कलाकार सन्तोष पन्तले पहुँच देखाएपछि...
०६ असोज २०७३
•
९ मिनेट पाठ
कलाकार सन्तोष पन्तले पहुँच देखाएपछि...
पीडित र पीडक पक्षबीच मिलापत्र गराइसकेर बुधबार राती प्रतिष्ठानको उपकुलपति कार्यालयबाट बाहिरिदै प्रजिअलगायत । तस्बिर:रोहित राई
धरान–रोगजारदाता कम्पनीका प्रमुखसमेतको उपस्थितिमा दुर्व्यवहार  भएको भन्दै आवाज उठाइरहेकी एक महिला सुरक्षा गार्डलाई प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख(एसपी)को उपस्थितिमा पीडक पक्षसँग मिलापत्र(सहमति) गराइएको छ ।




घटना भएको ५ दिनपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार साँझ सुनसरीका प्रजिअ मोहन चापागाईं, एसपी पोषराज पोखरेल र महिला सञ्जाल धरान साक्षी बसेर पीडक पक्ष र पीडितबीच सहमति गराइएको हो । उपकुलपतिको बैठक कक्षमा भएको छलफलमा प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठ,अस्पताल निर्देशक डा.अरविन्द सिन्हा, अनेम संघको जिल्ला, क्षेत्रीय र नगर कमिटिका प्रतिनिधि पनि थिए ।

मुख्य आरोपीको उपस्थिति विना छलफल गराएको र न्याय दिलाउनुपर्ने निकायबाटै मिलापत्र गराएको भन्दै महिला अधिकारकर्मी, प्रहरी र प्रजिअको चर्को आलोचना

पत्रकारलाईसमेत प्रवेश नदिइएको छलफल करिब चार घण्टा लामो चलेको थियो । छलफलमा पीडक पक्षतर्फबाट केटिएम सेक्युरिटीका प्रमुख रामेश्वर शाह उपस्थित थिए । तर, महिला गार्डमाथि दुर्व्यवहार गरेको मुख्य आरोप लागेका कलाकार तथा केटिएम सेक्युरिटीका ब्राण्ड एम्बासडर सन्तोष पन्त भने थिएनन् । मुख्य आरोपीको उपस्थिति विना छलफल गराएको र न्याय दिलाउनुपर्ने निकायबाटै मिलापत्र गराएको भन्दै महिला अधिकारकर्मी, प्रहरी र प्रजिअको चर्को आलोचना भइरहेको छ ।

शुक्रबार राति प्रतिष्ठानको दशहरा हलमा आयोजित साँस्कृतिक कार्यक्रम(पार्टी)मा सहभागी हुन पन्त र शाह धरान आएका थिए । पार्टी सकेपछि मदिरासमेत पिएका पन्तलाई साथमा लिएर केटिएम प्रमुख शाह डिउटी चेकजाँच गर्न हिडेका थिए । उनीहरु न्यु प्रेरणा गल्र्स होस्टलमा पुग्दा बिहान(शनिबार)को करिब अढाई बजिसकेको थियो । प्रेरणा गल्र्स होस्टलमा नियमअनुसार राति ११ बजेपछि कसैलाई पनि ढोका खोल्न, भित्र पस्न वा बाहिर निस्कन अनुमति छैन ।

ढोका खोल्न लगाएपछि बाहिर निस्किएकी महिला गार्डलाई केटिएम प्रमुख शाहकै उपस्थितिमा ब्राण्ड एम्बासडर पन्तले महिला सुरक्षा गार्डको शरीर, पेटमा हात पुर्याएको र प्रमुख शाहले पनि बिहे भएको छ कि छैन, श्रीमान् सँगै छ कि छैन जस्ता अवाञ्चित प्रश्नहरु गरेको आरोप लागेको थियो । पन्तले भने आफू मदिरा पिएर गएको स्वीकार गरेपनि महिला गार्डको शरीरमा हात पुर्याएको आरोपलाई अस्वीकार गरेका थिए । केटिएमले डिउटी चेकजाँचको क्रममा दर्जन बढी गार्डहरु निदाएको अवस्थामा भेटिएपछि कारबाही हुने डरले अनावश्यक आरोप लगाएको प्रतिक्रिया दिएको थियो ।

ढोका खोल्न लगाएपछि बाहिर निस्किएकी महिला गार्डलाई केटिएम प्रमुख शाहकै उपस्थितिमा ब्राण्ड एम्बासडर पन्तले महिला सुरक्षा गार्डको शरीर, पेटमा हात पुर्याएको र प्रमुख शाहले पनि बिहे भएको छ कि छैन, श्रीमान् सँगै छ कि छैन जस्ता अवाञ्चित प्रश्नहरु गरेको आरोप लागेको थियो ।

शनिबारै महिला गार्डहरु केटिएम प्रमुख शाह र पन्तविरुद्ध जाहेरी दिन इलाका प्रहरी कार्यालय गएपनि प्रहरीले सार्वजनिक विदा भन्दै जाहेरी नलिई फर्काएको थियो । आइतबार पनि महिला सञ्जालको नेतृत्वमा महिला गार्डहरु जाहेरी लिएर प्रहरी कार्यालय पुगेपनि डिएसपी ढकेन्द्र खतिवडाले जाहेरी लिन नमिल्ने भन्दै फर्काएको थियो ।

जनतामाझ छवि सुधार गर्न ‘प्रहरी मेरो साथी’ अभियान शुरु गरेको प्रहरीले धरानमा भने महिलामाथि भएको दुव्र्यवहारको जाहेरी नलिन प्रहरीको उच्च तहबाटै निर्देशन आएको थियो । मंगलबार पीडित महिला गार्डले धरान आएका सिडिओ चापागाईलाई प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै ज्ञापन पत्र बुझाएका थिए । त्यसको भोलीपल्ट सदरमुकाम इनरुवाबाट प्रजिअ चापागाई र एसपी पोख्रेल धरान आएर छलफल गराई सहमति गराएका हुन् ।

सहमति पत्रमा हस्ताक्षरकर्ताहरुलाई समेत सहमति पत्र दिइएको छैन । सहमतिपत्र प्रतिष्ठानको रजिष्टारले मात्र राख्ने सहमति भएको छलफलका एक सहभागीले बताए । रजिष्टार श्रेष्ठका अनुसार केटिएम प्रमुख शाहले घटनाप्रति दुःख प्रकट गर्दै आइन्दा घटना नदोहोरिने प्रतिवद्धता जनाएका छन् भने महिला गार्डहरुलाई पुर्वाग्रह राखेर कारबाही नगर्ने, सम्मानपुर्वक काम गर्न सक्ने वातावरण तयार गर्ने तथा महिला गार्डले पनि केटिएमले दिएको उचित निर्देशन पालना गर्नेलगायत बुँदा छन् ।

छलफलमा सहभागी एक महिला गार्डका अनुसार एसपी, सिडिओलेसमेत मुद्दा दर्ता गर्दा अदालतमा सबुत प्रमाण नपुग्ने र न्याय पाउन गाह्रो हुने भनेपछि मिलापत्र गरेर चित्त बुझाउनुपरेको बताइन् । ‘एसपी, सिडिओले नै प्रमाण पुग्दैन, केस अदालतमा लगेर पनि न्याय पाउन गाह्रो छ भने’–ती गार्डले भनिन्–‘रामेश्वर शाहले पनि कम्पनीको चिफ मै हु, माफी माग्छु भनेपछि चित्त बुझाउनुपर्यो ।’ प्रतिष्ठानको सुरक्षा ठेक्का पाएको केटिएम सेक्युरिटीमा १ सय २९ गार्डमध्ये १२ जना महिला छन् ।

जिल्ला प्रहरी प्रमुख(एसपी) पोख्रेलले भने आफुहरुको उपस्थिति भएपनि मिलापत्र गराउन कुनै भुमिका नरहेको जिकिर गरे । पीडित पक्षले छलफलमा जाहेरी दर्ता गर्छु नभनेको तर चित्त नबुझेमा अदालत जाने विकल्प अझै खुला रहेको बताए । ‘बीपीको सुरक्षा र केटिएमबारे धेरै कुरा आयो, त्यसैले सुरक्षाको बिषयलाई पनि लिएर हामी गएका हौं’–एसपी पोख्रेलले भने ।

प्रजिअ चापागाईले भने मुद्दाले धेरै समय लिने भएकोले तनाव हुने र रोजीरोजीको पनि बिषय भएकोले वार्ता गरेर समाधान निकालिएको बताए । ‘जाहेरी गर्न प्रमाणको कुरा आउछ । फोटो, मापसे चेक गर्नेलगायत कुरा हुन्छन् । तर कसैलाई बचाउन सहमति गरेको होइन’–प्रजिअ चापागाईले भने–‘मुद्दाले धेरै लामो समय लिन्छ र तनाव बढाउछ । रोजीरोटीको कुरा पनि छ । एक पटक टेवल टक गरौं भन्यौं । कानुनी उपचारमा जाने बाटो त छँदैनै छ ।’
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस