पहिरोपीडितको निहुँमा चुरे अतिक्रमण
२६ चैत्र २०७९
•
४ मिनेट पाठ
पहिरोपीडितको निहुँमा चुरे अतिक्रमण
साना बुट्यान काटेर छरपस्ट छ। बुट्यानका हाँगाबिँगाले बाटोको किनारै किनारमा बार लगाइएको छ। भित्र खेती लगाउनका लागि हलोले जोतिएको छ। त्यो पनि भावर क्षेत्र सकिएलगत्तै देखिने डाँडोको थुम्को। हो, त्यही डाँडोको थुम्को हो चुरे गाउँपालिका वडा नम्बर ४ स्थित टाकगडा। जहाँ, बाढी र पहिरोपीडितका नाममा अतिक्रमण गर्दै जंगल सोत्तर पारिएको छ। गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजिपुरबाट सोझै चुरे गाउँपालिका वडा नम्बर ४ स्थित बालुवागडाको फेदबाट एक घण्टा हिँडेपछि पुगिने टाकगडाको जंगल फँडानी गर्दै अहिले केही भूमाफियाहरूले राजनीतिक संरक्षणमा बाढी र पहिरोपीडितको नाममा सोत्तर पारेका हुन्।  




नाम नबताउने सर्तमा चुरे गाउँपालिका वडा नम्बर ४ का एक स्थानीयले भने, ‘जग्गा पाउने भनेपछि मेरै गाउँबाट बाढी र पहिरोले क्षति नपुगेकाहरूले पनि त्यहाँ टहरो बनाएर जग्गा ओगटेका छन्।’टाकगडामा वास्तविक बाढी र पहिरोबाट पीडित भएकाहरूको १५ घरभन्दा बढी नभएको बताउँदै उनले भने, ‘टाकगडामा वास्तविक पहिरो र बाढीपीडितहरू भनेका १५ परिवारभन्दा बढी छैनन्। तर, त्यहाँ गैरबाढी र पहिरोपीडितहरूले टहरा बनाउँदै ५ देखि १० कठ्ठासम्म जमिन ओगटेर बसेका छन्।’टाकगडामा वास्तविक बाढी र पहिरोबाट पीडित बनेका चुरे गाउँपालिका वडा नम्बर ४ स्थित कफट्टे, मसुरीखेत, डोबपानी र गोगनपानीका १५ घर परिवार मात्रै रहेको उनले बताए। टाकगडामा सबैभन्दा बढी बालुवागडाका गैरबाढी र पहिरोपीडितहरूले जंगल फँडानी गर्दै टहरा बनाएका छन्। बालुवागडाका ९० प्रतिशतभन्दा बढी स्थानीयले जमिन पाउने आशामा टाकगडामा जंगल फँडानी गर्दै टहरा बनाएको उनले बताए। ‘टाकगडामा सबैभन्दा बढी बालुवागडाका नक्कली बाढी र पहिरोपीडितले टहरा बनाएका छन्। त्यस्तै बाँजी, हलौडे, सैन, साँगडे, पट्रेनी, बर्सनि जिमिट्टे, रांगेमारे, सल्लेखोला, नौघरे, न्यौलाड र घरगाँजराका नक्कली बाढी र पहिरोपीडितहरूले जंगल फँडानी गरेर टहरा बनाउनुका साथै जमिन जोतेर कृषि कार्य गर्न थालेका छन्। टाकगडामा रहेका वास्तविक बाढी र पहिरोपीडितहरू पनि नक्कली बाढी पहिरोपीडितको चेपुवामा परेको गुनासो गर्छन्। नाम उल्लेख नगर्ने सर्तमा पहिरोका कारण घरबारविहीन भई टाकगडामा बस्दै आएका एक पीडितले भने, ‘हामी वास्तविक बाढी र पहिरोबाट पीडित बनेकाहरू थोरै छौं, तर यहाँ हाम्रै नाममा तराईमा पक्की घर भएकाहरूले समेत जग्गा ओगटेर बसेका छन्। जसका कारण हामीलाई पनि समस्या भएको छ।’गैर बाढी पहिरोपीडित आएर जथाभावी बोटविरुवा तथा रुखहरू काटेर बस्ती बस्न थालेपछि वास्तविक बाढी र पहिरोपीडितलाई समस्या हुने र नक्कली बाढी पहिरोपीडितकै घानमा सरकारले मिसाउँदा आफूहरूले दुःख पाउने उनीहरू बताउँछन्।  

राजनीतिक संरक्षणका आडमा टाकगडामा दिनदिनै नक्कली बाढी र पहिरो पीडितले टहरा निर्माण गर्दै जंगल फँडानी गरेर जमिन बनाउने गरेका वास्तविक बाढी तथा पहिरो पीडितको आरोप छ। चुरे गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछानेमगरले पनि टाकगडामा बाढी र पहिरो पीडितका नाममा अतिक्रमण गरेर बसेकाहरूलाई छानविन गरी वास्तविक पीडितलाई सरकारले व्यवस्थापन गर्नुपर्ने बताए। टाकगडामा बाढी र पहिरो पीडितको नाममा बसेकाहरूले केही बोटविरुवा काटेको स्विकार्दै वडाध्यक्ष लामिछानेमगरले भने, ‘पीडितका नाममा टाकगडामा ठूला सालका रुखबाहेक बुट्यान र कुकाठहरू काटिएका छन्। त्यो गर्न हुँदैनथ्यो।’आफूहरूले पनि टाकगडामा बसेकाहरूलाई रुख बोटविरुवा नकाट्न बताउँदै आएको उनले बताए। ‘हामीले पनि उनीहरूलाई रुख बोटविरुवा नकाट्न भनेका छौं, तर केहीले बोटविरुवा काटेका छन्।’  

दैवी प्रकोपका नाममा सबैभन्दा बढी वन क्षेत्र नै अतिक्रमणको चपेटामा पर्ने गरेको पूर्व वन अधिकृत तथा वन तथा वातावरणविज्ञ रमेश चन्द ठकुरीले बताए। उनले भने,‘मेरो अनुभवमा पनि दैवी प्रकोपले देश थलिएको बेला वन माफियाहरू बढी सक्रिय हुन्छन्।’यो बेला राज्य संयन्त्रको ध्यान अन्यत्रै हुने भएकाले यस्तो मौका छोप्दै माफियाहरूले अतिक्रमण गर्ने गरेको उनले बताए। चुरे क्षेत्र अतिक्रमणका विषयमा बोल्दै उनले भने, ‘चुरे क्षेत्र त झन् चलाउनै हुँदैन। तर पनि जुनरूपमा चुरेमा जंगल फँडानी गरेर बस्ती बसाइएको छ। त्यो सरासर गलत हो।’  

सबैभन्दा कान्छो पहाडको रूपमा रहेको चुरेलाई बचाउनुका साटो बाढी र पहिरोका नाममा अतिक्रमण गर्नु सरासर गलत भएको बताउँदै प्रदेश वन निर्देशनालय धनगढीका प्रमुख कृष्णदत्त भट्टले भने, ‘चुरे गाउँपालिकाको टाकगडा, त्यो पनि भावर सकिने वित्तिकै आउने चुरेमै बाढी र पहिरोपीडितका नाममा गरिएको अतिक्रमण र जंगल फँडानी रोक्न तथा त्यहाँको बस्ती हटाउनका लागि आफू मातहतका डिभिजन वन कार्यालय तथा सबडिभिजन वन कार्यालयलाई तुरुन्तै निर्देशन दिन्छु।’उनले त्यहाँको अतिक्रमित बस्तीलाई खाली गराउन निर्देशन दिँदै कर्मचारीलाई तुरुन्तै खटाउने बताए।  

राज्यले वन अतिक्रमण रोक्न ठूलो रकम खर्च गरिरहेको भए पनि तथ्यांकअनुसार बर्सेनि वन क्षेत्र फँडानी र अतिक्रमण घट्नुको साटो बढ्दै गइरहेको देखिन्छ। डिभिजन कार्यालय कैलालीले तयार गरेको वन क्षेत्र अतिक्रमणको अध्ययन प्रतिवेदनले पनि अत्तरियापछि सबैभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा चुरे क्षेत्र परेको देखाएको छ। सन् १९९० र २०२० को तुलनात्मक विश्लेषण गर्दा साविकको सहजपुरमा १६६७ दशमलव ६१, निगाली ८०३ दशमलव ७१, खैराला ४६३५ दशमलव २० हेक्टर वन क्षेत्र अतिक्रमण भएको देखिन्छ। यी तीनैवटा तत्कालीन गाविस मिलेर अहिले चुरे गाउँपालिका बनेको छ।  
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस