रुसले युक्रेनविरुद्ध पूर्ण स्तरमा आक्रमण गरेको शुक्रबार एक वर्ष पूरा भएको छ। दुवै देशबीच शान्तिवार्ताको छिटपुट प्रयास भए पनि युद्धको अन्त्य चाँडै हुने परिस्थिति अझै देखिएको छैन। युद्धका कारण भएका मृत्युबारे आधिकारिक तथ्यांक दुवै देशले सार्वजनिक गरेका छैनन्। तर दोस्रो विश्वयुद्धयता युरोपमा भएको सबैभन्दा ठुलो मानिएको यो युद्धमा परेर हजारौंको ज्यान गएकोछ र लाखौं मानिस विस्थापित भएका छन्। रुसी आक्रमणको एक वर्ष पुगेको दिन शुक्रबार बिहान युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राम पोस्टमा भनेका छन्, ‘गत फेब्रुअरी २४ मा हामी लाखौंले एक बाटो रोजेका थियौं। हामी भाग्नेछैनौ। बरु शत्रुसँग डटेर लड्नेछौ। प्रतिरोध र संघर्ष गर्नेछौं।’ उनले आगामी वर्ष विजयीको वर्ष हुने दाबीसमेत गरेका छन्।
‘यो एक वर्ष दु:ख, पीडा, विश्वास र एकताको वर्ष थियोे। यो अपराजेयताको वर्ष थियो। हामीलाई थाहा छ, यो वर्ष हाम्रो विजयको वर्ष हुनेछ,’ सर्वशक्तिमान मानिएको रुसी सेनाको आक्रमणको प्रतिरक्षा गर्न सफल जेलेन्स्कीले भनेका छन्। सिंगो विश्वको अर्थव्यवस्था, ऊर्जा तथा खाद्य संकटदेखि भूराजनीतिक तनावसमेत सिर्जना गरेको यो युद्धको अझै अन्त्य हुने छाँट देखिएको छैन। गत वर्ष फेब्रुअरी २४ मा युक्रेन आक्रमण गर्दा रुसी राष्ट्रपति पुटिनले केही दिनमै युद्ध सकिने आकलन गरेका थिए। उनले राजधानी किभलाई आक्रमणको केन्द्र बनाउन र राष्ट्रपति जेलेन्स्कीलाई बन्दी बनाउन प्रस्ट निर्देशन दिएका थिए। तर उनले एक वर्षसम्म पनि त्यो सफलता हात पार्न सकेका छैनन् र त्यो दुष्कर बन्दै गएको छ।
युद्ध सुरु भएको एक वर्ष बितिसक्दा पनि युक्रेनको पूर्वी तथा पश्चिमी क्षेत्रमा भीषण लडाइँ जारी छ। अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले युक्रेनको पक्षमा थप सहयोग गर्ने प्रतिबद्धता र रुसविरुद्ध विभिन्न खाले थप प्रतिबन्धका घोषणा गरेका छन्।
सैनिकी क्षति
दुवै देशले कति सैनिकको मृत्यु भयो भनेर सार्वजनिक गरेका छैनन्। गत डिसेम्बरमा युक्रेनका राष्ट्रपतिका सल्लाहकारले कुल १३ हजार युक्रेनी सैनिकको मृत्यु भएको स्वीकार गरेका थिए। बेलायती सरकारको सहयोगमा तयार पारिएको एक अध्ययन प्रतिवेदनअनुसार यो युद्धमा परेर ४० देखि ६० हजार रुसी सैनिकको मृत्यु भएको छ। सन् १९७९ देखि सन् १९८९ सम्म चलेको अफगानिस्तानसँगको युद्धमा रुसका १५ हजार सैनिकको मृत्यु भएको थियो। राष्ट्रसंघको तथ्यांकअनुसार युद्धका कारण ७ हजारभन्दा बढी युक्रेनी सर्वसाधारणको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन्। राष्ट्रसंघले हताहती र घाइतेको संख्या अझै धेरै हुन सक्ने आकलन गरेको छ।
युद्ध अपराध
युरोपियन युनियनका जस्टिस कमिसनरका अनुसार युद्ध सुरु भएयता ६५ हजारभन्दा बढी युद्ध अपराधका घटना घटेका छन्। युद्ध अपराधसम्बन्धी जेनेभा कन्भेन्सन तथा प्रोटोकललगायत अन्तर्राष्ट्रिय सम्झौतामा यस प्रकारका युद्ध अपराधविरुद्ध हेगमा रहेको इन्टरनेसनल क्रिमिनल कोर्टमा मुद्दा चलाउन र दोषीलाई सजाय दिन सक्ने प्रावधान राखिएको छ।
विशेषगरी हजारौं युक्रेनी बालबालिकालाई रुसी क्याम्प तथा रुसी नियन्त्रणमा रहेका क्षेत्रमा लगिएको, उनीहरूलाई परिवारसँग सम्पर्क गर्न वञ्चित गरिएको र जबर्जस्ती रुसी शिक्षा दिइएको आरोप विभिन्न मानवअधिकार संस्थाले लगाएका छन्।
शरणार्थी संयुक्त राष्ट्रसंघका अनुसार युद्धका कारण ८० लाख युक्रेनी आफ्नो देश छाडेर युरोपका अन्य देशका शरणार्थी बनेका छन्। अधिकांश शरणार्थी परिवारसँग छुट्टिन बाध्य भएका छन्। यसैगरी देशभित्रै आन्तरिक रूपमा विस्थापित भएकाको संख्या ५३ लाख छ।
अन्तर्राष्ट्रिय सहयोग
युद्ध सुरु भएयता युक्रेनलाई सबैभन्दा बढी सहयोग गर्ने देश अमेरिका रहेको छ। अमेरिकाले यो अवधिमा २९.८ अर्ब अमेरिकी डलर सैन्य सहयोग गरेको छ। पछिल्ला दिनहरूमा युरोपियन युनियनकाको सहयोग पनि उल्लेख्य रहेको छ।
चीन र भारतको भूमिका
युक्रेन आक्रमणको निन्दा नगरेको भनेर आरोप लाग्दै आएको चीनले युद्ध रोक्न शान्तिवार्ताको आह्वान गरेको छ। यो युद्धबारे १२ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै उसले आफूले तटस्थ भूमिका निर्वाह गरेर शान्तिवार्ता गर्न चाहेको जनाएको छ। आणविक हतार प्रयोग नगर्न र सबै देशको सार्वभौमिकताका सम्मान गर्न चीनले आग्रह गरेको छ। रुसविरुद्ध विश्वका धेरै देशले लगाएको प्रतिबन्धलाई लक्षित गर्दै चीनले ‘शीतयुद्धको मानसिकता’ त्याग्न भनेको छ। यसैबीच बुधबार रुसी राष्ट्रपति पुटिनले मस्कोमा चीनका वरिष्ठ परराष्ट्र अधिकारी वाङ यीलाई भेटेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। उनले अन्तर्राष्ट्रिय अवस्थालाई स्थिरता दिन चीनको सहयोग महत्वपूर्ण रहने बताएका थिए। उता बेइजिङस्थित युक्रेनी राजदूतावासका अधिकारी झान्ना लेसचिनस्काले चीनको १२ बुँदे अवधारणाले युद्ध रोक्न चाहेको तर हालसम्म चीनले युक्रेनसँग कुनै वार्ता नगरेको बताएकी छन्।
उता युक्रेन युद्धको शान्तिपूर्ण समाधान खोजिनुपर्ने बताउँदै आएको भारत संयुक्त राष्ट्रसंघको साधारण सभामा युक्रेन आक्रमणको निन्दा गर्ने प्रस्तावको मतदानमा शुक्रबार अनुपस्थित रहेको छ। विश्वका १४१ देशले प्रस्तावको समर्थन गरेका छन् भने ३२ राष्ट्र यो मतदानमा सहभागी रहेनन्। यो युद्धलाई लिएर प्रस्ट दृष्टिकोण र अडान नलिएको आरोप भारतमाथि छ। यही अवधिमा भारतले रुससँग सहुलियत दरमा ठुलो मात्रामा तेल र ग्यास खरिद गरेको छ।
रुसले किन आक्रमण गर्यो ?
यी दुवै देशको लामो र जटिल इतिहास छ। सोभियत संघ विघटनपछि सन् १९९१ मा युक्रेन स्वतन्त्र भएको थियो। स्वतन्त्रता हासिल गरेपछि युक्रेन युरोपियन युनियन र पश्चिमा मुलुकसँग नजिकिँदै गएको थियो। पश्चिमी राष्ट्रको संगठन नाटोसँग युक्रेन आबद्ध हुन लागेको रुसी आरोप थियो। युक्रेनलाई आफ्नै अधिनस्थ राष्ट्र दाबी गर्दै आएको रुसलाई यो मन परेको थिएन। यूक्रेनी र रुसी जनता एक भएको दाबी पुटिनको रहँदै आएको थियो। यही पृष्ठभूमिका गत वर्ष युक्रेनमाथि आक्रमण भएको थियो। युद्धमा अपेक्षित सफलता हासिल गर्न असफल भएपछि रुसले युक्रेनका नयाँ क्षेत्रमा कब्जा गर्ने भन्दा युक्रेनी सैनिक क्षमतालाई क्षय गर्नेतर्फ बढी ध्यान दिएको मानिएको छ। युक्रेनमा रहेका रुसी मूलका जनसंख्याको फाइदा लिने र युक्रेनको सैनिकी तथा आर्थिक स्रोत र संसाधनलाई क्षयीकरण गर्ने उसको रणनीति रहेको छ।