ज्येष्ठ नागरिकलाई सम्मान
२२ माघ २०७९
•
१ मिनेट पाठ
ज्येष्ठ नागरिकलाई सम्मान
धुलिखेल नगरपालिका-९ मा स्थानीय ज्येष्ठ नागरिक र लामो समयसम्म राजनीतिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा समर्पित भएका नागरिकलाई सम्मान गरिइएको छ।




वडा कार्यालयद्वारा शनिबार काभ्रेभञ्ज्याङमा आयोजित कार्यक्रममा सामाजिक सेवाका अग्रज तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो। समाज परिवर्तनमा ज्येष्ठ नागरिकले गरेको योगदानको स्मरण एवं कदर गर्दै उनीहरूलाई दीर्घजीवनको कामनासहित सम्मान गरिएको वडाध्यक्ष बद्रीप्रसाद हुमागाईँले बताए। सम्मानितलाई दोसल्ला र सम्मानपत्र तथा ज्येष्ठ नागरिकलाई ब्ल्यांकेटसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले अग्रज पुस्ताको सही मार्गनिर्देशअनुसार नयाँ पुस्ता सामाजिक यात्रामा हिंड्नुपर्ने बताए। नगर उपप्रमुख निराजन जङ्गम, राष्ट्रिय भूमि आयोगका जिल्ला सदस्य वासुदेव हुमागाईँ लगायतले अग्रजको सामाजिक कामको अनुशरण गर्दै आफूहरू सामाजिक सेवामा लागेको बताए। रासस
अर्को समाचार
ज्येष्ठ नागरिकलाई सम्मान
०९ फागुन २०७७
•
२ मिनेट पाठ
ज्येष्ठ नागरिकलाई सम्मान
७१ औं प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। आयोजित कार्यक्रममा स्थानीय समाजसेवी ज्येष्ठ नागरिक शम्भु भण्डारी र सुमित्रा भण्डारीलाई सम्मान गरिएको थियो। उनीहरूलाई कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की, वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र आयोजक संस्थाका अध्यक्ष यादनरसिंह कार्कीले दोसल्ला ओढाएर सम्मानपत्र समर्पण गरेका थिए।  




विराटनगर–११ अलका टोलले प्रजातन्त्र दिवसका अवसरमा हरेक वर्ष ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ। कार्यक्रममा कवि कृष्णराज कोइराला, इन्द्र खतिवडा, तारा नेपाल, बुद्ध ताम्राकारलगायतले प्रजातन्त्रसँग सम्बन्धित रचना प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उमेयर कार्कीले प्रजातन्त्र आएपछि मुलुकमा विकास निर्माण र आमनागरिकको जीवनस्तरमा सुधार आएको बताइन्। तर, आमजनताले प्रजातन्त्रको उपभोग अझै गर्न नपाएको उनको भनाइ थियो। नेताहरूले प्रजातन्त्रलाई गलतरूपमा प्रयोग गरिरहेको बताइन्।  

ज्येष्ठ नागरिकको अनुभव र ज्ञानलाई आत्मसात गर्दै देशको विकास गर्नुपर्ने बताउँदै, वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले भने, ‘प्रजातन्त्र प्राप्तिमा पूर्वहरूको अतुलनीय योगदान रहेकाले उनीहरूको योगदानलाई भुल्न हुँदैन।’ ज्येष्ठ नागरिक समाज विराटनगर–११ का अध्यक्ष ललित श्रेष्ठ, समाजसेवी चिरञ्जीवी दाहाल, संयुक्त नगर टोल संगठन विराटनगरका अध्यक्ष राजेश मास्के, प्राध्यापक भूषण ढुंगेललगायतले ज्येष्ठ नागरिक अनुभव र ज्ञानलाई राज्यले ग्रहण गर्न नसकेको बताए। उनीहरूले ज्येष्ठ नागरिकले विगतमा मुलुकको राजनीतिक, आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान दिएको बताए। कार्यक्रममा ऋषिराम कोइरालाको स्मृतिमा उनकी धर्मपत्नी राधादेवी कोइराला र छोराद्वय धु्रव र नरहरि कोइरालाले ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माणका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरे। करिब १ करोडको लागतमा सामुदायिक भवन निर्माण हुँदैछ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस