त्यस्तै २०४७ वैशाख १ बाट नेपालभर लागू भएको व्यक्तिगत घटना दर्ता हाल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ र नियमावली, २०७७ लगायतका कानुनद्वारा व्यवस्थित गरिएको छ।  

विभागका अनुसार हाल अनलाइनमार्फत दर्ता गर्ने सङ्ख्यामा २५ लाख ७५ हजार तीन सय ५२ जन्मदर्ता, ६४ लाख आठ सय ७९ मृत्युदर्ता, ५७ लाख पाँच हजार पाँच सय ५६ बसाइँसराइ दर्ता भएका छन्।  

त्यस्तै दश लाख ३५ हजार चार सय ६२ विवाह दर्ता, ४२ हजार सात सय ७६ सम्बन्धविच्छेद दर्ता भएका छन्। जुन अनलाइन सूचना प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्ने वडा कार्यालयको सङ्ख्या छ हजार पाँच सय ८४ रहेको छ। व्यक्तिगत घटना दर्ताको महत्वसम्बन्धी सचेतनाको कमी, व्यक्तिगत घटना दर्तासम्बन्धी प्रचारप्रसारको कमी, स्रोत तथा साधनको सीमितता र दुर्गम वडामा इन्टरनेटको पहुँचको अभावका बाबजुद सन् २०२४ सम्म जन्म र मृत्युसम्बन्धी घटना दर्ता शतप्रतिशत पु्याउनु पर्ने दायित्व रहेको विभागले जनाएको छ।  

व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिका लागि जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेद लगायतका व्यक्तिगत घटना, घटना घटेको ३५ दिनभित्र आफ्नो वडा कार्यालयमा दर्ता गराउन विभागले आग्रह गरेको छ। 
अर्को समाचार
दण्डहीनताको पराकाष्ठा
१२ चैत्र २०८०
•
४ मिनेट पाठ
दण्डहीनताको पराकाष्ठा
कसैलाई राम्ररी चिनारी गराउने काम परिचय हो। अनि यसरी चिनारी गराउन अत्यावश्यक जानकारी उल्लेख भएको सामग्रीचाहिँ परिचय पत्र हो। जसले कुनै पनि व्यक्ति, ठाउँ वा चिजबिजबारे बताउँछ। कुनै प्रयोजनका लागि आवश्यक पर्‍यो भने यस्तै परिचय पत्रलाई आधिकारिक पनि मानिन्छ। र, खासमा पत्र, पाटी वा कुनै चिजविजमा परिचय लेखेर/कुँदेर राख्नुको उद्देश्य पनि यही हो। यसरी हेर्दा सहजै बुझिन्छ कि परिचयमा त्रुटि हुनुहुँदैन। परिचयमै गल्ती भयो भने उसका बाँकी सारा जीवनचक्र प्रभावित हुन पुग्छन्।




जिल्ला प्रशासन कार्यालयहरू र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यति सामान्य कुरामा पनि ध्यान नदिँदा यतिखेर करिब पाँच लाख नेपालीको परिचय नै खल्बलिने क्रममा पुगेको छ। जिल्ला प्रशासन कार्यालयहरूले नागरिकतामा उमेर, जन्म मिति, जारी भएको मिति, हस्ताक्षर जस्ता त्रुटि भए पनि राष्ट्रिय परिचयपत्र बनाउने प्रयोजनका लागि विवरण संकलन गरेका थिए। जबकि यस्ता त्रुटि सच्याएर मात्र विवरण संकलन गरिनुपथ्र्यो। यही कारण यतिबेला यस्तो समस्या भएका करिब पाँच लाख जनाले राष्ट्रिय परिचय पत्र पाउन सकेका छैनन्।

अहिले जुनसुकै महत्त्वपूर्ण कामका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। विशेषगरी विदेश जान चाहनेले नयाँ राहदानी बनाउन होस् या बनाइसकेको राहदानी नवीकरण गर्न, राष्ट्रिय परिचयपत्र समावेश गर्नैपर्ने नियम राखेको छ। एकातिर वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या दिनानुदिन बढिरहनु, अर्कोतिर यसका लागि अत्यावश्यक पर्ने राहदानीका लागि परिचयपत्र नम्बर अनिवार्य गरिनु अनि त्यही परिचय पत्र सर्वसाधारणले नपाउनु जस्ता कारण उनीहरू ठूलो तनावमा छन्।

प्रशासन कार्यालयले त्रुटि भएका विवरण नसच्याइ राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन नै गर्नुहुने थिएन। दोस्रो कुरा, विभागको प्रणालीले दोहोरो विवरण स्वीकार नगरेको जानकारी गराएपछि त्यसलाई सच्याउनतिर लाग्नुपर्नेमा उल्टै यो काम विभागको हो भनेर उतै फर्काइदिन मिल्ने थिएन। अहिले यही गल्तीका कारण तत्काल राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक पर्ने मानिस जिल्ला जिल्लाबाट विभागको मुख्यालय काठमाडौँ धाउनुपर्ने बाध्यता सिर्जना गरिएको छ। विडम्बना, यस्तो अवस्था सिर्जनाप्रति कोही जवाफदेही हुनुपरेको छैन।

विभागका अनुसार फागुनसम्म राष्ट्रिय परिचय पत्रका लागि ६३ जिल्लाबाट एक करोड ३९ लाख ८३ हजार तीन सय १२ नागरिकको जैविक विवरण संकलन भएको छ। अझै पनि १० जिल्लामा विवरण संकलनकै काम भइरहेको छ। त्यसमाथि पनि मुगु, हुम्ला, जुम्ला र डोल्पामा त विवरण लिने कामै सुरु भएको छैन। राष्ट्रिय परिचय पत्रको काम सुरु भएको पाँच वर्ष भयो। यस अवधिमा मात्र चार लाख नागरिकले कार्ड पाएका छन्। यसरी एकातिर अबौँ खर्चिएर सुरु गरिएको कामै निकै ढिलासुस्ती छ, त्यसमाथि पनि पाँच लाखभन्दा बढीको परिचयमै त्रुटि देखिनुले हाम्रा सरकारी निकाय यस्तो महत्त्वपूर्ण काममा पनि कति गैरजिम्मेवार छन् भन्ने प्रष्टिन्छ। जसको असर एकातिर सर्वसाधारणमा परेको छ भने अर्कोतिर राष्ट्रिय ढुकुटीको दुरूपयोग व्यापक भएको बुझ्न कठिन छैन।

यतिबेला विभाग आफैँले कर्मचारी खटाएर यस्ता त्रुटि सच्याउने काम सुरु गरेको छ। तर यो न विभागको बहादुरी हो न जिल्ला र इलाका प्रशासन कार्यालयहरूकै। नगर्नुपर्ने गम्भीर गल्ती गरिसकेपछि त्यो सच्याउनु उनीहरूको दायित्वभित्रकै कुरा हो। जहाँसम्म यसबाट सर्वसाधारणमा परेको मर्का छ, यसप्रति क्षमा माग्दै आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउने प्रणसमेत गर्नुपर्छ। राष्ट्रिय परिचयपत्र बनाउने नाममै थप भत्ता, ओभरटाइम आदिबापत रकम लिने, विभिन्न सुविधा खाने तर जे कामका लागि बढी सुविधा लिएको हो, त्यही कामचाहिँ त्रुटियुक्त हुने भएपछि यो क्षम्य हुन सक्दैन। खासमा यो नेपालको कर्मचारीतन्त्र कुनै पनि विषयमा संवेदनशील नै छैन भन्ने ज्वलन्त प्रमाणसमेत हो।

नेपालमा विशेषगरी कर्मचारीले कुनै गल्ती गरेमा सजाय दिने चलन छैन। कानुन बनाउने कार्यभार उनीहरू आफैँ हाबी हुने भएका कारण यस्तो अवस्था सिर्जना भएको हो। यस्तो समस्या यो पहिलो होइन, विगतमा पनि सरकारी कार्यालयबाट जारी हुने कागजातमा कर्मचारीकै कमजोरी त्रुटि देखिन्छन्। तर, त्यसबाट दुःख भने जनताले पाउँछन्। जनताको करबाट तलब÷सुविधा खाएपछि आफ्नो काम जिम्मेवारीपूर्वक निर्वाह नगरेमा सजायको भागिदार बन्नुपर्ने व्यवस्था थियो भने माथि उल्लेख भएको जस्तो त्रुटि कदापि हुने थिएन। यहाँ त गल्ती गर्ने कर्मचारीले न सर्वसाधारणसँग माफी माग्नुपर्छ न त उनीहरूलाई कसैले यसबापत कारबाही नै गर्न सक्छ। कानुनै बनाएर गल्ती गर्नेलाई कारबाहीको व्यवस्था नराखेसम्म थप भत्ता खाएर गरेको काममा पनि गल्ती गरिरहने र त्यस्तो गल्ती सच्याउन फेरि भत्ता खाइरहने निरन्तर चक्र चलिरहनेछ।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस