मिथिलामा होरी
१६ फागुन २०७९
•
६ मिनेट पाठ
मिथिलामा होरी
कञ्चनवन राम खेले होरी कञ्चनवन..’ सोमबार मिथिला मध्यमा परिक्रमामा सहभागी नेपाल तथा भारतका मिथिलाञ्चलवासीले महोत्तरीको कञ्चनवनमा होलीका यस्तै यस्तै गीत गाउँदै त्रेतायुगको सम्झना गरेका छन्। त्रेता युगमा राम र सीताले एकअर्कालाई रङ तथा अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झने गर्छन्।




मिथिला मध्यमा परिक्रमाका सहभागीले एकअर्कालाई रङ तथा अबिर लगाएर मिथिलामा होली पर्वको स्वागत गरेका छन्। फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै कञ्चनवन पुग्ने गर्छ। परिक्रमाका सहभागीले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ।

रामजीके हाथ कनक पिचकारी...

सीयाजीके हाथ अबिरझोरी...मिथिलामे

मिथिलामा राम खेले होरी...मिथिलामे...

बढ्दोे सहरीकरण अनि कमजोर हुँदै गएको सामाजिक सद्भावका कारण फागुको मौलिकता तथा मनोरञ्जनमा कमी आएको अनुभव गर्न थालिए पनि कञ्चनवनको होरीले सामाजिक सद्भाव जोड्ने मात्र काम गरेको छैन, होलीको मौलिकता फर्काउने सेतुको कामसमेत गरेको  

संस्कृतिपे्रमीहरू बताउँछन्।

जाडोको बिदाइ, गर्मीको स्वागत

होलीका विविध आयाम छन्। मुख्य रूपमा भन्नुपर्दा यो पर्व वसन्त ऋतुको आगमनको पर्व हो। मधेसी जति पनि गर्मी खप्न सक्छन्। कठ्यांग्रिँदो जाडो र शीतलहरले उनीहरूलाई सास्ती थप्छ। होली जाडोको बिदाइ र गर्मीको आगमनको संकेत हो। यही बेला मधेसका खेत खलिहानमा गहुँका बाला लहलह झुलेका हुन्छन्। तोरी फुलेर खेत पहेँलिएका छन्। यो किसानका लागि फुर्सदको समय पनि हो। साँझको शीतल हावा, वसन्त ऋतुको आगमन र कृषि कर्मबाट हुने फुर्सदको सदुपयोग जोगिरा गाएर गर्छन् धमेसका किसान। यस्ता सामूहिक गायनकै कारण होली भित्रिएको सन्देश जन–जनमा पुग्छ।

हराउँदै जोगिरा

‘कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंग

कौन ताल पर गोरिया नाचे कौन ताल पर हम’

जोगिरा सररर..

श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत हो यो। गाउँटोल घुमेर फागु पर्व आएको जनाउ दिँदै नाचगान गर्दा बढी प्रयोग हुने यो गीत अचेल मधेसका गाउँमा समेत उति सारो सुनिँदैन। यो गीत गाउँदा बजाइने ढोल, मृदंग, डम्फा, झ्यालीजस्ता बाजा अचेल दुर्लभ भए। फागु पूर्णिमाको पहिलो दिन चतुर्दशीको रात पौराणिक पात्र होलिकालाई परम्परागत बाजा बजाउँदै ‘दहन’ गर्ने परम्परा छ।

पहिले र अहिलेको होलीमा धेरै फरक आइसक्यो। धनुषा गणेशमान चारनाथ नगरपालिकाका ६५ वर्षीय कृष्णा महतो सम्झन्छन्, ‘वसन्त पञ्चमीका दिनदेखि नै हामी दिवाना हुन्थ्यौं।’ अचेल जबर्जस्तीको पर्वजस्तो हुन थालेकामा उनको चिन्ता छ। मौलिकता हराएर विकृति आएको भन्दै उनले नयाँ पुस्तालाई होलीको सांस्कृतिक महŒव बुझाउनुपर्ने बताए।

‘खेल्ने तरिका, खानपान सबै फेरियो,’ महतोले भने, ‘विगतमा गाउँबस्तीमा रहेका सबैजना भेला भएर खेलिन्थ्यो तर अचेल गाउँमा मान्छे भेट्नै मुस्किल छ, कहाँबाट भेला भएर होली खेल्नु ?’

होली विशुद्ध आध्यात्मिक र सांस्कृतिक पर्व भएको सिरहा बरियारपट्टि गाउँपालिकाका ७० वर्षीय बिल्टु यादव बताउँछन्। सानो छँदा बाँसको पिचकरी बनाएर खेलेको होली सम्झँदै उनले भने, ‘अचेल उबेलाको जस्तो रमाइलो छैन, संस्कृतिमा विकृति मिसिएको छ।’ गाउँले भेला भएर डम्फा (डम्फु) र ढोलकजस्ता बाजा बजाउँदै होली गीत गाएर मनाउने गरेको उनले सम्झे। ‘जोगिरा गाउँदै घरघर पुग्ने गरिन्थ्यो,’ उनले भने, ‘अग्रजले आशीर्वाद दिन्थे, उमेरदारहरू साथ लागेर नाचगान गर्थे।’

बढ्दो आधुनिकता, मानिसमा फुर्सदको अभाव, सहरमुखी हुनु, पुराना संस्कृतिको प्रवद्र्धनमा ध्यान नजानुले होलीजस्ता मौलिक पर्वमा आकर्षण घट्दै गएको छ। संस्कृति र संस्कारप्रति घट्दो आकर्षण बढाउन युवाहरू जागरुक हुनुपर्ने यादव बताउँछन्।

सप्तरी बलानबिहुल गाउँपालिकाका ६० वर्षीय धनेश्वर यादवका अनुसार होली वसन्त पञ्चमीदेखि सुरु हुन्थ्यो। होलीमा अहिले त्यो रौनक, त्यो उमंग छैन। ‘होलीको मौलिक गीतलाई अश्लीलताले छपक्कै छोपेको छ,’ उनले भने, ‘होलीमा सद्भाव, सौहार्दताका लागि व्याकुल समाज अहिले सुरक्षा खोज्दै हैरान हुन्छ।’

यादवका अनुसार मानव जीवनमा रङको महŒवपूर्ण स्थान हुन्छ। होलीको रङले देशको हिमाल, पहाड र मधेस सबै क्षेत्र समुदायलाई जोडेको छ। होलीको रङले जाति, धर्म, समुदायलाई रंगीन बनाएको छ। पछिल्लो समय होली पर्वमाथि संस्कृतिभन्दा प्रविधि हावी भएको छ। सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाउन मात्र सांकेतिक रूपमा भद्दा स्वरूपमा पर्व मनाउन थालियो। पर्वलाई बजारले जित्यो, यथार्थमा पर्व व्यापार भयो, व्यापारीका लागि अवसर भयो।  

यसरी सुरु हुन्छ होली

अरू ठाउँमा मनाइने होली र मिथिलाञ्चलको होलीमा मौलिकताको फरक छ। मिथिलाञ्चलमा फागु पर्वमा सहभागी हुन नवविवाहिताहरू माइती आउँछन्। ज्वाइँलाई पनि पहिलो फागु खेल्न निम्तो पठाइन्छ। मिथिलाका सबै सांस्कृतिक पर्वमा महिलाको महŒवपूर्ण भूमिका हुन्छ। महिला सहभागिताविना होलीको कल्पनासमेत गर्न नसकिने मिथिला संस्कृतिका जानकार झा बताउँछन्। मिथिलाको होली घरमुली महिलाको पूजाबाटै सुरु हुन्छ।

मालपुवा, खिरजस्ता परिकारहरू घरगोसाइँ (कुल देवता) लाई प्रसादका रूपमा अर्पण गरिन्छ। सँगै रङ अबिर पनि पतल (प्रसाद) मा राखिन्छ। घरमुली महिलाको पूजा सकेपछि बल्ल होलीको उमंग सुरु हुन्छ।

एक दशकअघिसम्म मिथिलाञ्चलका टोल–टोलमा वसन्त पञ्चमी (सरस्वती पूजा) सँगै राति फागु गीत गाइन्थ्यो। ग्रामीण इलाकाबाट लोप हुन लागेको फागु गीतलाई जगेर्ना गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् जनकपुरधामले विगत दुई दशक बढी समयदेखि जनकपुरधामको जानकी मन्दिर प्रांगणमा होरी महोत्सवको आयोजना गर्दै आएको छ।

फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिवसीय होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजना गरिन्छ। गीत–संगीतमा धनी मिथिलाञ्चलको होलीमा आजकाल धेरै ठाउँमा ‘लाउडस्पिकर’ मा गीत बजाउने चलन आइसकेको छ। तर कतिपय स्थानमा आफैंले गीत गाउँदै रमाइलो गर्ने परम्परा अझै जीवित छ।

मिथिलाको पे्रमिल होली

नन्द÷भाउजू, भाउजू÷देवर तथा साली÷भिनाजुबीचको फागु मिथिलाञ्चलमा चर्चित छ। भाउजू÷देवर तथा साली÷भिनाजुबीचको प्रेम रहस्य पनि होलीमै खुल्छ। त्यो वासनायुक्त प्रेम नभई वात्सल्य प्रेमका रूपमा खुल्छ। यसमा यौन आकर्षणभन्दा पनि अभिभावकत्व प्रेम झल्किएको देख्न सकिन्छ। होलीमा देवर÷भाउजूबीच जुन खुला रूपमा रङ र अविरको खेल देखिन्छ, यस्ता दृश्यले देवर÷भाउजूको प्रेमलाई सतहमा ल्याउँछ। मधेसको बन्द समाजमा होली नै यस्तो पर्व हो, जसले देवर÷भाउजूको आत्मीयतालाई सतहमा ल्याइदिन्छ।

अँचरा में घुँघरु लगा दु पिया

हम अलबेली पिया अलबेला

अर्थात् ‘मेरो आँचलमा बुट्टा भरिदेऊ प्रिय, किनकि म मातिसकें र तिमी पनि मातिसक्यौ।’ श्रीपञ्चमीदेखि सुरु हुने फागु गीतको शृंखला होलीसँगै सकिन्छ।  

यसकारण मनाइन्छ होली

विष्णुपुराणमा उल्लेख गरिएअनुसार दैत्यराज हिरण्य कश्यपकी बहिनी होलिका नाममा यो पर्वको नामकरण भएको हो। होलिकाको दहन भएको खुसीमा प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीले यो पर्व मनाउँदै आएका छन्। हिरण्यकश्यपले आफ्नो राज्यमा भगवान् विष्णुको पूजापाठमा प्रतिबन्ध लगाएर स्वयंलाई भगवान् घोषित गरी प्रजालाई ‘मेरो पूजा गर्नु’ भनेर कडा निर्देशन जारी गरेको थियो। तर, उनको आफ्नै छोरा प्रह्लादले पिताको निर्देशनलाई अवज्ञा गर्दै भगवान् विष्णुको पूजा गरिरहे। प्रह्लादले पिताको आज्ञा नमानेपछि होलिकाको माध्यमबाट जलाएर मार्ने प्रयास गरियो।

ब्रह्माबाट आगोमा नजल्ने वरदान पाएकी होलिकाले प्रह्लादलाई काँखमा राखेर चारैतिर पराललगायत जल्ने वस्तुको घेरा बनाउन लगाएको र त्यसमा आगो लगाउन भनिएको थियो। उल्टै आगोमा होलिका नै जलेर भस्म भइन्। असत्यको बाटो अपनाएको कारणले बरदान फलिफाप भएन। असत्यमाथि सत्यको विजय भयो। त्यसपछि, सोही तिथिमा यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।
अर्को समाचार
मिथिलामा तीन दिन होली
२३ फागुन २०७९
•
२ मिनेट पाठ
मिथिलामा तीन दिन होली
फाइल तस्वीर
मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ। मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो।  




होरी अर्थात फागु पर्व बारको आधारमा नभई तिथि र अन्तरगृह परिक्रमालाई आधार मानेर मनाइने भएको हुँदा यो पर्व आजै चैत कृष्ण प्रतिपदाका दिन मनाइन पर्ने साधु परम्पराका अनुयायीहरुको मत छ। “मध्यमा परिक्रमा जनकपुरको रङभूमि मैदानमा जम्मा भएकै दिन राती होलिका दहन गर्ने, भोलिपल्ट पूर्णिमाका दिन अन्तरगृह परिक्रमासँगै धुरा उडाउने र चैत कृष्ण प्रतिपदाका दिन पर्व मनाउने परम्परा छ”, महोत्तरीको  भङ्गाहा–५ सीतापुरस्थित रामजानकी मठका साधु रामदास बैष्णबले भने, “यसमा बारको भूमिका हुँदैन, त्यसैले मिथिला परम्पराको होरी आज नै हो।”  

चैत कृष्ण प्रतिपदाकै दिन होरी मनाउने परम्परा भए पनि आज खरो मानिने भएकाले भोलि होरी मनाउने तयारीमा रहेका यहाँ धेरै छन्। यसपालि पूर्णिमा तिथिको भोग पनि दुई दिन देखिएको छ। सोमबार दिउँसो पूर्णिमा लागेर आज अबेर दिउँसोसम्म यो तिथिको भोग रहने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झाले बताए। “हिजो करिब २२ घडि र आज करिब ३० घडि पूर्णिमाको भोग छ”, उनले भने।

“बारको प्रभाव हुन्न, मानिन्न भन्ने कुरा हाम्रो परम्पराअनुकूल छैन, हामीकहाँ घरबाट निस्कदा, अन्य कुनै काम प्रारम्भ गरिदा यो बार, यो तिथि ठीक हुन्छ भनिन्छ”, भोलिको होरी तयारीमा रहनुभएका बर्दिबास–९ पशुपतिनगरका बच्चुलाल महतो भन्छन्, “मङ्गलबार खरो दिन मानिन्छ, अनि एकापसमा अङ्कमाल गर्ने खुसीको पर्व यस्तो दिन किन पार्ने रु त्यसैले भोलि मनाइनु ठिक हो।” महोत्तरीको जलेश्वर, रामगोपालपुर, बलवासहितका नगरक्षेत्रमा भोलि बुधबार होरीको तयारी देखिन्छ।

आआफ्ना सुविधा र मान्यताअनुसार तीन दिन होरी मनाइँदै गरिए पनि यसपाली होरी शान्त नै देखिएको छ। बस्तीका घरघर र सडक गल्लीसम्म एकअर्कोलाई लघार्दै लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होरी शान्त देखिएको हो।

मधेस प्रदेशभित्रका आठै जिल्लामा स्थानीय (जिल्ला) प्रशासनले भीडभाड नगर्न, भीडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ सेकेन्ड अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस