११४ रोपनी जग्गा आठ वर्षपछि प्रहरीलाई नै फिर्ता
१२ वैशाख २०८३
•
५ मिनेट पाठ
११४ रोपनी जग्गा आठ वर्षपछि प्रहरीलाई नै फिर्ता
नेपाल प्रहरीले प्रयोग गर्दै आएको १ सय १४ रोपनी जग्गा बालेन्द्र शाह नेतृत्वको सरकारले सोही संगठनलाई फिर्ता गरेको छ। काठमाडौं महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको उक्त जग्गा राष्ट्रपतिको कार्यालयका नाममा हस्तान्तरण गर्ने तत्कालीन सरकारको निर्णय आठ वर्षपछि वर्तमान सरकारले उल्टाएको हो। सरकारको यो निर्णयसँगै उक्त जग्गा र त्यहाँ रहेका संरचना राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने छ। प्रहरीले तालिमका सैद्धान्तिक कक्षाहरु महाराजगन्जस्थित प्रतिष्ठानमा सञ्चालन हुने पजनाएको छ। प्रहरी तालिमका अन्य कार्यक्रम भने पनौतीस्थित प्रतिष्ठानमा सञ्चालन हुने छन्।




नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीलाई सैद्धान्तिक ज्ञान र व्यावहारिक तालिमका लागि महाराजगन्ज र पनौती दुवै ठाउँका जग्गा र भवन आवश्यक भएको बताउँदै आएका थिए। उनले प्रहरी संगठनले प्रयोग गर्दै आएको महाराजगन्जस्थित जग्गा र त्यहाँका संरचना फिर्ता गर्न सरकारलाई अनुरोधसमेत गरेका थिए। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले महाराजगन्जस्थित जग्गा प्रहरीलाई नै फिर्ता गरेको हो।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७५ भदौ १ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको १ सय १४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयका नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो। नेपाली सेनाले राष्ट्रपति भवन र कार्यालय निवासको सुरक्षाका लागि प्रहरीले प्रयोग गर्दै आएको जग्गा राष्ट्रपति कार्यालयलाई उपलब्ध गराउन सुझाएपछि तत्कालीन सरकारले राष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेको हो। सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रयोग गर्दै आएको उक्त जग्गा राष्ट्रपति कार्यालयलाई दिने र त्यहाँ राष्ट्रपतिका लागि हेलिप्याडलगायतका संरचना बनाउने भनेको थियो। केन्द्रमा हुने प्रहरी अभ्यासका कारण राष्ट्रपतिलाई ‘डिस्टर्भ’ भएको तर्कका आधारमा पनि उक्त जग्गा उपलब्ध गराइएको थियो।

प्रहरीले प्रतिष्ठानले प्रयोग गर्दै आएको उक्त जग्गाको स्वामित्व आफैंमा राख्न धेरै प्रयत्न गरेको भए पनि त्यतिबेला सफलता मिलेको थिएन। त्यतिबेला सरकारले राष्ट्रपति तथा उपराष्ट्रपतिको आवाससम्बन्धी अध्ययनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा एक टोली बनाएको थियो। सोही टोलीले पेस गरेको प्रतिवेदनका आधारमा प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिइएको थियो। प्रहरीलाई काभ्रेको पनौतीमा प्रशिक्षण प्रतिष्ठान बनिरहेकाले महाराजगन्जबाट हटाउन लबिइङ गरिएको थियो। तत्कालीन सरकारले सेनाको सुझावका आधारमा राष्ट्रपति कार्यालयलाई महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा दिने निर्णय गरेपछि पूर्वआइजिपीहरुले विरोध गरेका थिए। पूर्वआइजिपीहरु अच्युतकृष्ण खरेल, दुर्लभकुमार थापा, ओमविक्रम राणा, रमेशचन्द ठकुरी, रविन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, ठाकुर ज्ञवालीलगायत १७ पूर्वआइजिपीले ओलीपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई भेटेर पूर्ववर्ती सरकारको निर्णयमा असहमति जनाउँदै सो जग्गा प्रहरीलाई नै फिर्ता गर्न प्रस्ताव गरेका थिए। प्रस्तावमा देउवा सकारात्मक भए पनि काम भएन तर अहिलेका आइजिपी कार्कीले उक्त जग्गा प्रहरीलाई नै फिर्ता गर्नुपर्ने प्रस्ताव गरेपछि सरकारले सोहीअनुसार निर्णय उल्टाएको हो।

काभ्रेको पनौतीमा पनि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका लागि आवश्यक संरचना निर्माण भैरहेको छ। निर्माणकार्य अन्तिम चरणमा पुगेको बताइएको छ। भारत सरकारको सहयोगमा पनौतीमा निर्माणाधीन प्रतिष्ठानमा शारीरिक प्रशिक्षणहरु सञ्चालन गर्ने तयारीमा प्रहरी छ। प्रहरीले महाराजगन्जस्थित प्रतिष्ठान र त्यहाँको जग्गा संगठनको इतिहाससँग जोडिएकाले त्यहाँ तालिमका सैद्धान्तिक प्रशिक्षण सञ्चालन र विश्वविद्यालय तहको पाठ्यक्रम पढाउने जनाएको छ । महाराजगन्जस्थित प्रतिष्ठानभित्र नयाँ संरचना निर्माण र पुराना मर्मतसम्भारका लागि लगाइएको रोक फुकुवा गर्न प्रहरी प्रधान कार्यालयले २०७८ सालमा गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। सहरी विकास तथा भवन विभागको निर्णयपछि नयाँ संरचना निर्माण तथा मर्मतसम्भारको काम रोकिएको थियो। २०७५ भदौ २१ मा राष्ट्रपति कार्यालय परिसरलाई थप पूर्वाधार निर्माणसहित सुविधा सम्पन्न बनाउन राष्ट्रि प्रहरी प्रशिक्षण प्रतिष्ठान हटाउने र त्यहाँको ११४ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको थियो। त्यही निर्णयमा टेकेर गृह मन्त्रालयले २०७८ फागुनमा प्रतिष्ठान परिसरमा प्रहरीलाई ‘निर्माणाधीन संरचनाको काम रोक्का राख्न’ पत्राचार गरेको थियो। त्यो अवरोध हटाइदिन प्रहरी प्रधानकार्यालयले गृहलाई पत्रचार गरेको थियो। गृहले अनुमिति नदिएपछि प्रतिष्ठान परिसरकार भवनमा तला थप्ने र मर्मत सम्भार गर्ने कार्य रोकिएको थियो।

वर्तमान सरकारले जग्गा प्रतिष्ठान अर्थात् प्रहरीलाई नै फिर्ता गरेपछि आइजिपी कार्कीले सरकारलाई धन्यवाद दिएका छन्। ‘नेपाल प्रहरीको ऐतिहासिक विरासत, संस्थागत गौरव तथा व्यावसायिक उत्कृष्टताको धरोहरका रूपमा स्थापित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः पूर्ववत् रूपमा प्रतिष्ठानकै स्वामित्वमा कायम रहनेगरी मिति २०८३ वैशाख १० गते नेपाल सरकारबाट भएको निर्णय नेपाल प्रहरी संगठनका लागि अत्यन्त महत्त्वपूर्ण तथा ऐतिहासिक उपलब्धि हो,’ कार्कीले भनेका छन्। सरकारको यो निर्णयले नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, दीर्घकालीन भौतिक पूर्वाधार विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिमा दूरगामी सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। ‘यो महत्त्वपूर्ण, दूरदर्शी तथा संगठन हितकेन्द्रित निर्णयका लागि सम्माननीय प्रधानमन्त्री, यसका लागि लामो समयदेखि निरन्तर पहल गर्दै आउनुभएका अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतहरूप्रति नेपाल प्रहरी हार्दिक कृतज्ञता व्यक्त गर्छ’, उनले भने। प्रहरी अधिकारीहरुका अनुसार राणा शासनविरुद्ध लड्न नेपाली कांग्रेसले बनाएको मुक्ति सेनालाई समेटेर २०१२ सालमा नेपाल प्रहरी गठन गर्दा यही प्रतिष्ठान क्षेत्रमा तालिम दिइएको थियो।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस