कालिकोटको तिलागुफा नगरपालिका–४ की अप्सरा शाहीको आठ जनाको परिवारले छिमेकीकोमा शरण लिएको पाँच महिना पुग्यो। गत असोज तेस्रो साताको वर्षाले घर भत्किएपछि शाहीको परिवारले छिमेकी भन्दरी शाहीको घरमा सहारा लिएका छन्।
आफ्नो घर बनाउने अझै सुरसार छैन। ‘पहिरोले घर बगायो, घरमा भएको अन्नपात सबै पहिरोले लग्यो,’उनले भनिन्, ‘जेनतेन आजसम्म त छाक टरेकै छ, खाने अन्न पनि सकियो कसरी परान धान्ने, घर कहिले बन्ने हो त्यसको पनि ठेगान छैन।’
पहिरोले घर भत्किएपछि खाँडाचक्र–१ का मदन नेपालीको नौजनाको परिवार छिमेकीको गोठमा बस्दै आएको छ। बसाइँ कष्टकर छ । जहान परिवार सबैले गिट्टी कुटेर छाक गुजारा गरिरहेको भए पनि बस्नका लागि समस्या छ। ‘पाँच महिना पुग्न लाग्यो गोठमा बस्न लागेको,’उनले भने, ‘भूइँको चिसोले सबै परिवार बिरामी पर्याै।’ यसरी बिचल्ली भएकाहरू शाही र नेपाली मात्रै नभई ६ सय २३ परिवार छन्।
पहिरोपीडितलाई क्षतिपूर्ति दिन कालिकोटका ९ वटै स्थानीय तहबाट घर क्षतिको विवरण भरेर पालिकाको सिफारिससहित जिल्ला विपद् व्यवस्थापन समितिमा पेस गर्न आग्रह गरिएको छ। तर, स्थानीय तहको ढिलासुस्तीले हालसम्म लाभग्राही कायम गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए। उनका अनुसार शुभकालिका, सान्नित्रिवेणी, पचालझरना र रास्कोटबाट मात्र विवरण आएको छ भने खाँडाचक्र, तिलागुफा र पलाँताबाट तथ्यांक नआउँदा राहत वितरणमा हुन सकेको छैन ।
बेमौसमी वर्षाले कालिकोटका ९ वटै स्थानीय तहका ६ सय २३ पूर्ण र ७ सय २० आंशिक गरी १ हजार ३ सय ४३ घर क्षति भएको प्रारम्भिक तथ्यांक जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयमा पठाएको छ। वर्षाका कारण आएको बाढीपहिरोमा २३ जनाले ज्यान गुमाएका थिए भने १७ घाइते भए । बाढीपहिरोले झन्डै २ अर्ब रूपैयाँको भौतिक संरचना र व्यक्तिगत सम्पत्ति क्षति भएको समितिको तथ्यांक छ।
पूर्ण क्षति भएका व्यक्तिको घर बनाउन सरकारले ५ लाख र आंशिक क्षति भएकालाई मर्मतबापत ५० हजार नगद दिने कार्यविधिमा उल्लेख छ। घर बनाउन जग्गा नै नभएका पीडितलाई घडेरी खरिदवापत ३ लाख रूपैयाँ थप दिने व्यवस्था पनि छ। यहाँका ९ वटै स्थानीय तहले गाउँ जोड्न बनाएका सडकले अधिकांश वस्तीहरू जोखिममा परेका छन्। ‘कर्णाली राजमार्ग र करिडोरले पनि जोखिममा पारे, वातावरणीय प्रभाव मूल्यांकन नगरी थालिएका विकास निर्माणका कामले बढी पहिरो निम्त्यायो,’खाँडाचक्र–३ ताडीस्थित पाल्तमहादेव सामुदायिक वन उपभोक्ता समितिका सचिव चक्रबहादुर शाहीले भने, ‘कमजोर भूगोल भएको कालिकोटमा डोजर चलाएर जमिन थर्काउँदा जताततै पहिरो गयो।’कालीकोटमा यस वर्ष बढी पहिरो खस्नुमा भूक्षय र स्थानीय सरकारले जथाभावी खनेका सडक प्रमुख कारण भएको नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले बताए।
संकटग्रस्त क्षेत्र घोषणामै सीमित
सरकारले पुनर्निर्माण,बस्ती स्थानान्तरण र पुनःस्थापना गर्ने उद्देश्यले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको कालिकोटमा गृह मन्त्रालयबाट एक टोली पठाएर सर्वेक्षण गर्नेबाहेक कुनै काम अघि बढेको छैन। जिल्लाका ९ स्थानीय तहका ५१ वटा वस्ती पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निष्कर्ष निकालेको थियो।
तर, ती ठाउँमा स्थलगत रूपमा अझै अध्ययन हुन नसकेको नागरिक समाजका अगुवा दमनराज बमले बताए। उनका अनुसार सरकारले तिलागुफा, खाडाचक्र, नरहरिनाथ, पचालझरना, पलाता, शुभकालिकालगायत स्थानीय तहका ११ वडा संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। भूगर्भविद्सहितको टोलीले गत कात्तिकमै कालिकोट र जुम्लाको स्थलगत अध्ययन गरेर गए पनि त्यसपछि कुनै खबर नगरेको जिल्ला प्रशासनले जनाएको छ। ‘त्यतिबेलाको अवस्थाबारे टोलीले प्रजिअलाई मौखिक जानकारी गराएको थियो,’एक कर्मचारीले भने, ‘रिपोर्ट कहाँ गएर थन्कियो थाहा छैन।’
पहिरोमा परी ज्यान गुमाएका २३ जनामध्ये हालसम्म आधाले पनि सरकारले राहतबापत दिने भनेको रकम पनि पाएका छैनन्। जिल्ला प्रशासनका लेखापाल तुलाराज परियारले कागजात पुर्याएर आएका ७ जनाको परिवारलाई प्रतिव्यक्ति २ लाख २५ हजारका दरले खातामा रकम गएको र अरूले कागजात नबुझाउँदा राहत नपाएको बताए। तिलागुफा–४ राचुलीका मलामी गएका १३ जना तिला नदीमा बेपत्ता भएकामध्ये कसैले पनि राहत पाउन सकेका छैनन्।
उनीहरूको लास नभेटिएकाले अदालतमा मृत्युको न्यायिक घोषणा गरी पाउँ भनेर आफन्तले निवेदन दिएको जिल्ला प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले बताए। अदालतले प्रहरी र सम्बन्धित स्थानीय तहबाट बेपत्ताको मुचुल्काका आधारमा मृत्युको न्यायिक घोषणा गरेपछि मात्र मृतक भन्न मिल्ने उनको भनाइ छ।
गत असोजको बेमौसमी वर्षासागैको बाढीपहिरोमा कालिकोटमा २३ जनाले ज्यान गुमाए भने १७ जना घाइते भएका थिए। कालिकोटका बस्तीहरूमा १ हजार ३ सय ४३ घर क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकमा छ। घटनापछि पुरानो थातथलोबाट विस्थापितहरू अझै कष्टकर जीवन बिताइरहेका छन्।