महिला अधिकारकर्मीको शंकास्पद मृत्यु
०३ पौष २०७३
•
५ मिनेट पाठ
महिला अधिकारकर्मीको शंकास्पद मृत्यु
टीकापुर–लम्की चुहा नगरपालिकाकी अधिकारकर्मी सरस्वती बसुटेल, ४२ को रहस्यमय ढंगले मृत्यु भएको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अघिल्लो दिन मंसिर २४ गते उनको मृत्यु भएको हो।




अभियानकै क्रममा लम्कीमा आयोजित सभालाई सम्बोधन गरेर घर फर्किएकी सरस्वतीले विष सेवन गरेर आत्महत्या गरेको श्रीमान बालाराम बसुटेलले बताए।

तर उनका माइती पक्षले भने श्रीमान र ससुरा कृष्णप्रसाद बसुटेलले हत्या गरेको आरोप लगाएका छन्। माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले बाबुछोरा दुवैलाई हिरासतमा राखेको छ।

आइतबार टीकापुरमा माइती पक्षले पत्रकार सम्मेलनको आयोजना गरी हत्या नै गरेको दाबी गरेका छन्। उनका भाइ चक्र तिमिल्सिनाले हत्या नै हो भन्ने थुप्रै आधार रहेको बताए।

‘मोवाइल फुटेको, चुराका टुक्रा यत्रतत्र भेटिएका, घाँटी, टाउको र निधारमा चोट लागेको छ’, उनले भने, ‘यो भन्दा ठूलो आधार उनीहरुले घटनाका बारेमा हामीलाई जानकारी दिएनन्।’

साँझ ७ बजे सरस्वतीले विष सेवन गरेको बताइएको छ। माइती पक्षले तीन घण्टापछि मात्रै अर्कै मान्छेबाट घटनाको जानकारी पाएको बताए। तिमिल्सिनाका अनुसार छरछिमेकीलाई समेत कुनै जानकारी नदिई बाबुछोराले एम्बुलेन्समा राखेर उपचारकालागि नेपालगञ्ज लगेका थिए।

लम्कीस्थित लालरत्न अस्पतालमा उपचार गर्नुको साँटो उनीहरुले नेपालगञ्ज लैजाने क्रममा बर्दियाको भूरिगाउँमा मृत्यु भएको बताउनु नै शंकास्पद रहेको उनले बताए। नजिकै रहेको प्रहरीलाई समेत माइती पक्षले फोन मार्फत घटनाका बारेमा जानकारी दिएको उनले बताए।

उनले सरस्वतीको मृत शरीरलाई नुहाइधुवाई गरिएको र सबै गरगहना निकालिएको बताए। ‘श्रीमतीले विष सेवन गरिन भने उपचार गर्छन् कि नुहाइधुवाइ गरेर शरीरमा भएको गरगहना निकाल्छन’, उनले भने।

घटना भएको समयमा आफू रोजगारीका क्रममा युएइमा रहेको बताउँदै उनले धेरै पटक फोन सम्पर्क गर्दा पनि बाबुछोराले रिसिभ नगरेको बताए।

सरस्वतीको २८ वर्षअघि बालारामसँग बिहे भएको थियो । उनीहरु निसन्तान छन्। यसअघि पनि सन्तान नभएको भन्दै शारीरिक र मानसिक यातना दिने गरेको माइती पक्षको आरोप छ।

१० वर्षदेखि कान्छा छोराको घरमा बस्दै आएका ससुरा सोही दिन सरस्वतीको घरमा रहेको अनुसन्धानका क्रममा देखिएको बताइएको छ। उनीहरुसँगै बस्दै आएकी देवरकी ८ वर्षीया छोरी केही दिनदेखि राति सुत्न आफ्नै आमाबुबा कहाँ जान थालेकी बताइन्छ ।

उनीमाथि पटक पटक हिँसा भएको माइती पक्षको भनाइ छ। तर ती हिंसाका घटनालाई स्थानीय स्तरमै मिलापत्र गरेर टुङ्ग्याइने गरेको उनीहरु बताउँछन । घरभित्रै पाएको हिंसा सहन नसकेर उनी महिला अधिकारका क्षेत्रमा होमिएकी थिइन्। उनी विभिन्न संघसंस्थामा रहेर अधिकारका क्षेत्रमा क्रियाशील थिइन्।

यसवर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नेतृत्वसमेत उनैले गरेकी थिइन । उनी नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघ लम्की चुहा नगरको सभापति समेत हुन्। उनी यसअघि नगर स्तरीय अन्तर पार्टी महिला सन्जालको अध्यक्ष समेत भैसकेकी थिइन्।

उनको मृत्यु शंकास्पद भन्दै दुई दर्जन बढी संघसंस्थामा आवद्ध महिलाहरुले सत्यतथ्य छानविनको माग गरेका छन् । महिलाहरुले विज्ञप्ति जारी गर्दै हिंसा विरुद्धको आन्दोलनमा उनले पुर्याएको योगदानको प्रशंसा गरेका छन्।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस