अझै भरिएन पिलीको घाउ
२१ चैत्र २०७९
•
८ मिनेट पाठ
अझै भरिएन पिलीको घाउ
तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणको अन्तिम निसाना बनेको कालिकोटको पिलीको सुक्खा डाँडो यतिखेर उराठलाग्दो बनेको छ। माओवादी आक्रमणका कारण ध्वस्तप्रायः पिली डाँडोलाई हरियाली बनाउन स्थानीयले तीन वर्षअघि रोपेका लेप्टिस, बकाइनो, खयर, सल्लो, सिसौलगायतका ५ हजारभन्दा बढी बिरुवा गत माघ पहिलो साता लागेको आगोले जलेपछि स्थानीय दुःखी छन्।




तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धले थलिएको पिलीको उजाड डाँडो हरियाली बनाउन दुःख गरी रोपेका बिरुवा अहिले आगोबाट जोगाउन नसकेकोमा खाँडाचक्र–७ पिलीका निवर्तमान वडाध्यक्ष रजबहादुर मल्लको मन कुँडिएको छ। ‘गाग्रीमा पानी बोकेर जगाएर हुर्काएका सबै रूख आगोले खाइदियो,’ उनले भने, ‘वन डढेको सबैले देखे तर मन डढेको कसैले देखेनन्।’

पिलीलाई सरकारले युद्ध पर्यटकीय क्षेत्र घोषणा गरे पनि त्यसअनुसार काम हुन नसकेकोमा उनको चित्त दुखेको छ। उनका अनुसार सरकारले पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको करिब एक दशक भएको छ। उनले भने, ‘तर काम जहाँको तहीँ छ। हालसम्म युद्ध पर्यटकीय क्षेत्र पिलीको नाममा ३ करोड खर्च भए पनि देखिने उपलब्धि छैन। बनेका संरचना पनि जीर्ण हुँदै गएका छन्। कोप डाँडामा बनाएको चार कोठे प्रशासनिक भवन गत असोजको वर्षाले क्षतिग्रस्त छ। शौचालय प्रयोग नहुँदै जीर्ण बनेको छ।’

कुनै बेला प्रहरी र सेना देख्नेबित्तिकै पिलीवासी कोही घरभित्र लुक्थे त कोही जंगलतिर कुद्थे। माओवादीले पनि जबर्जस्ती कसैलाई भूमिगत हुन कर गर्ने र कसैलाई श्रममा खटाउने त्रासमा सर्वसाधारण पिरोलिन्थे। माओवादी सशस्त्र युद्धको अन्तिम फौजी हमलाको सिकार भएको थियो पिली। विद्रोही माओवादीको फौजी हमलाका कारण खरानी भएको पिलीको समृद्धिका लागि भइरहेका प्रयासले सार्थकता पाउन नसकेको स्थानीयको गुनासो छ।  

‘हाम्मा (हाम्रा) दुःख त उस्ताई (उस्तै) छन्,’ ५० वर्षीया मिमकोसा मल्लले भनिन्, ‘सुखका दिन आउन्या छन् भन्नाछिया (आउँछन् भन्थे), झुटा रयाछन्।’ उनले व्यवस्था फेरिएर भन्दा पनि सडक पुगेपछि गाउँमा केही सहज भएको सुनाइन्। गाउँमा केही भएन नै भन्ने पक्षमा मल्लकी छिमेकी लक्ष्मीकला कार्की सहमत छैनन्। ‘केही भएन भनौं भने महिला अगुवा विभिन्न काममा लाग्न पाएका छौं,’ हालै गठित मेघमती विद्यालय व्यवस्थापन समितिमा सदस्य चुनिएकी ६३ वर्षीया कार्कीले भनिन्, ‘पहिलेजस्तो त छैन, गाउँमा रोड आयो, खानेपानी आयो, अलिअलि विकास त भयाकै छ।’

कर्णाली राजमार्ग निर्माणका क्रममा २०६१ चैतमा स्थापना गरिएको कर्णाली राजमार्ग सडक निर्माण कार्यदलको शिविरमा तत्कालीन विद्रोही माओवादीले आफ्नो देशभरको शक्ति केन्द्रित गरी २०६२ साउन २३ मा आक्रमण गर्दा नेपाली सेनाले ठुलो संख्यामा मानवीय र भौतिक क्षति बेहोर्नुपरेको थियो। माओवादीको आक्रमणबाट सडक खन्न भर्ना भएका अर्धसैनिकसहित नेपाली सेनाका ७५ जनाले ज्यान गुमाएका थिए। पिली भिडन्तमा माओवादीतर्फ पनि दुई दर्जन बढीले ज्यान गुमाए, कैयौं घाइते भए। भिडन्तको तीन दिनपछि मात्र सरकारी थप फौज पिली पुग्न सकेको थियो। माओवादीको तत्कालीन पश्चिम डिभिजन कमान्डर जनार्दन शर्माको नेतृत्वमा पिलीमा आक्रमण गरेको माओवादीले अत्याधुनिक हातहतियारसहित नेपाली सेनाका ६२ जनालाई नियन्त्रणमा लिएर एक महिनापछि जाजरकोटबाट छाडेको थियो।  

माओवादी आक्रमणपछि त्रस्त यहाँको जनजीवन २०६२÷६३ को जनआन्दोलन र शान्तिसम्झौापछि बल्ल सामान्य बनेको र स्थानीयको दैनिकी फेरिएको स्थानीय पुत्रबहादुर मल्ल बताउँछन्। युद्धले थिलथिलिएको पिलीको विकासका लागि स्थानीयले सरकारसँग हारगुहार गर्दै आएका छन्। ‘यहाँको विकासका लागि हामी लागेका छौं,’ युद्ध पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्षसमेत रहेका मल्लले भने, ‘योजनाअनुसार संग्रहालय, स्मारक बनाउने काम बाँकी छ।’ तत्कालीन दाहा गाविसका उपाध्यक्षसमेत रहेका मल्लले भने, ‘केही भएन भनौं भने बजेट परेकै छ, भयो भनौं भने देखिने केही छैन।’  

१० करोडको डिपिआर, ७ करोडको ठेक्का

खाडाचक्र नगरपालिका बनेपछि पिलीको विकासमा डिपिआरसहितको योजना बनेको छ। पिली पर्यटकीय युद्ध संग्रहालयका लागि १० करोड ८१ लाखको डिपिआर बनेर संघीय बजेटबाट कार्यान्वयनमा गएको नगर प्रमुख कमलबहादुर शाहीले बताए। युद्ध पर्यटकीय क्षेत्र पूर्वाधार निर्माणका लागि गत आर्थिक वर्षको अन्त्यमा डिभिजन वन कार्यालय कालीकोटले टेन्डर आह्वान गरेको थियो। काठमाडौंको कुशेश्वर कन्स्ट्रक्सन प्रालिले ६ करोड ८९ लाख ९९ हजार ७ सय ९९ रूपैया ९७ पैसामा पाँच वर्षभित्र काम सक्नेगरी सम्झौता गरेको छ।  

‘सम्झौता गत असारमै भएको हो। डिभिजन वन प्रमुख रमेशकुमार गिरीले भने, ‘काम सुरु भएको छैन, छिट्टै सुरु हुन्छ।’ युद्ध पर्यटकीय क्षेत्र पिलीको पूर्वाधार निर्माणका लागि साइट छनोट भए छिट्टै काम सुरु थाल्ने तयारी भएको इन्जिनियर प्रकाश सेजुवालले बताए। गत असारमा सझौता भए पनि वर्षा, दसंैतिहार, असोजमा भएको बेमौसमी वर्षा, चुनावलगायत कारण देखाउँदै ठेकेदारले हालसम्म काम सुरु नगरेको इन्जिनियर सेजुवालले बताए।

सम्झौताअनुसार पिलीमा युद्ध संग्रहालय, बारसहितको करिब १९ सय मिटर पैदल मार्ग, पौडी पोखरी, पार्किङ स्थल, प्रवेशद्वार, भ्युटावर, दुईवटा चौतारो, दुईवटा शौचालय, मारिएका माओवादी लडाकु र नेपाली सैनिकहरूका सालिक, स्मारक, युद्धमा प्रयोग गरेका हतियारका नमुना निर्माण हुने इन्जिनियर सेजुवालले बताए।

पिलीमा युद्ध संग्रहालय बनेपछि देशकै नमुना युद्ध पर्यटकीय गन्तव्य तयार हुने माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले बताए। पिलीको विकास र संरक्षणका लागि आफूले पहल गरिरहेको बताउँदै उनले पिली पर्यटकीय गन्तव्य बन्ने दाबी गरे। उनका अनुसार पिली हुँदै जुम्ला र मगुको रारा पुग्ने कर्णाली राजमार्ग, पिली पाखा सडकले पनि पिलीको समृद्धि र विकासमा योगदान पु¥याउने अवस्था छ।  

फेरिँदै दिनचर्या र स्वरूप

माओवादी आक्रमणको आक्रमणको निशाना बनेको पिली र आसपास गाउँका बासिन्दाको दिनचर्या परिवर्तन भएको छ। कमाइका लागि भारत धाउने युवा अहलिे गाउँमै विभिन्न पेसा अपनाएर आत्मनिर्भर बन्न थालेका छन्। घरघरमा शौचालय निर्माण गरेर समुदायको अगुवाइमा गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषित गरिएको छ। गेला गाविस जोड्ने गाउँको पुछारमा बग्ने तिला नदीमाथि झोलुंगे पुल निर्माण भएको छ। घरघरमा सौर्य बत्ती राखिएको छ। घरघरमा पानीका धारा छन्। ‘पहिला पानी लिन घन्टौं समय लाग्थ्यो,’ स्थानीय मानकौरा मल्ले भनिन्, ‘अचेल त घरघरै धारा छन्।’ कर्णाली राजमार्ग निर्माणसँगै यहाँको जनजीवन समृद्धितर्फ उन्मुख भएको छ।  

कर्णाली राजमार्ग निर्माणसँगै पिली बजार बनेपछि यहाँको कालिका प्रावि माविमा स्तरोन्नति भएको छ। निमावि र मावि तहको अध्ययन गर्न दैनिक चार घन्टा पैदल हिँडेर गेला र घोडेना पुग्नुपर्ने बाध्यता हटेको छ। ‘गाउँमै मावि तहको पढाइ हुन थालेपछि निकै सजिलो भयो,’ कक्षा १० मा अध्ययनरत नन्दा विश्वकर्मा भन्छिन्, ‘गेला र घोडेना पढ्न जाँदाआउँदा बिहान दुई घन्टा र बेलुकी दुई घन्टा लाग्थ्यो। हिँड्दाहिँड्दै थाकिन्थ्यो, स्कुलमा पढेको पनि बुझिँदैनथ्यो। अहिले गाउँमै पढ्न पाएपछि सुबिस्ता भएको छ।’ पहिला गाउँमा मावि नहँुदा प्रावि तहबाट माथि अध्ययन गर्न छात्रालाई निकै समस्या हुने गरेको उनले बताइन्। ‘पहिले गाउँभरि मावि तह पढ्ने छात्रा चार÷पाँचजना मात्र हुन्थे,’ उनले भनिन्, ‘अहिले त एउटै गाउँका ४१ छात्रा मावि तहमा पढ्दैछन्।’

त्यस्तै पहिला कक्षा ३ सम्म पठनपाठन हुने मेघमती प्राविमा अहिले कक्षा ५ सम्मको पढाइ हुन थालेको छ। गाउँका दुवै विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गरिएको छ। गाउँका सबै बालबालिकालाई विद्यालय भर्ना गरेर शतप्रतिशत आधारभूत शिक्षा सुनिश्चित वडा बनाइएको वडाध्यक्ष दिपक कार्कीले बताए। पिलीमा माओवादी आक्रमणपछि त्रासमा रहेका स्थानीयले लोकतन्त्र आएपछि मात्र शान्तिको सास फेर्न पाएको स्थानीय अगुवा पंखबहादुर मल्ल बताउँछन्। उनले भने, ‘लोकतन्त्र स्थापना र कर्णाली राजमार्ग निर्माणले गाउँको मुहार फेरिँदैछ। सशस्त्र द्वन्द्वका बेला विस्थापित बन्न बाध्य बनाइएकाहरू पनि अचेल गाउँ फर्किएर विभिन्न व्यवसायमा सक्रिय रहेको युवा उद्यमी रमित मल्लले बताए।  

सेरा र पिली दुई गाउँलाई बीचमा पारेको कर्णाली राजमार्गले यहाँको विकासमा सहयोग पुगेको अर्का स्थानीय बलबहादुर कार्कीको अनुभव छ। ‘वरिपरि भिरैभिर भएको पिलीलाई बाँदर बस्ने गाउँ भनेर हेला गर्थे,’ कार्की भन्छन्, ‘अहिले अवस्था फेरियो, हेला गर्ने गाउँका मान्छे यहीं बस्न आएका छन्।’ पिलीमा मल्ल, कार्की, विश्वकर्माका करिब २५० घरधुरी छन्। यहाँको जनसंख्या १ हजार ४०० छ। पिली गाउँ २०४८ सालसम्म पाखा गाविसमा पथ्र्यो। त्यसपछि संघीय संरचना नहुँदासम्म पिली दाहा गाविसमा रहेको थियो। अहिले पिली खाडाचक्र नगरपािलकाको ७ नम्बर वडामा पर्छ।  

विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाको सहयोगमा पिलीका बासिन्दाले व्यावसायिक रूपमा तरकारी तथा फलफूल खेती, बाख्रापालन सुरु गरेको पद्मा मल्लले बताइन्। सडक नहुँदासम्म बिक्री नहुने यहाँको केरा र सुन्तलाले अहिले बजार पाएको छ। चार दशकअघि भारतमा ज्याला मजदुरीमा जाँदा देखेका गाडी अहिले आफ्नै गाउँमा गुडेको देख्दा सपनाजस्तै लागेको नयाँबहादुर कार्कीले बताए। सुर्खेतबाट जुम्ला जान पिली हुँदै गाडी आउँदा सपनाजस्तै लागेको उनले सुनाए। अतीत कोट्याउँदै कार्कीले भने, ‘भारी बोक्नुपर्ने बाध्यता अन्त्य भयो।’

बाटोका लागि कालिकोटको पहरो फोर्न सहयोग गर्ने नेपाली सेनालाई धन्यवाद दिँदै कार्कीले आफ्नो सरकार आएपछि यो गर्छौं र त्यो गर्छौंै भनेर जनता झुक्याएको भन्दै माओवादीप्रति गुनासो पोखे। ‘धनीको सम्पत्ति गरिबलाई बाँड्छांै भनेर ठुलै कुरा गर्थे,’ उनले भने, ‘खै त धनी झन् धनी भए, गरिब जहाँको तहीं छन्।’ माओवादी नेतृत्वमा पटकपटक सरकार बने पनि यहाँका द्वन्द्वपीडितले पर्याप्त राहत र सहयोग नपाएको गुनासो गरेका छन्। माओवादीबाट हत्या गरिएका परिवारका सदस्यले सरकारले द्वन्द्वपीडितलाई दिने राहतमासमेत भेदभाव गरेको गुनासो गर्दै आएका छन्।  
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस