कपिलवस्तु जिल्लाका अन्य कार्यालयका कर्मचारीहरूले नयाँ वर्षको बिदा मनाईरहा प्रशासन कार्यालयका कर्मचारीहरू भने आफ्नो कार्यमा अन्य दिन जस्तै खटेका थिए।
प्रशासन कार्यालयका प्रजिअ सहित १० जना कर्मचारीहरू नयाँ वर्षमा पनि नागरिकहरुलाई प्रशासन कार्यालयबाट प्रदान गर्ने सेवाहरू दिन दिनभर नै व्यस्त थिए। शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्रको सेवा दिने भन्दै एक साता अघि प्रशासन कार्यालयले सार्वजनिक सुचना जारी गरेको थियो।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवाग्राहीको सुबिधालाई मध्यनजर गरी सार्वजनिक बिदाको दिन पनि सेवा उपलब्ध गराएको हो। जिल्ला मै पहिलो पटक नयाँ वर्ष नागरिकहरुलाई सर्वसुलभ सेवा दिने उद्देश्यले शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिन समेत प्रशासन कार्यालयले सेवा दिन कार्य योजना बनाइएको प्रजिअ शंकरहरि आचार्यले बताए।
नागरिकहरूको सेवा सुविधालाई मध्यनजर गर्दै शनिवारका दिन बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि सेवा दिन कार्य योजना नै बनाएका छौ ’ उनले भने। पहिलो चरणमा नयाँ वर्ष वैशाख १ गते, वैशाख १८ गते विश्व मजदुर दिवस, वैशाख ३२ बुद्ध जयन्ती र जेठ १५ गणतन्त्र दिवसका दिन समेत कार्यालय संचालन हुने सुचना जारी गरिएको छ। बिदाका दिन समेत सेवा दिन प्रशासन कार्यालयका कर्मचारीलाई पालैपालो खटाइने गरी व्यवस्था मिलाइएको छ।
वैशाख १ गतेका दिन ७४ जना सेवाग्राहीले बिभिन्न खालको सेवा लिएको प्रशासकीय अधिकृत गौतम बुढामगरले बताए। वैशाख १ गते बिदाका दिन समेत सेवा पाउँदा सेवाग्राही दंग परेका छन। अन्य दिनको समय भन्दा बिदाको समयमा भने सजिलै सेवा पाएको सेवाग्राही बताउँछन। नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्रमा अन्य दिन भन्दा छिटो र सजिलै सेवा पाएका थिए।
नयाँ वर्षका दिन पासपोर्ट लाइभईलरोलमेन्ट २३ जना, पासपोर्ट वितरण २४ जना, पासपोर्ट भर्नकालागि नाम लेख्ने कार्य ८ जना, राष्ट्रिय परिचय पत्र एनआइएम खोज्ने कार्य ३ जना नयाँ नयाँ नागरिकता ४ र प्रतिलिपि नागरिकता ३ जनाको प्रदान गरिएको छ। उता प्रशासन कार्यालयले विद्युतीय अनलाइन राहदानी भर्ने काम समेत प्रशासन कार्यालय भित्रै निःशुल्क भर्ने व्यवस्था समेत मिलाइएको सहायक प्रजिअ अनिल पौडेलले बताए।
काठमाडौं महानगरपालिकाले ‘विश्व मजदुर दिवस’को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ। दुई हजार ८१ जनालाई निःशुल्क सिपमूलक तालिम दिने र तालिम लिएकाहरूलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो।
सिलाइका लागि कपडा काटेर र काटिएको कपडालाई मेसिनमा सिलाएर मेलाको समुद्घाटन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विगतका तालिमभन्दा अहिलेको तालिम फरक र विशेष रहेको बताइन्।
‘विगतमा पनि धेरै तालिम धेरै भए तर जनशक्ति आवश्यक पर्ने ठाउँमा सिपयुक्त जनशक्तिको सधैं अभाव नै छ। यो हेरेपछि हामीलाई थाहा भयो, तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा आउँदैन।
विगतको यो अभ्यासलाई सुधार गर्दै हामीले उपलब्ध गराउने तालिमलाई रोजगार, स्वरोजगार र अन द जब ट्रेनिङसँग जोडेका छौं।’ तालिम उद्घाटनका क्रममा उपप्रमुख डंगोलले बताइन्।
उक्त अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘हामीले तालिम दिएका व्यक्तिहरू कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, हामी निरन्तर निगरानी गरिरहन्छौं। उहाँले व्यावसायिक रूपमा प्राप्त गर्नुभएको उपलब्धीलाई महानगरपालिकाका नयाँ तालिम कार्यक्रम सञ्चालन योजनामा आबद्ध गर्छौं।’ उनले काठमाडौंमा रहेका अनौपचारिक क्षेत्रका जनशक्तिलाई तालिम दिएर औपचारिक क्षेत्रमा ल्याउने बताए।
रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघसंस्था) तथा सामाजिकले क्षेत्र एकै ठाउँमा तालिम दिएका छन्।
शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको आयोजकले बताए।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सिएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपिटिइएन), ग्लोकल, सिप्रदी ट्रेडिङ र सिसिटिभी स्टेसन एन्ड स्मार्ट होमसँग तालिम सञ्चालनमा सहकार्य भएको छ।
सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरू पनि तालिमका कार्यक्रम छन्। सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत छोटो अवधिको सिपमूलक तालिम सञ्चालन हुन्छ। महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेसाका सिपमूलक तालिम छन्।
‘साइबर सेक्युरिटी’मा चार हजार व्यक्तिलाई तालिम प्रदान गरिँदैछ। नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन्। यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिलाई ‘सिप मेला’मा रोजगारदाताहरूसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य रहेको आयोजकले बताए।
सिप मेलामा तालिमका लागि अटो मोबाइल्स, निर्माण, सूचना प्रविधि, आर्ट एण्ड कल्चर, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, गार्मेन्ट्स, सौन्दर्य कलालगायत क्षेत्र निर्धारण गरेर तालिम दिइएको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...