आज तराई क्षेत्रमा हर्षोल्लासका साथ होली मनाइँदै छ। तराईमा फागु पुर्णिमाको भोलिपल्ट होली मनाइन्छ, भने पहाडी र हिमाली क्षेत्रमा हिजै होली मनाइएको छ। आज तराईका जिल्लामा सार्वजानिक बिदा छ।
तराईमा गीत संगीतसहित एक अर्कालाई रंग दलेर आपसी सद्भावका साथ होली पर्व मनाइन्छ। होलीलाई पहाडी क्षेत्रमा फागु, मधेशमा होली र मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ।
यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।