आठ वर्षमा आठौँ पटक म्याद थप्दा पनि गोरखाको आरुघाटदेखि ओख्ले खण्डको अझै काम पुरा भएको छैन। २५ करोड ४२ लाखममा १३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको रसुवा ईलाईट सूर्य जेभीले अहिले सम्म ८० प्रतिशत काम मात्रै गरेको छ।
विगतको वर्ष जस्तै १० प्रतिशत मात्र काम भयो भने अझै दुई वर्ष यो खण्ड कालोपत्रे हुने छाँटकाँट देखिदैन्। उक्त खण्डमा अहिले काम नभएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका इन्जिनियर बिदुर सुवेदीले बताए।
२०७२ माघमा ठेक्का सम्झौता भएको ओख्लेदेखि निवेल खण्डको आधा आधी मात्रै काम भएको छ। सात वर्षमा अहिले सम्म ५७ प्रतिशत मात्रै प्रगति रहेको कार्यालयले जनाएको छ। २०८० असार ८ गते सम्म पाँचौँ पटक म्याद थप गरेर निर्माण कम्पनी सूर्य कन्ट्रक्शनले काम गरिरहेको छ। ३२ करोड ९१ लाखमा सम्झौता भएको उक्त खण्ड पनि अहिले अलपत्र छ।
आयोजना कार्यालयले यो दुवै ठेक्कालाई क्रोनिक ठेक्काको रूपमा लिएको छ। लामो समय सम्म काम नहुँदा मध्ये पहाडीको गोरखामा पर्ने एउटा पनि खण्डमा पुरा काम भएको छैन। यहाँ मध्ये पहाडीको करिब ६३ किलोमिटर सडक पर्छ।
पालुङटार नगरपालिका देखि चेपे सम्मको पाँच किलोमिटर सडक २०७२ मै सम्झौता भएर काम सुरु भएको हो। ८३ प्रतिशत काम सकेर निर्माण कम्पनी बज्रगुरु द कन्चनजंगा शंकरमाली जेभीले यसै छाडेको छ। त्यहाँ काम भएको छैन। २०७९ माघ २३ गते सम्मकालागि यस अघि म्याद थप भएको थियो। ३५ करोड ४४ लाखमा ठेक्का सम्झौता भएको हो।
मसाने ठाँटीदेखि पालुङटार सम्मको १६ किलोमिटर सडक र निबेलदेखि मसाने ठाँटी सम्मको १२ दशमलव ३ किलोमिटर सडक कालोपत्रेको सम्झौता २०७७ असारमा भएको हो। दुई वर्ष भित्र सम्पन्न नभएपछि यो दुवै ठेक्काको म्याद २०८० असार सम्म थपिएको छ।
मसाने ठाँटीदेखि पालुङटार खण्डमा १९ प्रतिशत र निबेलदेखि मसाने ठाँटी खण्डमा ४८ प्रतिशत काम भइसकेको आयोजना कार्यालयका इन्जिनियर बिदुर सुवेदीले बताए। यो दुवै खण्डमा काम भइरहेको छ। मसाने ठाँटी पालुङटार खण्डमा घना जंगल र रुखहरू धेरै पर्ने भएकाले कामको गति ढिला भएको थियो।
अहिले रुख काट्ने अनुमति आईसकेको र टाँचा लगाइ सकिएकाले कामले गति लिने उनले बताए। सडकको दायाँबायाँ भएका रुखहरू डिभिजन बन कार्यालय र उपभोक्ता समितिको समन्वयमा काट्ने तयारी भइरहेको बन कार्यालयले जनाएको छ।
पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका प्रमुख सुनिल रंजितकारले कार्यालयले पटक–पटक पत्राचार गरेर तत्काल काम गर्न निर्माण कम्पनीलाई भनिरहेको बताए।

‘अहिले काम सबैमा सुरु भएको हुनुपर्छ’ उनले भने ‘काम गर्नुहोस् भन्ने हो, काम नगरेमा अन्तिम विकल्प कालोसूचीमा राख्ने बाहेक हामीसँग अन्य अधिकारी हुँदैन।’सबै खण्डमा अहिले काम गर्न आएकाले केही समयमा प्रगति देखिन सक्ने उनले बताए। ‘धेरैजसो खण्डको काम अन्तिम चरणमा पुगेको छ, केही समय काम गर्दा सकिन्छ’ उनले भने।