क्षीरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित राजदेवी मन्दिरको मूर्ति चोरी गर्ने पाँच जना पक्राउ परेका छन्।
शनिबार धनुषा प्रहरीले मुख्य योजनाकार विदेह नगरपालिका ४ का ३० वर्षीय सरिफ मुसलमानसहित पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
सोही ठाउँका २२ वर्षीय नसरुदिन साह, हबगुल्लाह साह, क्षिरेश्वरनाथ नगरपालिका ५ का ३७ वर्षीय रजाक मोहमद र कमला नगरपालिका ७ हथमुण्डाका २२ वर्षीय रमेश कुमार महतो पक्राउ परेको धनुषा प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
यही फागुन १४ गते जानकी मेडिकल कलेजस्थितको राजदेवी मन्दिरका समान उनीहरू चोरी गरेका थिए। उनीहरू पेशेवर चोर रहेको प्रहरी उपरीक्षक खडकाले जानकारी दिए। उनका अनुसार उनीहरूको समूह ठुलो रहेको र सो विषयमा अनुसन्धान भइरहेको छ।
प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली, मूर्ति सहितको चाँदीको पीढी २ केजी, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप एक केजी, चाँदीको थाली पाँच सय ग्राम, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टी १२ तोला, सुनको मनटिका ६ अना, सुनको नथिया दश अना, सुनको सिक्री चार अना, नाकको टप एक अना, कानको बाली ६ अना, दान पेटिकामा रहेको खुद्रा पैसा बरामद गरेको छन्।
उनका अनुसार मोबाइल १३ थान, नगद एघार हजार पाँच सय, टुक्रा पारिएको चाँदी दुई केजी, चरेशको थाल सात थान, हथौडा एक थान, दविया तीन थान लगायतको समानहरू बरामद भएको छ।

'उनीहरुको जालो ठुलो रहेको अहिले सम्मको अनुसन्धानबाट खुलेको छ। तत्कालीन ठाँढी झिजाको डाँका परिवारसँग उनीहरू संलग्न देखिन्छ,' उनले भने।उनीहरू चोरी गरेको समान लिएर भारत जाँदै गरेको अवस्थामा जनकनन्दनी गाउँपालिका ३ महुवास्थित रेलवे लिकबाट पक्राउ परेका थिए।