धनगढी उपमहानगरपालिका–७, देवरियामा रहेको सड्वा बाबा प्राकृतिक ताल कब्जा गरी रामबकस राना उर्फ 'भूत' रानाले घर बनाएका छन्।
सदियौँ देखि प्राकृतिक तथा धार्मिक महत्त्वको सड्वा बाबा ताल पछिल्ला वर्षहरूमा अतिक्रमण हुँदाहुँदै अहिले पूरै ताल कब्जागरि भूत रानालगायतको समूहले घर निर्माणका लागि पिल्लर खडा गरेका हुन्।
सड्वा बाबा तालको निसान नै मेटिने गरी अतिक्रमण गरेर पक्की भौतिक संरचना निर्माण गरिएको भन्दै नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘तालभित्रै उक्त पक्की संरचना कसले निर्माण गर्दै छ भन्ने कुरा जानकारी नभए पनि गाउँघरमा ‘भूत’ भनिएका एक व्यक्तिको समूहले कब्जा गरेर निर्माण गरेको हल्ला भने छ।’
ठुलो ताल रहेको क्षेत्रमा वरिपरिबाट कब्जा गरी घर निर्माण भए पनि बचेको तालको क्षेत्रमा भने पछिल्लो समयमा ‘भूत’ को समूहले ५६ पिल्लर हालेर ४२ कोठाको जग निर्माण गरेका छन्।
‘ताल वरपरको जमिन कब्जा गर्दै बेच्दै गरेर पाँच वटा घर निर्माण भइसकेका छन्,’ उनले भने, ‘बचेको तालमा भने भूतको समूहले ५६ वटा पिल्लरसहितको ४२ कोठे जग निर्माण गरेर छाडेका छन्।’
देवरिया गाउँमै वर्षौँदेखि बसोबास गर्दै आएका स्थानीयका अनुसार सड्वा बाबा तालको क्षेत्रफल विगतमा ठुलो थियो। तर, अहिले अतिक्रमणको चपेटामा परेपछि उक्त तालको नामोनिसाना मेटिने गरी पक्की भौतिक संरचना निर्माण भइसकेका छन्।
नापी कार्यालयको नक्सामा सड्वा बाबा तालको नक्सा देखिए पनि त्यहाँ पुग्दा तालको निसाना समेत देखिँदैन। केही स्थानीयले तालको कुना कुनामा कब्जा गर्दै घर बनाए पनि पछिल्लो समयमा बाँकी रहेको पूरै तालमा पिल्लर गाडेर जग निर्माण गर्ने भूत रानाको समूहका विरुद्धमा भने कोही पनि बोल्न चाहँदैनन्।
‘भूत’ का विषयमा गाउँमा कसैले पनि आवाज उठाउन नसक्ने गरेको नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘खै, हजुर! भूतले घर बनाएका हुन्। तर, हामी भने उनका विरुद्धमा आवाज उठाउनै सक्दैनौँ। उनी ‘खतरनाक’ मान्छे हुन् भन्ने सुनेका छौँ।’
ताल अतिक्रमण गरी घर बनाएको विषयमा भूतका विरुद्धमा स्थानीय कोही पनि बोल्नै नसक्ने गरेको उनले बताए। भूतका विषयमा आवाज उठाउँदा डर लाग्ने गरेको अर्का एक स्थानीयले बताए। उनले भने, ‘यहाँ त अतिक्रमण गर्ने ठुलठुला मान्छेहरू छन्, जसको बारेमा आवाज उठाउँदा डर लाग्छ।’
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोति रानाले सड्वा बाबा ताल अतिक्रमणमा विषयमा आफूलाई जानकारी भएको बताए। ‘विगत केही वर्षदेखि त्यो ताल अतिक्रमण गर्दै बेच्दै आए पनि पछिल्लो समयमा भने वडा नम्बर १० बस्ने भूत राना, वडा नम्बर ७ बस्ने जयलाल रानासहितको समूहले कब्जा गरेर पक्की संरचना निर्माण गरेको भन्ने सुनिएको छ,’ वडाध्यक्ष रानाले भने, ‘यस विषयमा हामीले उपमहानगरपालिकाको कार्यालयबाट नाप जाँच गर्नका लागि प्राविधिक पठाएका थियाैँ। प्राविधिक टोलीले नाप जाँच गर्दा नक्सामा पनि ताल प्रष्ट देखिएको छ। तर, भूगोल हेर्दा ताल नै छैन।’
वर्षौँदेखि प्राकृतिक रूपमा रहेको ताल पछिल्ला वर्षहरूमा अतिक्रमणको चपेटामा परेको बताउँदै स्थानीय भगवानदिन रानाले भने, ‘सड्वा बाबा ताल पछिल्ला वर्षहरूमा अतिक्रमण गर्दै घर निर्माण गर्न थालेका छन्।’ आफू सानै हुँदा यो तालमा माछा मारेको र तालको पानीले वरपरको जमिन सिँचाइ गरेको सम्झँदै उनले भने, ‘यो प्राकृतिक तालका साथै धार्मिक महत्त्व झल्कने ताल हो।’ नजिकै रहेको सड्वा बाबाको मन्दिर र त्यही मन्दिरका नामले सोही ताल रहेको बताउँदै सड्वा बाबा मन्दिरकी पुजारी भागु रानाले भनिन्, ‘त्यो मन्दिर सदियौँ पुरानो हो, जसको इतिहास राना थारु समुदायसँग जोडिएको छ, तर त्यही मन्दिरको मातहतमा रहेको सड्वा बाबा ताल भने अहिले अतिक्रमणको चपेटामा परेको छ।’
ताल कब्जा गर्ने ‘भूत’ समूहका जयलाल रानाले आफूहरूले संरक्षण गर्दै आएको ताल पछिल्लो समयमा अतिक्रमणको चपेटामा परेपछि ‘भूत’ सहितको केही व्यक्ति मिलेर बचेको तालमा पिल्लर हालेको स्वीकार गरे। उनले भने, ‘हामीले सड्वा बाबा तालमा केही वर्ष अघि सिँगडा हाल्ने गरे पनि पछिल्लो समयमा अतिक्रमणमा पर्दा हामीले पनि पिल्लर हालेर जमिन रोकेका हौँ।’
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कब्जा गरिएका सार्वजनिक जग्गाहरूलाई उपमहानगरपालिकाको मातहतमा ल्याउने कार्य भइरहेको बताए। उनले भने, ‘कब्जा गरिएका सार्वजनिक जग्गा उपमहानगरपालिकाको मातहतमा ल्याउने नीति अनुरूप नै हामीले देवरियामा रहेको सड्वा बाबा मन्दिर परिसरमा रहेको ताल अतिक्रमण पनि हटाउने छौँ।’
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...