महिला पुरुष बनेर अर्की महिलाको बलात्कार गरेपछि...
२८ पौष २०७३
•
१६ मिनेट पाठ
महिला पुरुष बनेर अर्की महिलाको बलात्कार गरेपछि...
काठमाडौं–बलात्कार भन्नासाथ दुई विपरित लिंगीबीच जबरजस्ती हुने सम्पर्र्क हो भन्ने आम बुझाइ छ। तर सर्वोच्च अदालतको एक फैसला भने यसको ठिक विपरित छ।




आधुनिक समाजमा समलैङ्गिक सम्बन्ध हुने भए पनि महिलाले महिलालाई जबर्जस्ती गर्न सक्छन् भन्ने सर्वोच्चको फैसलापछि विश्वास गर्नुपर्ने भएको  छ। सर्वोच्च अदालतले केही महिना पहिला गरेको एक फैसलामा महिलाले महिलालाई बलात्कार गर्न सक्ने भनी दोषी ठहर गर्ने नजिर कायम गरेको छ।  

संखुवासभा जिल्लाको एक जवरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले स्थापित गरेको नजिरले महिलाले महिलालाई बलत्कार गर्न सक्ने तथ्यलाई स्वीकार गरी फैसला सुनाएको हो। न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र सपना मल्ल प्रधानको इजलाशले भदौ १६ गते गरेको फैसलाले न्यायिक इतिहासमा नयाँ नजिर निर्माण गरेको हो।

हालसम्म बलात्कारका मुद्दामा पुरुषले महिलालाई बलात्कार गर्ने र यदाकदा महिलाले पुरुषलाई गर्ने सुनिएको थियो। संखुवासभा जिल्ला अदालतवाट सुरु भएको मानव बेचविखन तथा ओसार पसार, जवरजस्ती करणी सम्बन्धी मुद्दा धनकुटा पुनरावेदन अदालत हुँदै सर्वोच्च आइपुगेपछि यस्तो नजिर कायम भएको हो।

पेन्टीमा बाँधेको अवस्थामा ७ इन्च लम्बाइ र ५.५ इन्च गोलाइ नाप भएको कृत्रिम लिंग बरामद 

‘प्राकृतिक रुपमा यौन सम्बन्ध एउटा आयाम हो, जहाँ स्वेच्छा वा सहमति विना जवरजस्ती करणीमा अपराध केन्द्रित हुन्छ, विपरित लिङ्गबीच असहमति र नावालकसँग सहमतिको सम्बन्धलाई अपराधको दायरामा ल्याइन्छ’, सर्वोच्चको फैसलामा भनिएको छ,  ‘तर आज प्रविधिको  विकाससँगै यौनलाई वस्तुकरण गर्ने गराउने स्थिति आएको छ, यहाँ पुरुषले महिलालाई बलत्कार गर्ने भन्दा माथि महिलाले आफ्नो लिंग र पहिचान ढाँटी कृत्रिम यौन साधनको प्रयोग गरी नाबालिकाको शरीर विरुद्ध हिंसा गरिएको देखिन्छ।’ यस्तो क्रिया कानुन, व्यवहार र न्यायको दृष्टिमा सह्य नहुने अपराधजन्य कार्य हुँदा पुनरावेदन अदालत धनकुटाको फैसला सदर हुने सर्वोच्चको पूर्णपाठमा उल्लेख छ। फौजदारी विधिशास्त्रमा नेपालका लागि सर्वोच्चको यो आदेश ऐतिहासिक हुने देखिन्छ ।

शेर्पाले दुईपटक करणी गरेको भनी जाहेरी दरखास्तमा उल्लेख भएको र भोलिपल्ट पक्राउ परी शरीरको खानतलासी हुँदा शरीरबाट पेन्टीमा बाँधेको अवस्थामा ७ इन्च लम्बाइ र ५.५ इन्च गोलाइ नाप भएको कृत्रिम लिंग बरामद  भएको सर्वोच्चको ठहर खण्डमा उल्लेख छ। अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमासमेत आफूले पेन्टीभित्र लुकाएर राखेको कृत्रिम लिंगको प्रयोग गरी पीडितको योनीभित्र दुई–तीन पटक तलमाथि गरीदिएको स्वीकार गरेकाले अभियोग पुष्टि हुने सर्वोच्चको पूर्णपाठमा उल्लेख  छ।

संखुवासभा जिल्लाको एक जवरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले स्थापित गरेको नजिरले महिलाले महिलालाई बलत्कार गर्न सक्ने तथ्यलाई स्वीकार गरी फैसला सुनाएको हो।

पीडित स्वयमंले दिएको जाहेरी, मौकामा गरेको बयान तथा अदालत समेतमा बकपत्र गर्दा शेर्पाले आफूलाई करणी गरेको हो भनी किटान गरेको समेतबाट पुष्टि भएको सर्वोच्चको फैसलामा उल्लेख छ। पीडितको योनी वरिपरी घाउचोट नभएको तथा वीर्य स्खलन भएको नदेखिएको भन्ने आधारमा मात्र जबर्जस्ती करणी भएको थिएन भनी भन्न नमिल्दैन सर्वोच्चको फैसलामा उल्लेख छ।  

‘लैंगिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ बाट संशोधन हुनुपूर्व सर्वोच्चको फैसलामा उल्लेख छ। जबर्जस्ती करणी लोग्ने मानिसले स्वास्नी मानिसको विरुद्धमा गर्ने, गराउने र गर्न सक्ने अपराधको रुपमा राखेकोमा सच्चाउनु पर्ने सर्वोच्चको फैसलामा उल्लेख छ। ‘लोग्ने मानिसले स्वास्नी मानिसको विरुद्धमा गर्ने अपराध भनी प्रस्ट उल्लेख गरी कानुनी व्यवस्था भएकोमा उक्त संशोधनले यसको दायरालाई फराकिलो बनाउँदै कसैले भन्ने शब्दको प्रयोग गरेको अवस्थामा जबर्जस्ती करणीको पीडक केवल पुरुष मात्र हुन्छ भन्ने उक्त व्यवस्थाको मनसाय हुने देखिँदैन’, सर्वोच्चको फैसलामा भनिएको छ, ‘केवल पुरुष मात्र पीडक हुने भन्ने विधायिकाको मनसाय हुन्थ्यो त उक्त संशोधनको आवश्यकतानै पर्ने थिएन ।’

यस्तो छ घटना

संखुवासभा मत्स्यपोखरी गाविसका लाक्पा शेर्पाले केटाको रुपमा अजय जिमीको नाममा फोन गरी कुराकानी हुन थालेपछि यो घटना सुरुवात भएको देखिन्छ । फोनमै उनले आफू गाडी चलाउने भन्दै दैनिक रुपमा कुराकानी हुन थालेपछि उनीहरुको चिनजान भएको देन्खिन्छ ।

दैनिक रुपमा केटाको आवरणमा यमुना राई (नाम परिर्वतन)लाई फोन गरेपछि उनीहरुका बीचमा प्रेम सम्वन्ध सुरु हुन्छ। परिचय लुकाएर अजयको रुपमा रहेका शेर्पाले फोनपछि उनीसँग जीवन बिताउने योजना बनाउनँछन् । त्यसलाई सार्थक रुप दिन प्रेमिकाको सल्लाहमै अजय जिमी प्रेमिका भेट्न मोरङको उर्लाबारीबाट संखुवासभाको सेदुवा प्रेमिकको घर पुग्दछन् । प्रेमिका भेट्ने अजयले साथमा मामाका छोरा सागरलाई पनि साथै लगेका थिए।

जबर्जस्ती करणी लोग्ने मानिसले स्वास्नी मानिसको विरुद्धमा गर्ने, गराउने र गर्न सक्ने अपराधको रुपमा राखेकोमा सच्चाउनु पर्ने सर्वोच्चको फैसलामा उल्लेख छ।

पूर्वनिर्धारित योजना अनुसार सेदुवा स्कुल पुगेपछि अजयले प्रेमिकालाई फोन गरी बोलाउँछन्। र उनीहरु यमुनाको मामाघर पुग्दछन् । सबैले रातिको खाना खाएपछि अजय र सागरका लागि अलग्गै सुत्ने व्यवस्था मिलाइन्छ । रातको अन्दाजी १० बजे घरधन्दा सकेर उनी सुत्ने तरखरमा रहेकी यमुनालाई मोबाइलमा म्यासेज आउँदछ। ‘एक छिन मसँग आऊ न, गफ गरौं,’ भन्ने म्यासेज आएपछि उनी प्रेमिलाई भेट्न उनको रुममा जान्छिन्। उनीहरु बीचमा विवाह गर्ने र आगामी जिन्दगी बिताउने विषयमा गफ हुन्छ।  गफकै क्रममा अजयले यमुनालाई  लिन आएको बिवाह गर्ने प्रस्ताव राख्दछन्। भागेर नभई घरबाट दिएमा आफू बिहे परीक्षापछि मात्र गर्ने कुरा उनले अजयलाई बताउँछिन् ।

परीक्षा सकेपछि विवाह गर्ने उनको सोचाइमा अजयले प्रतिरोध गर्दैनन् ।  अजयलेसँगै सुत्न उनलाई आग्रह गर्छन् । बिहे गर्ने सुरमा घरमा कुरा गर्न आएको प्रेमीले प्रस्ताव राखेपछि यमुनाले अस्वीकार गर्न सकिनन्। अजय र यमुनाबीच दुई पटक शारीरिक सम्वन्ध स्थापित हुन्छ र विहान ३ बजे उठेर उनी  आफ्नो ओछ्यानमा जान्छिन्। २०६७ फागुन २२ गते घरमा छोरी माग्न आएका आफन्तको बारेमा कुराकानी हुन थाल्छ।

त्यसक्रममा गाउँका बुद्धिमान राई, दिलबहादुर राई समेत आई अजयलाई घरपरिवार र पेसाबारे सोधपुछ गरी जानकारी लिने कार्य गर्छन्। तर, यमुनाकी छ्यामा (सानिमा) सुकमाया राईलाई अजयको जवाफ अप्राकृतिक लागिरहेको थियो। उनले अजय केटा मान्छे भएको प्रति प्रश्न उठाइन्। उपस्थित अरुले त्यसमा विश्वास गरेनन् । अन्ततः उनीहरु चिकित्सकीय छानबिन गर्ने निष्कर्षमा पुग्दछन् । तर अजय र सागरले उक्त केटी भएको कुरा इन्कार गर्छन् । अजयको शारीरिक परीक्षण गर्ने भन्दै घरगाउँलेले २०६७ फागुन २७ जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दर्ता गराउँछन्। प्रेमिका यमुना नै जाहेरवाला हुँदै अजयको शारीरिक परिक्षण तथा जवरजस्ती करणी र वेचविखनमा उजुरी दर्ता गरियो। अजय भनिने लाक्पा शेर्पाले कृत्रिम लिंग प्रयोग गरी आफूमाथि बलात्कार (करणी) गरेको दाबी उनको उजुरीमा गरियो।

उजुरीमा अजय राईलाई चेक गर्दा पेन्टीमा नक्कली (कृत्रिम) लिंग समेत लुकाई राखेको अवस्थामा फेला परेको दाबी गरियो।  सोही लिंगबाट राति करणी भएको हुन सक्ने र नाम, थर, वतन समेत ढाँटी मलाई वेश्यावृतिमा लगाउने, शोषण गर्ने उद्देश्यले कार्य गरेको उजुरीमा भनियो।  जालसाज गरी प्रपञ्च मिलाई झुक्याई केटा हुँ भनी कँही कतै लगी बेचविखन गर्ने उद्देश्य रहेको हुँदा उल्लेखित प्रतिवादी अजय शेर्पा र निजका सहयोगी सागर शेर्पालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अन्तर्गत हदैसम्मको सजाय गर्न यमुनाको उजुरीमा माग गरियो।

अनौठो जाहेरी आए पनि प्रहरीले अनुसन्धान अघि बढायो। प्रहरीले परिक्षण गराउँदा उनको जाहेरी सही  प्रमाणित भयो।  फोनबाट शुरु भएको चिनजान प्रेम हुँदै एकाएक नावालिका करणी महिलाले महिला नै गरेको प्रमाणित भयो ।

जाहेरी अनुसार प्रहरीले अनुसन्धान गरी प्रारम्भिक प्रतिवेदन सरकारी वकिललाई पठायो। सरकारी वकिलको राय अनुसार लाक्पालाई जबर्जस्ती करणीसँगै मानव बेचबिखनमा पनि मुद्दा जिल्ला अदालत संखुवासभामा दर्ता गरियो। लाक्पाले प्रहरी र अदालतलाई तीन–चार महिनादेखि आफैँलाई प्रयोग गरिरहेको कृत्रिम लिंग प्रयोग गरेर सम्बन्ध राखेकी बयान दिए ।

आफू  महिला भएको उनले अदालतमा स्वीकार गरे। सुरुदेखि नै केटा भनेर प्रेम सम्बन्ध कायम राखेकोले यस्तो गरेको उनले बताए । अदालतले अभियोग दाबी बमोजिम मुलुकी ऐन जबर्जस्ती करणीको १ र ३ (३) महल अनुसार कसुर ठहर ग¥यो। अदालतले लाक्पालाई पीडक ठहर गर्दै ६ वर्ष कैद र घटनामा उपस्थित सागरलाई ५ वर्ष कैद हुने आदेश सुनायो। अदालतको आदेशानुसार पीडितलाई ५० हजार क्षतिपूर्ति पाउने फैसला पनि अदालतले सुनायो। संखुवासभा जिल्ला अदालतको आदेशमा दुवै पक्षले पुनरावेदन दर्ता गरे । पुनरावेदन पत्रमा सुनुवाइ गर्दै तत्कालीन पुनरावेदन अदालत धनकुटाले लाक्पालाई ‘अप्राकृतिक मैथुन’ आकर्षित गरेर जिल्लाको फैसला सदर हुने  फैसला सुनायो ।  

संखुवासभा जिल्ला अदालतले लाक्पा  र सागरलाई २०६९ असार २० गते दोषी ठहर गर्ने  फैसला मिलेको भन्दै पुनरावेदनले केही सदर गर्दै लाक्पालाई सात वर्ष सजाय हुने फैसला सुनायो  । घटनामासँगै रहेको भए पनि सागरको संलग्नता नदेखिएको भन्दै पूनरावेदनले उनलाई सफाई दियो। पुनरावेदन तहले लाक्पालाई सुरु तहभन्दा एक वर्ष बढी कैद र सागरलाई सफाइ दिएपछि उनीहरु पुन सर्वोच्च गए।  

सर्वोच्चमा पेश भएको मुद्दा न्यायाधीशमात्र होइन, इजलास अधिकृत र फाँटवालाबीच पनि रोचक बन्न पुग्यो ।  सर्वोच्चमा आइपुग्दा महिलाले महिलामाथि बलात्कार गर्ने अवस्था रहन्छ वा रहँदैन? विद्यमान नेपाल कानुनमा यस्तो ठाउँ छ वा छैन? भन्ने प्रश्न उठेको थियो । सर्वोच्चले त्यसलाई निराकरण गर्दै बलत्कार हुने ठहर सहित फैसला सुनाएको हो ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस