अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण
०७ चैत्र २०७९
•
२ मिनेट पाठ
अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण
विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन। मोटरबाटोले दूरी बढाउँदै जाँदा यस क्षेत्रका पदमार्गमा हिँड्नेहरु घट्दै गएका छन्। हरियाली जङ्गलबीच चराचुरुङ्गीको चिरबिरसँगै गोरेटो बाटो पछ्याउँदै गरिने पदयात्राको रोमाञ्चकता अचेल कम हुँदै जान थालेको छ। पिढ्यूँमा झोला बोकी लौरीको साहरामा उकालो(ओरालो गर्नेहरुको सङ्ख्या पनि पातलिँदै जान थालेको हो।




अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने प्रायः सबै भित्री गाउँमा सडक सञ्जाल पुगिसकेको छ। जसले सवारी साधनको सङ्ख्या र मानिसको कोलाहल बढाएको छ। पदमार्ग मासेर बिस्तार गरिएका सडक सञ्जालले पदमार्गमा हिँड्नेहरु यतिबेला मास्क लगाएर पदयात्रा गर्न बाध्य छन्।

लमजुङबाट मनाङसम्म र म्याग्दीबाट मुक्तिनाथसम्म मोटर बाटो बनेपछि पदमार्गको अस्तित्व सङ्कटमा पर्नुका साथै यस क्षेत्रको सौन्दर्य पनि हराउँदै गएको पर्यटकहरुले गुनासो गर्ने गरेका छन्।

पदयात्रा व्यवसायीको सङ्गठन टानको पश्चिमाञ्चलक पूर्वअध्यक्ष दीपकराज अधिकारीका अनुसार पैदलमार्गका सिँढी डोजरले भत्काएर मोटर बाटो निर्माण हुन थालेपछि अन्नपूर्ण क्षेत्रको पदयात्रा पर्यटन नै सङ्कटमा परेको छ।

उत्तरी म्याग्दीका घोडेपानी, पुनहिल, नागी, खोपा, मुस्ताङको जोमसोम, उपल्लो मुस्ताङ, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक– घोडेपानी लगायतका लामो र छोटोदूरीका पदमार्ग ‘मोटर बाटोले ध्वस्त’ पारिसकेको दानका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनको भनाइ छ। उहाँका अनुसार बनेका बाटोसमेत राम्रा नहुँदा धुलो र ध्वनि प्रदूषणले पदयात्रीको सङ्ख्या दिनानुदिन घटिरहेको छ।

नेपालको पर्यटनको एउटा प्रमुख आकर्षण मानिएको पदमार्गमा जथाभावी बनेका सडकले ती मार्गको आकर्षण तथा गुणस्तर घटाइरहेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। जथाभावी बनेका सडकका कारण पर्यटकले त्यस मार्गमा बिताउने समय घटाउनुका साथै त्यहाँ दोहो¥याएर आउन वा उनीहरूले अन्यलाई सुझाउन समेत कम हुन थालेको दानाका होटल व्यवसायी सुवर्ण केसीको भनाइ छ।

त्यस्ता सडकहरू पहिले रहेका पदमार्गलाई नै आधार मानेर विस्तार गरिएका हुँदा त्यहाँको पर्यटन संरक्षणका लागि तत्काल आसपासमा नयाँ मार्गहरू निर्माण आवश्यक रहेको विगत १६ वर्षदेखि पदयात्रा ‘गाइड’का रूपमा काम गरिराखेका उज्वल ग्याम्दानले भने। सडक सञ्जाल बिस्तारका क्रममा रुख कटान भएपछि पनि समस्या भएको उनको भनाइ छ।

पदमार्ग मिचिएका ठाउँमा वैकल्पिक रूटहरू बनाउने काम समेत नहुँदा विस्तारै त्यस्ता मार्ग नै हराउन थालेका पर्यटक गाइड शोभित गुरुङले बताए। पर्यटन व्यवासायीका अनुसार पदयात्री पर्यटकहरूको बसाई ८० प्रतिशतसम्मले कम भएको छ। पदमार्ग व्यवस्थापनका लागि पर्यटन बोर्ड र टान मिलेर काम गर्नुपर्न व्यवस्था छ।रासस
अर्को समाचार
अन्नपूर्ण क्षेत्रमा वर्षमा झन्डै आठलाख पर्यटक
१२ साउन २०८३
•
३ मिनेट पाठ
अन्नपूर्ण क्षेत्रमा वर्षमा झन्डै आठलाख पर्यटक
अन्नपूर्ण क्षेत्रभित्र पर्ने हिमाली जिल्ला मुस्ताङको पर्यटकीय क्षेत्र। अन्नपूर्ण क्षेत्रमा एकवर्षमा झन्डै आठलाख आन्तरिक पर्यटक पुगेका छन। तस्बिरः नागरिक
एकवर्ष अवधिमा अन्नपूर्ण क्षेत्रमा झन्डै आठलाख आन्तरिक पाहुना घुमघाममा पुगेका छन्। आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण क्षेत्रमा ७ लाख ९१ हजार ७ सय ७३ जना आन्तरिक पर्यटक घुम्न पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।  




पछिल्लो समय अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यमा आन्तरिक पाहुनाको आकर्षण बढिरहँदा आगमन संख्या उकालो लागेको एक्यापले बताएको छ। अन्नपूर्ण क्षेत्रभित्र गएका पाहुनामध्ये सबैभन्दा बढि ४ लाख ९२ हजार ५ सय ३७ जना आन्तरिक पाहुना हिमाली जिल्ला मुस्ताङले मात्र भित्र्याएको छ। आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै सबैभन्दा बढि ५ लाख ८ हजार ४ सय ७६ जना विदेशी पाहुना पनि अन्नपूर्ण क्षेत्रको भ्रमणमा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।

एक्यापका अनुसार उपल्लो मुस्ताङ मात्र घुम्ने पाहुनाको संख्या ५८ हजार ५ सय ४६ रहेको छ। त्यस्तै अर्काे हिमाली जिल्ला मनाङ र कास्कीको सिक्लेसमा ४० हजारका दरले पाहुना उक्लेका छन्। अन्नपूर्ण क्षेत्रकै अर्काे पर्यटकीय गाउँ कास्कीको घान्द्रुकमा ७१ हजार, घोरेपानीमा २७ हजार ५ सय, नर्थ एबिसीमा २० हजार पाहुना पुगेको एक्यापले बताएको छ। नर्थ एबिसी पछिल्लो समय पहिचान कमाएको पदमार्ग हो।

त्यस्तै ल्वाङ गाउँमा २३ हजार र भुजुङ क्षेत्रमा ३६ हजार भन्दा बढि संख्यामा पाहुन पुगेका छन्। अन्नपूर्ण आधारशिविर(एबिसी) मात्र वर्षभरिमा ११ हजार ४ सय ५६ जना आन्तरिक पाहुना पुगेका छन्। ‘योपटक अन्नपूर्ण क्षेत्रले आन्तरिक र बाह्य पर्यटन क्षेत्रमा फड्को नै मारेको छ। आन्तरिक र बाह्य दुवैखाले पर्यटक आगमनमा अन्नपूर्ण क्षेत्रले नयाँ आकार कायम गर्न सकेको छ,’ एक्याप प्रमुख डा.रविन कडरियाले भने, ‘पछिल्लो समय आन्तरिक पाहुनाको आगमन निकै नै बढेको छ।’ 

उनका अनुसार पछिल्लो समय हिमाली जिल्लामा आन्तरिक पाहुनाको भीडभाड पनि बढेको छ। सिजनको बेला त पाहुनालाई बास पाउन पनि मुस्किल हुने गरेको छ। सामान्य अवस्थामा हिमाली क्षेत्रमा दसैैंको बिदामा आन्तरिक पाहुनाको अचाक्ली नै भीड लाग्ने गरेको छ। त्यस्तै फागुन–चैत महिनामा पनि आन्तरिक पाहुनाको भीडभाड हुने गरेको छ। 

‘लामो बिदामा त हिमाली जिल्लाले आन्तरिक पाहुनाको भीडभाड थेग्नै नसक्ने अवस्था छ। ती क्षेत्रका होटलको क्षमताले समेत धान्न नसक्ने अवस्था छ,’ उनले भने, ‘कालिगण्डकी करिडोरको यात्रा सहज बनेपछि हिमाली क्षेत्र मुस्ताङमा आन्तरिक पाहुनाको भीड छ। त्यस्तै मनाङमा पनि बाटोको पहुँच पुगेपछि आन्तरिक पाहुनाको भीड बढेको छ।’ एक्यापका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अन्नपूर्ण क्षेत्रमा ६ लाख हाराहारीमा आन्तरिक पाहुना पुगेका थिए।

‘पछिल्लो वर्ष त अन्नपूर्ण क्षेत्रमा विदेशी पाहुनाको आकारले पनि नयाँ रेकर्ड कायम गरेको छ। त्यस्तै आन्तरिक पाहुनाको आगमन संख्या पनि निकै नै उचालिएको छ,’ उनले भने, ‘प्रकृतिमा रमाउँदै साहसिक गन्तव्यको अनुभव बटुल्नका लागि पाहुनाको भीड अन्नपूर्ण क्षेत्रमा लागेको हो।’  
अन्नपूर्ण क्षेत्रमा यातायातको पहुँच बिस्तारले गर्दा आन्तरिक पाहुनाको आकार बढाउन सघाएको उनको भनाई छ। ‘साना सवारीको समेत पहुँच बढेपछि अहिले निजी सवारीमा पनि पाहुना पुग्न सक्ने भएका छन्। त्यस्तै दुइपांग्रे सवारीमा पनि सहजै जान सक्ने अवस्था छ। त्यसले गर्दा पाहुनाको भीड बढेको हो,’ उनले भने।  

सहरी क्षेत्रमा पाहुना अरुबेला पनि घुम्न जान सक्ने तर, हिमाली भेगमा भने सिजनको बेलामा मात्र जान सक्ने भएकोले पनि पाहुनाको आकर्षण बढि रहेको उनले बताए। मुस्ताङमा पाहुनाको आकार बढि हुनुमा एउटा मुख्य कारण मुक्तिनाथ दर्शन गर्न जाने भएकोले पनि भीडभाड बढेको उनले बताए। त्यस्तै कागबेनीमा श्राद्ध गर्न जाने भएकोले पनि मुस्ताङमा भीड बढि देखिएको एक्यापको भनाई छ। ‘मनाङमा भन्दा मुस्ताङमा पहुँच सहज बनेको छ। बेनी–जोमसोम सडक त निकै नै सहज भएको छ,’ उनले भने।

व्यवासायी पनि पछिल्लो समय आन्तरिक पाहुनाका कारण पर्यटकीय गन्तव्य चलायनमान बन्दै गएको बताउँछन्। छोमरोङ पर्यटन व्यावस्थापन समितिका अध्यक्ष जगन गुरुङले आन्तरिक पाहुनाले गर्दा व्यवासाय सदावहार भएको बताए। ‘पछिल्लो समय त आन्तरिक पाहुनो बाह्रैमास आउन थालेका छन्। सिजन वा अफसिजन होस, आन्तरिक पाहुना आएका छन्। संख्यात्मक रुपमा धेरै र थोरै भएपनि पाहुना खालि हुनुपरेको छैन,’ उनले भने, ‘सबैतिरका गन्तव्यमा आन्तरिक र बाह्य पाहुना पुग्ने गरेका छन्। पाहुनाको आगमनले व्यावसाय चलायमान पनि बनेको छ।’
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस