जंगली हात्तीको आक्रमणबाट एक वृद्धा घाइते भएसँगै आक्रोशित स्थानीयले पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत मनहरी गाउँपालिका ३ लामिटारमा रहेको लामिटार चेकपोष्टमा तोडफोड गरेका छन्। हात्तीले वृद्धालाई आक्रमण गरेसँगै आक्रोशित स्थानीयले निकुञ्जका कर्मचारी र नेपाली सेना बस्दै आएको पोष्टमा तोडफोड गरेका हुन्।
आक्रोशित स्थानीयको तोडफोडबाट सेनाले प्रयोग गर्दै आएको गाडीसहित कार्यालय र गोलघरमा क्षति पुगेको छ। पोष्ट नजिकै स्थानीयले आगजनी समेत गरेका छन्। हात्ती लखेट्न र धनजनको क्षति हुन नदिन कुनै भूमिका नखेलेको भन्दै स्थानीय आक्रोशित भएका हुन्। मान्छेलाई आक्रमण गर्दा समेत कुनै वास्ता नगरेको र निकुञ्जले मानिसलाई भन्दा जनावरलाई बढी महत्व दिएको भन्दै आक्रोशित स्थानीयले नाराबाजी समेत गरेका छन्।
स्थानीयले तोडफोड गरेको अवस्थाको लामिटार पोष्ट । तस्वीर: गणेशदर्पण अधिकारी/ नागरिकमकवानपुरको मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रमा जंगली हात्तीले आइतबार साँझबाट आतंक मच्चाएको थियाे। आइतबार साँझ त्यस क्षेत्रमा देखा परेको हात्तीको आक्रमणबाट सोमबार बिहान एक वृद्धा घाइते भएकी हुन्। करेसाबारीमा काम गरिरहेकी मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीलाई हात्तीले आक्रमण गरेको हो। घाइते अधिकारीको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको छ।
अघिल्लो बर्षपनि यसै क्षेत्रमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको थियो। पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले केही दिन यता हाँडीखोला क्षेत्रमा तीनवटा हात्ती देखा परेको र त्यसले स्थानीयलाई हानी पुर्याइरहेको जानकारी दिए। ‘हात्तीले स्थानीयको घर भत्काउने, बाली नष्ट गर्ने गरिरहेको छ। हात्ती नियन्त्रणका लागि सेना खटाइएको छ’, उनले भने, ‘मनहरीको प्रतापपुरदेखि हाँडीखोला सम्म क्षति पुर्याइरहेको छ ।’ उनले साँझ बिहान घर बाहिर ननिस्किन समेत सर्वसाधारणलाई आग्रह गरेका छन्। यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले हात्ती नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय गरिरहेको जानकारी दिए। ‘अघिल्लो पटक पनि जेसिबी लगाएर लखेटेका हौं, मानिसले लखट्दा नमान्ने भएकोले यसो गरेका हौं’, कालाखेतीले भने, ‘थप धनजनको क्षति हुन नदिनेतर्फ गाउँपालिकाले भूमिका खेलिरहेको छ।’
हाँडीखोला क्षेत्रमा देखा परेको जंगली हात्ति । तस्वीरः गणेशदर्पण अधिकारी/ नागरिक
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...