भक्तपुरको प्रसिद्ध विस्का जात्रालाई व्यवस्थित रुपमा सम्पन्न गर्न कामको बाँडफाँड गरिएको छ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार नगरपालिकामा बसेको बैठकमा जिम्मेवारी बाँडफाँड गरिएको हो।
जस अनुसार जात्रा शान्तिपूर्ण र भव्यताका साथ सम्पन्न गर्न जात्रा संचालन हुने सम्पूर्ण क्षेत्रहरुको सर-सफाई र आवश्यक व्यवस्थापन तथा प्रचार प्रसारलगायत सरकोकारवालाहरुसगको बैठक राख्ने कार्य भक्तपुर नगरपालिकाले गर्ने निर्णय गर्यो।
बैठकले जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुरलगायत सुरक्षा निकायलाई दिने निर्णय गरेका छ। विस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै सुरु र सम्पन्न गर्न आवश्यक तयारीको जिम्मा गुठी संस्थान भक्तपुरले पाएको छ।
विस्का जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारीको लागि भैल नायोहरु (नाइकेहरु), जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयले गर्नेछन्।
बैठकले विस्का जात्रा संचालन हुने नगरका सम्पूर्ण क्षेत्रहरुमा रहेको तार, केबुल र फाइबर नेटका केबुलहरू व्यवस्थित गर्न सम्बन्धित सेवा प्रदायकहरुलाई जिम्मेवारी दिने र आवश्यक पत्राचार नगरपालिकाले गर्ने निर्णय गरेकाे छ।
प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडि र चार दिन पछाडि गरी भक्तपुरमा आठ रात नौ दिन जात्रा धूमधामका साथ सम्पन्न हुन्छ। यो क्रममा भेलुखेलमा ५५ हात लामो लिंगो उठाउने र ढाल्ने, भैरवनाथको रथ तान्ने, पोटरी स्वायरमा हात नभएको लिंगो उठाउने र ढाल्ने लगायतका विशेष जात्राहरु हुन्छन्। यी जात्राहरुमा काठमाडौँ उपत्यकासहित उपत्यका नजिकका विभिन्न जिल्लाका दसौँ हजार मानिसहरू जात्रा हेर्न पुग्छन्।
बैठकमा नजिकिँदै गरेको जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालाहरू सहभागी थिए। बैठकमा नगर प्रमुख प्रजापतिले २०७९/८० को बिस्का जात्रा निर्धारित समयमा सुरक्षित ढंगले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरुले आ–आफ्नोतर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरे।
भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक बिस्का जात्राको महत्त्वमाथि प्रकाश पार्दै प्रमुख प्रजापतिले जात्राको समय व्यवस्थापनले जात्रालाई शान्तिपूर्ण बनाउन मद्दत पुग्ने बताए।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रजिअ उद्धवप्रसाद रिजालले भक्तपुरको बिस्का जात्रा भक्तपुरको मात्र नभई नेपालकै गौरवको जात्रा भएको बताउँदै जात्रा शान्तिपूर्ण र मर्यादित बनाउन सबै सरोकारवालाहरुले आआफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।
बैठकमा गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले जात्रा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीहरु भइरहेको अवगत गराइन्।
बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, इन्द्रबक्स गणका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
यस वर्षको विस्का जात्राको पूजा भोलि सोमबारदेखि सुरु हुने भएको छ भने औपचारिक रुपमा जात्रा पर्सि मंगलबारदेखि सुरु हुने भएको छ।
गुठी संस्थान शाखा कार्यालय भक्तपुर विस्का ९विस्केट० जात्रा सम्बन्धी कार्य तालिका अनुसार भोलि सोमबार पूजा सामाग्री सुकुन्दा र बाजागाजासमेत लिई भक्तपुर सल्लाघारी च्वंगा गणेशस्थान जाने र त्यहाँबाट खड्ग ल्याई गुठी कार्यालय सूर्य विनायक भक्तपुर भित्राइने छ।
यसका लागि खड्ग वाक्ने एक जना, छाता ओढाउने व्यक्ति एक जना, सुकुन्दा बोक्ने व्यक्ति एक जना र पूजा सामान वाक्ने आवश्यक कर्मचारी र बाजा बजाउने कुस्लेहरु सहभागी हुने छन्।
जात्राका औपचारिक सुरुवात भने मंगलबार चैत २७ गते भैरबनाथको रथ तानेर सुरु हुने छ। यस दिन बिहान ५ बजे भैरबनाथको नित्य पूजा गर्ने, ६ बजेदेखि आठ बजेसम्म भैरबनाथको पूजा गर्ने लगायतका निरन्तरको पूजापछि साँझ तीन बजेबाट भैरबनाथको रथ तान्ने सुरु भएर जात्रा सुरु हुनेछ। रथ तानेर साँझ ५ बजेभित्र रथलाई त्यस दिनको गन्तव्य स्थल गःहिटीमा पुर्याउने कार्य तालिका सार्वजनिक भएको हो।
प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडि (यो वर्ष चैत २७ गते) भैरबनाथको रथ तानेर भक्तपुरको विस्का जात्रा सुरु हुन्छ। भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिरको अगाडि राखेर काठैकाठले बनाएको तीन तल्ले भैरबनाथको रथलाई डोरीको सहायताले तानेर आठ दिन नौ रातसम्म चल्ने जात्रा सुरु हुने गर्दछ। जात्रा वैशाख ५ गते यही रथ तानेर समापन हुने गर्दछ।
प्यागोडा शैलीमा बनाइरहेको भैरबनाथको रथलाई दुवै साइटमा डोरी राखेर तान्ने गरिन्छ। पहिलो दिनको रथ तान्ने प्रक्रिया द्यो क्व विज्याइजु (देवता तल सवारी हुने) भनेर भनिन्छ। यो दिन भक्तपुर नगरको ठिक बिच भागमा रहेको पाँंचतल्ले मन्दिरमा राखेर बनाइएको रथलाई नगरको तल्लो साइटमा तानेर लाने गरिन्छ। सयौँ युवाको सहभागितामा ६ वटा मोटामोटा डोरीको सहायताले रथलाई तान्ने गरिन्छ। रथलाई तान्ने क्रममा कहीकतै ठक्कर खाएमा फर्काउनु पनि पर्ने हुनसक्ने भएकोले दुवैतिर डोरी राखेर रथलाई तानिन्छ। तर जुन दिन जुनतर्फ लाने हो, त्योतर्फ ६ वटा र अर्कोतिर चार वटा मात्रै डोरी राखेर तान्ने गरिन्छ। नगरभरि हजारौँको सहभागितामा हुने यो जात्रा विस्का जात्राको मुख्य आकर्षण पनि हो।
गुठी संस्थान शाखा कार्यालय भक्तपुरकी प्रमुख खिमा ओलीले जात्रालाई व्यवस्थित र सभ्य रुपमा सम्पन्न गर्न दिउँसै रथ तानेर विसर्जन गर्ने योजना बनाएको बताइन्। त्यस कारण रथलाई रात नपर्दै सकाउने योजना बनाएको उनले बताइन्।
भैरबनाथको रथ तानेर सुरु हुने चैत २७ गतेबाट सुरु हुने यो जात्रा बैशाख ५ गते यही भैरबनाथको रथ तानेर समापन हुन्छ। यो बिचमा वर्षको अन्तिम दिन ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उठाउनु र बैशाख १ गते ढाल्नु जात्राको अर्को मुख्य आकर्षण हो।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...