इलाम कारागारका कैदी–बन्दीले जेलभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएपछि स्थानीय प्रशासनले केही कैदी–बन्दीलाई स्थानान्तरण र सुरक्षाकर्मी हेरफेर गरेको छ।
सार्वजनिक भएको भिडियो ११ महिनाअघिको रहेको भन्दै प्रशासनले त्यति बेलाका कर्मचारी र सुरक्षाकर्मी भने अहिले त्यहाँ नभएको जनाएको छ।
कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो करिब २ साताअघि सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले प्रशासकीय अधिकृत हरि थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले फागुन २५ मा बुझाएको प्रतिवेदनले भिडियो अहिलेको नभएको देखाएको सिडिओ श्रवणकुमार पोख्रेलले जानकारी दिए।
प्रतिवेदनले अहिले पनि जेलको आन्तरिक प्रशासनले जबाफदेही भएर काम गर्न नसकेको देखाएकाले कारागार विभागको निर्देशनमा केही कैदीलाई स्थानान्तरण गरिएको उनले बताए।
‘आन्तरिक प्रशासनको जिम्मेवारीमा रहेका महिला र पुरुष दुवैतर्फका चौकीदार र भिडियोमा देखिएका कैदीलाई कारागार विभागको निर्देशनमा स्थानान्तरण गरिएको छ,’ उनले भने, ‘भिडियो नै पुरानो भएकाले कारागारका अहिलेका कर्मचारी र सुरक्षाकर्मी चाहिँ त्यति बेलाको घटनामा नमुछिएको देखिन्छ। भिडियोमा देखिएका केही कैदी यसअघि नै स्थानान्तरण भइसकेका रहेछन्।’
अहिले फेरबदल गरिएका सुरक्षाकर्मी पनि घटनामा संलग्न नभएको तर उनीहरूलाई पनि लामो समय यहाँ नराख्न समितिले सुझाव दिएकाले फेरबदल गरिएको सिडिओ पोख्रेलले बताए।
सिडिओ पोख्रेलका अनुसार ११ महिनाअघि कारागारको २ नम्बर ब्लकमा एक कैदीको मृत्यु भएको थियो। मान्छे मरेका बेला राति जागै बस्नुपर्छ भन्दै कैदी–बन्दीले तास खेलेको र मदिरा पिएको भिडियो त्यति बेलाका असन्तुष्ट चौकीदारले खिचेको प्रतिवेदनले उल्लेख गरेको छ।
‘एक कैदीलाई चौकीदारबाट हटाइएपछि उनी असन्तुष्ट रहेछन्, माफी मिनाहाका लागि सिफारिससमेत भएका उनको माफी मिनाहा पनि नभएपछि तिनै चौकीदारले भिडियो रेकर्ड गरेका रहेछन्,’ सिडिओ पोख्रेलले भने, ‘त्यति बेलाको भिडियो उनले अहिले एक महिला कैदीमार्फत सार्वजनिक गराएका रहेछन्।’ तर, त्यति बेलाका चौकीदार अहिले कारागारमा नभएको सिडिओ पोख्रेलले जनाए। जेलभित्र मदिरा र तास कसरी प्रवेश गराइयो भन्नेबारे चाहिँ खुल्न नसकेको उनको भनाइ छ।
छानबिन प्रतिवेदनले कारागारका ७ विषय/क्षेत्रमा सुधारको सुझाव दिएको छ। आन्तरिक प्रशासनका चौकीदार र नाइकेलाई बढी जिम्मेवार/जबाफदेही बनाउनुपर्ने, कारागारमा लगिने खाद्यान्नको सूक्ष्म जाँच गर्नुपर्ने, कैदी भेटघाट कक्ष व्यवस्थित गरी बढी निगरानी गर्नुपर्ने, कारागार प्रशासन र सुरक्षाकर्मीबिचको समन्वय प्रभावकारी बनाउनुपर्ने, स्थानीय व्यक्तिलाई चौकीदारका रूपमा राख्न नहुने, कारागार प्रशासनका कर्मचारीलाई बढीमा १ वर्ष र सुरक्षाकर्मीलाई ६/६ महिनामा परिवर्तन गर्नुपर्नेजस्ता विषय प्रतिवेदनमा समेटिएको छ।