करोडौं रकम खर्चिएका लिफ्ट खानेपानी योजना अधुरै
०५ चैत्र २०७९
•
२ मिनेट पाठ
करोडौं रकम खर्चिएका लिफ्ट खानेपानी योजना अधुरै
नेपाल सरकार र दातृ निकायको सहयोगमा पानीको अभाव भएका कालिकोटका दुर्गम गाउँहरूमा सोलार लिफ्टबाट खानेपानी र सिचाई योजना सञ्चालन भएकोमा २०७९ साउनयता आधा दर्जन ठुला लिफ्ट योजना बन्द भएर अलपत्र परेका छन्। करोडाैं रकम खर्च गरेर निर्माण गरेका योजना मर्मत गरेर सञ्चालनमा ल्याउन कसैले चासो नदिदाँ बन्द भएका हुन्।




कालिकोटका उच्च तथा सुख्खा भागहरूमा खानेपानी र सिचाई समस्या समाधानका लागि निर्माण गरेको आधा दर्जन बढी लिफ्टहरूले काम गर्न छाडेको छ। सोलार सिस्टमबाट सुख्खा पहाडी वस्तीहरूमा खानेपानी सुविधाको लागि बनाएका लिफ्ट बन्द हुन थालेपछि स्थानीयहरू चिन्तित भएका छन्। जसका कारण विगतमा झै खानेपानीकै कारण घण्टौं समय खर्चनुपर्ने र सिचाईका लागि वर्षात कुनुपर्ने स्थानीयको दैनिकी बनेको छ।

कालिकोटको खाँडाचक्र नगरपालिकामा निर्माण भएका २ वटा लिफ्ट बन्द भएका हुन्। पानीका मुहानबाट डाँडाँमा रहेका बस्तीहरूमा पानीको खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले निर्माण भएको लिफ्ट प्रविधि बन्द हुँदा असफल भएको हो।

कर्णाली प्रदेशको कृषि मन्त्रालयअन्तर्गतको १ करोड,लागतमा तयार गरीएको खाँडाचक्र नगरपालिका–२ को थामकोट लिफ्ट सिँचाइ योजना, खाँडाचक्र नगरपालिका–७ को तलसेरी लिप्ट सिँचाइ योजना बन्द छ। यस्तै महावै गाउँपालिका–६ को रानीपाटा लिप्ट सिचाई योजना पनी अहिले बन्द छन्।

पुर्व कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्ना पार्टीका कार्यकर्ता भति गर्नको लागि बाडिएका आयोजना अहिले अलपत्र परेको स्थानीयको आरोप छ।

गाउँमा लिप्ट सिँचाइ बन्द भइपछि गाउँमा समस्या थपिएको महावै ६ की गंगा शाहीले बताइन्। ४० लाखमा तिन वर्षअघि तयार गरिएको सान्नीत्रिवेणी गाउँपालिकाको सान्तीघाटमा रहेको लिप्ट सिँचाइ योजना पनी बन्द छ। वर्षासँगै आएका पानीले सबै बगाएपछि अहिले अलपत्र परेका छन्।

जिल्लामा लिफ्ट योजना असफल भइरहँदा पनि संघीय सरकारले करोडौं लागतका ठूला लिफ्ट योजना निर्माण गर्न रोकेको छैन जसका कारण प्राविधिक र भौगोलिक अवस्था पहिचान नगरी बनाइएका यस्ता योजनाले राज्यको करोडौ रकम बर्सेनि खोलामा बगेको छ। कर्णाली प्रदेशको कृषि मन्त्रालयबाट विनियोजित रकम अनुसारको सबै लिप्छट सिँचाइ अलपत्र परेका छन्।

‘जिल्लाभित्र सञ्चालित लिफ्ट खानेपानी असफल भए। अब सरकारले लिफ्टभन्दा स्थानीय मुल सुधार कार्यक्रम ल्याउनुपर्छ।’ हिउँद लाग्नबित्तिकै कालिकोटका ५ वटा पालिकामा खानेपानीको हाहाकार हुने गरेको छ। यस क्षेत्रका स्थानीयले खानेपानी र सिँचाइ अभाव भोगेको वर्षौ बित्दा पनि स्थानीय सरकारले केहि नगरेपछि सोलार लिफ्ट खानेपानी तथा सिँचाइ योजना बन्द छन्।

योजना बन्द हुँदा केही महिना खुसी भएका स्थानीय पुरानै दुःखमा फर्किएका छन्। लिफ्टबाट खानेपानी नआउँदा अहिले स्थानीय खोला र कुवामै खानेपानीको जोहोका लागि धाउने गरेको महावै गाउँपालिकाकी गंगा शाहीले बताइन्।

स्थानीय पालिकाको सानो बजेटले ठूला योजनाहरूमा रकम अभाव हुने भएकाले मर्मत हुन नसकेको सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले बताइन्। 
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
४२ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस