काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर
२१ चैत्र २०७९
•
३ मिनेट पाठ
काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर
महाभारत पर्वत शृखंला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडाैं लगियो। ‘सुत्केरी ब्यथा’ लागेपछि शनिवार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्केरी गराउन समस्या भएपछि काठमाडौँ लगिएको हो। 




मोक्तानलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत निःशुल्क हेलिकप्टरबाट काठमाडौँ थापाथलीस्थित प्रसूति गृहमा लगिएको हो। 

जिल्लाको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि विशेषगरी सुत्केरी ब्यथा लागेकाको स्वास्थ्य जोखिममा हेलिकोप्टरको ब्यवस्थापन गरी सदरमुकाम तथा काठमाडौँका अस्पताल लैजाने गर्दै आइएको छ। सदरमुकामबाट टाढा अवस्थित तथा कच्ची सडकका कारण तत्कालै उपचार गर्नुपर्ने स्वास्थ्य समस्यामा हेलिकोप्टरकै साहारा लिनुपर्ने बाध्यता छ। 
कार्यक्रम लागू भएपछि हालसम्म महाभारतको मात्रै आठ जना सुत्केरी ब्यथा लागेकाको हेलिकोप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। ‘लामो कच्ची सडकमा सुत्केरी ब्यथा लागेका महिलाको स्वास्थ्य जोखिममा पर्ने भएकाले डाँडापारिका नागरिकले हेलिकोप्टरकै भर पर्नुपर्ने हुन्छ, यहाँका सडक स्तरोन्नति गर्दै छौँ अब अन्य बिरामीलाई पनि केही सहज होला कि !’, उनले भने। 

अध्यक्ष जिम्बाले निःशुल्क हवाई उद्धार निर्देशिका–२०७७ अनुसार सुत्केरी ब्यथा लागेकाको लागि सेवा प्रदान गर्दै आएको बताए। महाभारतका नागरिकलाई उपचार गर्न सदरमुकामका अस्पताल आउनुपर्दा वर्षा याममा झन् कठिन हुने गरेको बताइन्छ। 

यसअघि गत साउन अन्तिम साता डाँडापारिस्थित खानीखोला गाउँपालिका–४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्बालाई उपचारका लागि हेलिकोप्टरमार्फत धुलिखेल अस्पताल ल्याइएको थियो। टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उनलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकोप्टर ‘चार्टर’ गर्नुपर्ने बाध्यता थियो। त्यतिबेला उनका आफन्तले ७० हजार रुपैयाँ भाडा तिरेर धुलिखेल लगेका थिए। 
“गम्भीर प्रकृतिको बिरामी पर्दा वर्षा याममा हेलिकोप्टरको विकल्प छैन”, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भने। गत साल नै तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका–६ की १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकोप्टर गाउँ पुर्‍याइयो। तर हेलिकोप्टर रित्तै फर्कनु  पर्‍याे। विडम्बना हेलिकोप्टर गाउँ पुग्दै गर्दा उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भइसकेको थियो। 

उनको थप उपचारका लागि काठमाडाँै लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे तर, उहाँको निधन भइसकेको थियो। डाँडापारिस्थित टाढाको विकट क्षेत्रमा महँगो भए पनि सडक अवरुद्ध हुँदा हेलिकोप्टर निकै सजिलो साधन मानिन्छ। वर्षा याममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अवरुद्ध हुँदा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका दुई गाउँपालिकाका नागरिकले बिरामी पर्दा हेलिकोप्टरको भर पर्नुपर्ने हुन्छ। गर्भवतीबाहेक अन्य बिरामीले हेलिकोप्टरको भाडा तिर्न नसक्ने भएकाले उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ। 
राष्ट्रपति महिला उत्थान कार्यक्रम सुत्केरीको ब्यथाले स्वास्थ्य जोखिममा पर्ने महिलाका लागि वरदान साबित भएको छ। तर भौगोलिक विकटता तथा वर्षा मौसममा कच्ची सडक अवरुद्ध हुँदा काभ्रेपलान्चोकको डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको स्थानीय बताउँछन्। हेलिकोप्टरबाट बिरामी÷गर्भवतीको उपचारार्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हेलिकोप्टर अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडाँैका अस्पताल नै लैजानुपर्ने बाध्यता पनि छ। रासस
अर्को समाचार
जाजरकोट भूकम्प:पुनर्निर्माणमा ६८ अर्ब लाग्ने
२४ कार्तिक २०८०
•
४ मिनेट पाठ
जाजरकोट भूकम्प:पुनर्निर्माणमा ६८ अर्ब लाग्ने
जाजरकोटको बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर एक सय ५३ जनाको ज्यान जानेगरी गएको भूकम्पबाट करिब ६८ अर्ब रुपैयाँको आर्थिक क्षति भएको छ। भूकम्पले क्षति भएका निजी घर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन निर्माण गर्न ठूलो धनराशि खर्च हुने भएको छ ।




गृह मन्त्रालयका अनुसार भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, दाङ, प्युठानलगायतका जिल्लामा भत्किएका निजी घर, विद्यालय, सरकारी भवन पुनःनिर्माण गर्न ६७ अर्ब ६२ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । योबाहेक चौपाया, कृषिलगायतका अन्य पूर्वाधारमा पनि ४०÷५० करोड रुपैयाँको. क्षति भएको अनुमान छ । यसरी हेर्दा मानवीयबाहेक भौतिक पूर्वाधार, खाद्यान्न, चौपायालगायत गरी करिब ६८ अर्ब रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान छ ।

भूकम्पले क्षति भएका निजी घर, विद्यालय, सरकारी भवन, स्वास्थ्य चौकी, सांस्कृतिक सम्पदा पुनःनिर्माणमा करिब ६७ अर्ब ६२ करोड २७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका इन्जिनियर सुशीलकुमार श्रेष्ठले बताए । ‘प्रारम्भिक क्षतिका आधारमा पुनःनिर्माणमा लाग्ने खर्च तयार गरेका हौं,’ उनले भने ।

गृह मन्त्रालयका अनुसार भूकम्पबाट २६ हजार ५ सय २८ निजी घरमा पूर्ण र ३५ हजार ३ सय ९५ घरमा आंशिक क्षति पुगेको छ । पूर्ण रुपमा क्षति भएका प्रत्येक घर निर्माण गर्न ५ लाख, आंशिक क्षति भएका प्रत्येक घर पुनःनिर्माण गर्न १ लाख, विद्यालय भवन निर्माणमा १ करोड, भत्किएका स्वास्थ्य संस्था निर्माणमा ३ करोड र अन्य सरकारी भवन निर्माणमा १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । भूकम्पबाट सबैभन्दा धेरै क्षति जाजरकोट र रुकुम पश्चिममा पुगेको छ । मन्त्रालयका अनुसार जाजरकोटमा ९ हजार ७ सय ९४ घरमा पूर्ण क्षति र २४ हजार ७ सय ७ घरमा आंशिक क्षति भएको छ ।

त्यस्तै रुकुम पश्चिममा १६ हजार ५ सय ७० घरमा पूर्ण क्षति र ९ हजार ९ सय ६१ घरमा आंशिक क्षति पुगेको छ । रुकुम पूर्वमा भने १ सय ८२ घरमा आंशिक क्षति भएको छ । त्यस्तै सल्यानमा १ सय २९ घरमा पूर्ण क्षति र ४ सय १८ घरमा आंशिक क्षति, रोल्पामा २५ घरमा पूर्ण क्षति र ८७ घरमा आंशिक क्षति भएको छ । प्युठानमा ३१, दाङमा ७, जुम्लामा ५ घरमा आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार करिब चार सय विद्यालयका भवनमा क्षति पुगेको छ ।

तत्काल अस्थायी संरचना तयार पार्न र पछि दीर्घकालीन संरचना बनाउन सघाउने सरकारी योजना छ । पूर्ण रूपमा घर क्षति भएकालाई तत्काल अस्थायी आवास बनाउन प्रतिधुरी ५० हजार रूपैयाँ दिने तयारी भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । ‘तत्कालका लागि अस्थायी आवास बनाउने बजेटमा छलफल भइरहेको छ,’ उनले भने, ‘पुनःनिर्माणका लागि ठूलो रकम खर्च हुने भएकाले दाताकाबारेमा अर्थ मन्त्रालयसँग पनि छलफल भइरहेको छ ।’

उनका अनुसार भत्किएका घर निर्माण गर्न समय लाग्ने भएकाले तत्काल बस्नका लागि अस्थायी आवास बनाउन सघाउने योनजा छ । पीडितहरू अहिले त्रिपालमा बसेका छन् । भवन भत्किएका विद्यालयमा पनि अस्थायी संरचना तयार गरेर पठनपाठन सुरु गर्ने उनले बताए ।

निर्माण र पुनःनिर्माणमा ठूलो बजेट लाग्ने भएकाले सरकारले दाताको खोजी गरेको छ । सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको छ । त्यसमा पुँजीगतर्फको खर्च ३ खर्ब २ अर्ब रूपैयाँ छ । पुँजीगत खर्चको बजेट निश्चित आयोजनाका लागि तोकिएकाले सरकारले केही बजेट रकमान्तर गरे पनि स्रोतको अपुग हुने भएकाले दाताको खोजी गर्नुपर्छ ।

सरकारले शव आफन्तलाई बुझाउने, घाइतेको प्रारम्भिक उपचारको व्यवस्था मिलाउने काम सकेर राहत वितरण गरिरहेको जनाएको छ । सरकारसहित विभिन्न निकायले पीडितलाई स्थलगत रूपमा राहत वितरण गरिरहेका छन् । सरकारले मृतकका परिवारलाई तत्कालका लागि राहात रकम पनि दिने भएको छ । मृतक परिवारलाई दुईदुई लाख रूपैयाँ दिइने पोखरेलले बताए । 

एकाघरका एकभन्दा बढी मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाख रूपैयाँका दरले राहत दिने व्यवस्था मिलाइएको उनले बताए । भूकम्प प्रभावित ५ जनासम्मको परिवारलाई १५ हजार र त्यसभन्दा बढी सदस्य भएको परिवारलाई २० हजार रूपैयाँ तत्काल नगद दिने व्यवस्था सरकारले मिलाएको प्राधिकरणले जनाएको छ । पूर्ण रूपमा क्षतिको विवरण लिन र पुनःनिर्माण गर्न प्रादेशिक योजना आयोग, राष्ट्रिय योजना आयोग र स्थानीय तहसँग समन्वयन गर्ने पोखरेलले बताए ।

सरकारले तत्कालका लागि राहात वितरण गरेको बताउँदै आए पनि पीडितले भने नपाएको गुनासो गरेका छन् । भूकम्प प्रभावित क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायका व्यक्तिहरू पुगे पनि राहत वितरण व्यवस्थित हुन सकेको छैन । सरकारसँग दैवी प्रकोप र प्राकृतिक विपत्मा खर्च गर्न पर्याप्त रकम भए पनि भूकम्पपीडितले सहयोग पाउन नसक्नु दुखद हो । सरकारी कोषमा करिब पाँच अर्ब रूपैयाँ छ । 

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा तीन अर्ब दुई करोड र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत विपत् व्यवस्थापन कोषमा पौने दुई अर्ब रूपैयाँ छ । सरकारी अधिकारीले भने कार्यविधि बनाएर आवश्यकता अनुसार वितरण गर्ने बताएका छन् ।  
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस