बालिका र किशोरीहरुको शिक्षालाई बढवा दिन कपिलवस्तुको मायादेवी गाउँपालिकामा उनीहरुलाई साइकल र सिलाई कटाई तालिम दिइएको छ। कतार च्यारिटीको स्पोन्सरसिपमा बालिका शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ लुम्बिनी एकीकृत बिकास संस्थाले छात्रालाई साइकल र किशोरीहरुलाई ३ महिने सिलाई कटाई तालिम दिइएको हो।
मायादेवी गाउँपालिका वडा नम्बर २ भैसकुण्डा स्थित नेपाल राष्ट्रिय माविमा अध्ययनरत १२ छात्रालाई साइकल वितरण गरिएको हो। लिडो नेपाल अध्यक्ष तथा निवर्तमान सांसद अतहर कमाल, कतार च्यारिटी नेपालका कन्ट्री डाइरेक्टर मुहम्मद वकास, कार्यक्रम व्यवस्थापक ईरशाद अली शेख, मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमान र वडा नम्बर २ का अध्यक्ष मोहम्मद हुसेन लगायतले गरिब र जेहेन्दार छात्राहरुलाई साइकल हस्तान्तरण गरेका हुन। वालिका शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ गाउँपालिका सँगको सहकार्यमा साइकल वितरण र सिलाई कटाई तालिम गरिएको लिडो नेपाल अध्यक्ष तथा निवर्तमान सांसद अतहर कमाले बताए।
संस्थाले जिल्लामा विगत १० बर्ष यता उपलब्धिमूलक रुपमा काम गरेको उनले बताए। छात्राहरुको शैक्षिक उपलब्धि वृद्धिका लागिसाईकल वितरणले सहयोग पुर्याउने गाउँपालिका अध्यक्ष वलिउद्धिन मुसलमानले बताए। पालिकाले समेत गरिब र जेहनदार विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिने उनले प्रतिबद्धता व्यक्त गरे।
८ मा अध्ययनरत छात्रा इन्द्रावती पासीले साइकलले केही भए पनि सहजता भएको बताईन। छात्रालाई साइकल वितरण गरेर बालीकालाई शिक्षाका लागि प्रोत्साहित गरिएको वडा नम्बर २ का अध्यक्ष मोहम्मद हुसेनले बताए। विद्यालय केन्द्रित कार्यक्रम प्रभावकारी भएको र छात्रालाई शिक्षा लिनका लागी थप प्रोत्साहित गरेको विद्यालय व्यवस्थापन समितिका महेन्द्र धोबीले बताए।
कतार च्यारिटीका कार्यक्रम व्यवस्थापक ईरशाद अली शेखलेबिद्यालय आवत जावतको समय बचत गराई शिक्षा आर्जनका लागि पर्याप्त समय प्रदान गर्न साइकल वितरण गरिएको बताए। कतार च्यारिटीका कन्ट्री डाइरेक्टर मुहम्मद वकासले छात्रालाई सुरक्षा र सहजताका साथ शिक्षा आर्जनमा सहयोग पुर्याउन साइकल वितरण गरिएको बताए।
कपिलवस्तु जिल्लामा ५ बर्ष यता कतार च्यारिटीले शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको कार्यक्रममा स्पोन्सरसिप गर्दै आएको जनाउँदै पालिका तह सँगको समन्वयमा गरिएको कार्यक्रमले प्रभावकारीता वृद्धि भएको उनले बताए। किशोरी शिक्षलाई प्रोत्साहीत गर्न कतार च्यारिटीको स्पोन्सरसिपमा लिडो नेपालको सञ्चालनमा गाउँपालिकाको वडा नम्बर ८ बिजुवामा १० जना र वडा नम्बर ५ बलुहवामा ११ जना गरी २१ किशोरीका लागी तिन महिने सिलाई कटाई तालिमको उद्घाटन गरिएको छ।
लिडो नेपाल र कतार च्यारिटीका प्रतिनिधि सँगै गाउँपालिका तथा सम्बन्धित वडाका जनप्रतिनिधीहरुको उद्घाटन कार्यक्रममा सहभागिता रहेको थियो। सो अवसरमा बोल्दै वडा नम्बर ८ का अध्यक्ष मुस्ताक अहमदले यस क्षेत्रलाई लक्षित गरी कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे। सिलाई कटाई तालिममा सहभागी किशोरीले सिप आर्जन गरे पछि आजआर्जनका गतिविधिमा लाग्नेमा कार्यक्रम व्यवस्थापक ईरशाद अली शेख विश्वास व्यक्त गरे।
किशोरीका लागि तोकिएको समय भन्दा बढी तालिम सञ्चालन गरिएको जनाउँदै सिप प्राप्ति पछि आत्मनिर्भर बन्न प्रेरित गरिने अध्यक्ष कमालले बताए। कार्यक्रममा लिडोका कार्यक्रम संयोजक रामनरेश चौधरी, लक्ष्मी चौरसिया लगायतले तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन संस्थाले गरेको पहल बारे जानकारी दिएका थिए।