इस्कोनको ‘महारात्री’ कार्यक्रम: ‘नेपाली संस्कृति, विदेशी प्रस्तुती’
०३ फागुन २०७९
•
६ मिनेट पाठ
इस्कोनको ‘महारात्री’ कार्यक्रम:  ‘नेपाली संस्कृति, विदेशी प्रस्तुती’
नेपाली संस्कृति सम्बन्धी नाटक तथा नृत्य प्रस्तुत गर्दै कलाकारहरु। तस्बिरः नागरिक
पछिल्लो समय वैदिक नेपाली सनातन धर्म संस्कारमा ह्रास आएको भनेर धेरैले चासो र चिन्ता व्यक्त गरेका छन्। तथापी संरक्षण र प्रवद्र्धनमा कहीं कतैबाट उल्लेख्य प्रयास भएको भेटिन्न।




जानेर या नजानेर अन्यत्रैबाट आयातित चाल चलनलाई अहिले धुमधामका साथ अपनाउने र यहाँका संस्कार संस्कृति र चाल चलनलाई बिस्तारै भुल्ने क्रम बढ्दो छ। हराउँदै गएको संस्कार संस्कृति र सनातन धर्म रक्षाका लागि लागेको संस्था अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (ईस्कोन) बागलुङले मंगलबार साँझ एक कार्यक्रमको आयोजना ग¥यो। कार्यक्रमको नाम थियो, महारात्री, ‘नेपाली संस्कृति, विदेशी प्रस्तुती’।

कार्यक्रमको नाम सुनेर धेरैले आश्चार्य माने। नेपाली नै नेपाली संस्कार संस्कृति बिर्सदै गएको बेला विदेशीले नेपाली संस्कृति प्रस्तुत गर्ने? इस्कोन बागलुङले टिकट काटेर नै यो कार्यक्रम हेर्न आउनका लागि आह्वान गरेको थियो। मंगलबारको दिन ढलेर सन्ध्याले धर्तीलाई अंगाल्दै गर्दा बागलुङ नगरपालिका—३ किनाराटोल स्थीत जोजोलपा ब्याङ्क्वेटमा मानिसहरुको उपस्थीति बाक्लिन थाल्यो। साँझको ६ बज्दा नबज्दै हल खचाखच भरियो।

इस्कोनले यस्तो कार्यक्रम विगतमा पनि गरेको थियो। चार वर्ष अगाडिको यस्तै कार्यक्रम हेर्ने मौका पाएकाहरु उत्साहित देखिन्थे। यस पटक पहिलोचोटी कार्यक्रम स्थल प्रवेश गर्नेहरुको अनुहारमा भने पनि कौतुहलता बढि थियो। दर्शकले हल भरिएपछि उद्घोषकको जिम्मा सम्हालेका डा. देवराज श्रेष्ठले कार्यक्रमको थालनी गरे। हलभित्रको बत्ती निभ्यो। पार्टी प्यालेस नाटकघरको रुपमा परिणत भयो। स्टेजमा नेपालको राष्ट्रिय झण्डा पहराउँदै विदेशी अनुहारका कलाकारहरु देखा परे। दर्शकदिर्घाको बाक्लो उपस्थीतिले चर्को हुटिङ लगायो। केही अचम्म मान्दै कानेखुसी गर्न लागे।

अँध्यारो बन्द हलभित्र हल क्षमता भन्दा बढि खचाखच दर्शकले भरिएपछि साँझको सवा ६ बजे ‘सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली’ बोलको नेपाली राष्ट्रिय गानले हल गुन्जायमान भयो। कहिल्यै राष्ट्रिय गान नगुनगुनाएकाहरु पनि आफ्नो कुर्चीबाट उठेर विदेशी कलाकारसंगै राष्ट्रिय गान गाउन थाले। सुरुवातमै रोचक माहोल सिर्जना भयो। हलभित्र भरिभराउ दर्शकले विकल्पको परिकल्पना गर्न नपाई करिब साढे दुई घण्टाको नेपाली संस्कृतिको प्रस्तुती सकियो।

विश्वका १० वटा देशबाट बागलुङ आएका कलाकारहरुको जादुयी प्रस्तुतीले कैयौं नास्तिक सोंच राख्नेहरुलाई एक पटक पूर्वीय दर्शन र भगवानको बारेमा सोंच्ने र धार्मिक किताबहरु किनेर पढ्ने विचार जन्माईदियो। चलचित्रको पर्दामाझै बिना रोकावत चलेको प्रस्तुतीले मनोरञ्जन र ज्ञान दुबै प्रदान ग¥यो। छिनभरमै नेपाली भजनमा नृत्य र छिनभरमै चलचित्रको नाटक जस्तो हाउभाउ र प्रस्तुती। कहिले वृन्दावनमा कृष्णसंग रमाउँदै गरेका गोपीनी त कहिले खतरनाक काली भगवतीको रुप धारण गरेका कलाकारको प्रस्तुतीले उपस्थीत दर्शकलाई निमेषभर झर्को लाग्न दिएन।

बागलुङका कालिका भगवतीको महिमासंग जोडिएको राजा जड भरतको कथासंग सम्बन्धित नाटकले सबैलाई मोहित पारेको थियो। ‘चार वर्ष अगाडि पनि मैले यो कार्यक्रम केही अंश हेर्न पाएको थिएँ, पछुतो नहोस् भनेर यस पटक चाँडै आईपुगें र अगाडि बसेर हेरें,’ छोरी सहित कार्यक्रम हलमा पुगेका पत्रकार महासंघ बागलुङका कार्यबाहक अध्यक्ष नवीन शिशिर विकले भने,‘मेरी छोरीले पनि निकै चाख मानेर हेरिन्। यो साँझ आनन्द र उल्लासपूर्ण भयो।’ विभिन्न १० देशका २५ अन्तर्राष्ट्रिय कलाकार तथा इस्कोन बागलुङका कलाकारहरुको नाटक सहितको प्रस्तुतीले कार्यक्रममा सहभागीको मन जित्यो। विदेशी भएर पनि नेपाली भेषभुषा र संस्कृतिमा गरिएको प्रस्तुतिले शुरुदेखी अन्त्य सम्मनै वाहवाही पाइरह्यो।

इस्कोनमा आवद्ध रसिया, युक्रेन, इटली, बेलारुस, फ्रान्स, स्पेन, हंगेरी, काजिकिस्तान, भारत र नेपालका कलाकारले गित, नाँच र नाटक प्रस्तुत गरेका थिए। साढे दुई घण्टाको अवधीमा श्रीकृष्ण र भागवत गीतासंग सम्बन्धित १० वटा नृत्य, दुई वटा नाटक एउटा प्रवचन प्रस्तुत गरिएको थियो। नाटकमा भगवान कृष्णका लिला सम्बन्धी कथालाई कलात्मक प्रस्तुती गरियो।

कार्यक्रममा सहभागी बालकालिका, युवायुवती देखि पाका पुस्तासम्म मोहित बनेर हेरिरहे। उद्घोषक डा. देवराज श्रेष्ठको नापतौलयुक्त उद्घोषणले दर्शकलाई ‘बोर’ हुने मौका दिएन।

मनोरञ्जनात्मक र सांस्कृतिक प्रस्तुतीहरुका लागि दर्शकको राम्रै सहभागिता हुने भए पनि प्रवचन सुरु भएपछि भने अधिकांस हल बाहिर निस्कीने, आपसमा कुराकानी गरेर बस्ने चलन देखिन्छ। तर त्यहाँ भने त्यस्तो भएन। ड्रामा र नृत्यको स्वादले लठ्ठिएका दर्शक अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (ईस्कोन) नेपालका उपाध्यक्ष एवं बागलुङका प्रमुख परमेश्वर अच्युतकृष्ण दासले प्रवचन दिँदा पनि ध्यानपूर्वक सुनेर बसिरहे। नेपाल संस्कार र संस्कृतिमा धनि हुँदा हुँदै पनि देखासिकी गर्दा पछि परेको उनको भनाइ थियो। ‘विदेशीहरु हाम्रो संस्कार संस्कृति र धर्म निकै उत्तम छ भनेर यताको सिको गर्दैछन्,’ उनले भने,‘हामीले भने आधुनिक बन्ने बहानामा आफ्ना संस्कृतिहरु कुल्चेर हिँडेका छौं।’  

नेपाल जस्तो सु–संस्कृत देश दुनियाँमै अर्को पाउन मुस्किल भए पनि पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएकाले नेपालीलाई आफ्नो संस्कार सस्कृतिको संरक्षणका लागि जागरण पैदा गर्न कार्यक्रम गरिएको उनले बताए। ‘पूर्वीय दर्शन र नेपाली संस्कृति साँच्चै विश्वलाई चकित पार्ने खालको छ, यस सम्बन्धीमा विश्वका मानिसहरुले अध्ययन अनुसन्धान गरिरहेका छन्,’ उनले भने,‘हामी भने बत्ती मुनीको अध्याँरो जस्तो भएर अर्काको देखासिकी गरेर विदेशी संस्कार अँगालीरहेका छौं। हाम्रो संस्कार बारेमा सिक्ने हुटहुटी होस् भनेर यो कार्यक्रम गरेका हौं।’

१० देशका २५ अन्तर्राष्ट्रिय कलाकारको नेतृत्व गरिरहेकी माधुर्य कादम्बिनीदेवी दासीले नेपालको संस्कार संस्कृतिको पटक—पटक प्रशंसा गरिन्। उनले भागवत गीता र श्रीकृष्ण लिलाले जीवनको अस्तित्व सिकाउने बताइन्। ‘तपाईहरु कोही वृन्दावन जानु भएको छैन भने जानुहोस्,’उनले भनिन्,‘ तपाईहरुको संस्कार संस्कृति भित्र जीवन छ। त्यसलाई बुझ्नुभयो भने तपाईको दुःखको अन्त्य हुन्छ। कार्यक्रम हेरेपछि अधिकांस दर्शकले यसको प्रसंसा गरे।

‘विदेशी नागरिक भएर पनि हाम्रो यहाँको कला संस्कृतिको बारेमा यति धेरै चासो र ज्ञान राखेर हामीलाई नै दिक्षित गर्नेगरी प्रस्तुती गर्नु निकै ठूलो कुरा हो,’ सुदिप राजभण्डारीले भने,‘हामी आधुनिक बन्नका लागि कहीं कतै अरुको चाल चलनको नक्कल गर्नु पर्दैन हाम्रो संस्कार जोगाउन सके हुन्छ भन्ने पाठ पनि यो हो।’ विदेशी कलाकारले नेपाली संस्कार र दर्शनको ऐना देखाएको उनको प्रक्रिया थियो।

यो कार्यक्रममा नेपाली युवाहरुमा नैतिक शिक्षा दिएको अधिवक्ता राम शर्मा बताउँछन्। ‘पछिल्लो समय नैतिक शिक्षा ह्रास हुँदै गएको छ,’ उनले भने,‘यो कार्यक्रमले सनातन धर्म र गीताको अध्ययनबाट नैतिक शिक्षा आर्जन गर्न सकिन्छ। अहिले युवाहरुले धर्म र ध्यानबाट आनन्द लिन सक्छन् भन्ने सिकाउँछ।’ भौतिक सुख सुविधाको पछि लागरे मानिसहरु यन्त्र जस्तै भएको बेला धार्मिक ज्ञानहरुको महत्व झन बढेर गएको र यसले आपसी सद्भाव र भाईचाराको विकास गर्ने उनी बताउँछन्।

महाशिवरात्रीको पूर्व सन्ध्यामा गरिएको उक्त कार्यक्रममा इस्कोन बागलुङले एक हजार र पाँच सय रुपैयाँको टिकट व्यवस्था गरेको थियो। कार्यक्रममा पाँच सय जना टिकट लिएर अन्य स्वयंसेवक र पाहुना गरी थप एक सय जना गरेर ६ सय बढिले उक्त कार्यक्रममा सहभागिता जनाएको इस्कोन बागलुङका प्रमुख परमेश्वर अच्युतकृष्ण दासले बताए। सबै कलाकारहरुले निःशुल्क प्रस्तुती दिए पनि उनीहरुको यातायात र अन्य व्यवस्थापनमा करिब पाँच लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए।  
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस