आजभोलि धेरै मानिसले एउटै गुनासो गरिरहेको सुनिन्छ, ‘देशमा भनेजस्तो काम नै पाइएन’, वा ‘गतिलो रोजगारी भेटिएन’। यस्तो गुनासो गर्ने वा रोजगारीका लागि विदेशिने धेरै व्यक्तिहरूका लागि प्रेरणाकी स्रोत हुनसक्छिन्, धनकुटाकी ध्रुवदेवी राई।
धनकुटा, नगरपालिका–८ की राईले २०६३ सालदेखि ललितपुर गोदावरी नगरपालिका ११ चापागाउँमा अस्थायी बसोबाससँगै च्याउखेती गर्दै आएकी हुन्। १६ वर्षदेखि च्याउखेती गर्दै आएकी राईको अहिले पनि आयको मुख्य स्रोत च्याउखेती नै हो। च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि राईले लगानीसमेत बढाउँदै लगेकी छिन्।
राइले आफ्ना श्रीमान् विदेशिएपछि काम गर्ने सिलसिलामा च्याउखेती गर्ने प्रविधि धनकुटामै सिकेकी रहिछन्। सुरुसुरुमा च्याउखेती राम्रोसँग नफस्टाउदा धनकुटाकै कृषक विष्णु राईले धैर्य राख्न प्रेरित गरेको उनले बताइन्।
२/३ लाखबाट सुरु भएको च्याउखेती व्यवसायमार्फत अहिले वार्षिक ८ देखि १० लाख रूपैयाँसम्म आम्दानी गर्दै आएकी छन्।
‘विगत १६ वर्षदेखि म यही च्याउखेती गरिरहेकी छु’, उनले भनिन्, ‘यसबाट राम्रो आम्दानी भएको छ।’ उनी भन्छिन्, व्यवसायमा उत्तरचाढाउ त भइहाल्छ नि ! केही समयअघि च्याउको बजार सानो भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउखेतीमा लाग्ने व्यवसायीसमेत थपिँदै गएका छन्। हरेक दिन च्याउखेतीमै समय बिताउने राईलाई विदेशबाट फर्किएका श्रीमान् र छोराछोरीले पनि खेती विस्तार र व्यवस्थापनमा सहयोग गरिरहेका छन्।
च्याउखेतीका लागि चापागाउँमा ११, लेलेमा १० र भारदेउमा १९ वटा गरी जम्मा ४० वटा टनेलमा च्याउखेती गरिरहेको बताइन्। राईले टनेलमा अग्र्यानिक च्याउ उत्पादन गर्ने गरेको बताइन्। दैनिक करिब ४ सय केजी बराबरको च्याउ उत्पादन गर्दै आएको उनी बताउँछिन्। उत्पादन भएको च्याउ ललितपुरको विभिन्न स्थानमा र काठमाडौंको कालिमाटीमा बढी खपत हुने गरेको उनको भनाइ छ। अहिले च्याउ उत्पादन गर्न सके च्याउ बिक्री नहुने भन्ने हुँदैन। किनभने अहिले पनि बजारमा च्याउको माग प्रशस्त छ।
राईले काठमाडौंको कालिमाटीबाट च्याउको बिउ ल्याउने गरेकी छिन्। ‘च्याउ नबिक्ने समस्या छैन,’ राईले भनिन्, ‘च्याउ प्रतिकेजी हाललाई १ सयदेखि २ सय ५० रूपैयाँसम्म बिक्री हुने गरेको छ। सुगर, प्रेसरलगायतका बिरामीले खान मिल्ने र मासुको विकल्पमा पनि च्याउको प्रयोग बढेपछि हरेक ठाउँमा च्याउको माग बढ्दै छ।’
उनका अनुसार भदौ महिनादेखि फागुनसम्म च्याउबाट राम्रो आम्दानी लिन सकिन्छ। कुनैकुनै वर्षमा बर्सातका कारण ८/१० लाख बराबरको घाटा पनि व्यहोर्नुपर्ने हुनसक्छ। बर्षातको समयमा लगातार परेको पानीका कारण बिक्री नहुँदा कुहिएर जाने गरेको उनी बताउँछिन्। च्याउको विशेषता भनेकै त्यसमा पाइने प्रोटिन र भिटामिन मात्र होइन स्वाद पनि हो। च्याउमा बोसो नगन्य मात्रामा पाइन्छ, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइने गरिन्छ। शाकाहारीहरूले जहिले पनि खोजी गरिरहेको देखिन्छ।
उपभोक्तालाई ताजा च्याउ उपभोग गराउने उद्देश्यले च्याउ खेती गरेको राईले बताइन्। उनले पहिले गोब्रे च्याउ उत्पादन गरेकी थिइन् भने पछिल्लो ५/७ वर्षदेखि कन्ये च्याउ उत्पादन गरिरहेको पनि बताइन्। आफ्नो परिवार लगायत उनले चापागाउँ, लेले र भारदेउ गरेर ८ जनालाई रोजगारी दिएकी छन्। च्याउखेतीको काम गर्न उनले ठेक्कामा दिने गरेको पनि उनले बताइन्। चापागाउँमा ४ रोपनी जग्गा, लेलेमा ३ रोपनी र भारदेउमा ८ रोपनी जग्गाको वार्षिक भाडा २ लाख ६० हजार तिर्ने गरेको राईले बताइन्। उनी भन्छिन्, हामीले उत्पादन गरेको च्याउ प्रायः काठमाडौंका व्यापारीले खेतीबाटै लैजाने गरेका छन्।
‘च्याउबाट आम्दानी भरपुर हुन्छ,’ उनी भन्छिन्, ‘सधैं एकनासको कमाइ हुँदैन। परिवारले साथ दिएपछि गर्न नसकिने काम भनेको केही छैन्। जे पनि गर्न सकिन्छ। लगातार हार नमानी काम गर्ने हो भने आम्दानी सोचेजस्तै हुन्छ।’ उनका अनुसार च्याउखेती पहाडी क्षेत्रका गाउँघरमा सहजरूपमा गर्न सकिन्छ तर यसबारे व्यवहारिक ज्ञान भने लिनैपर्छ। यो थोरै जग्गामा गर्न सकिने खेती भए पनि विशेष स्याहार आवश्यक पर्छ तर अन्य खेतीजस्तो धेरै दुःख भने गर्नुपर्दैन।’ यो खेतीमा सामान्य आय भएका परिवारले पनि लगानी गर्न सक्ने राईको दाबी छ।
‘यसबाट प्रतिफल लिन पनि खासै समय लाग्दैन। त्यसैले सीप सिकेर अठोटका साथ काम गर्दा सफलता निश्चित छ,’ राइले भनिन्, ‘धनकुटा देखि ठुली छोरी काखैमा च्यापेर चापागाउँमा आएर च्याउखेती सुरु गरेकी थिएँ। केही वर्षपछि अर्की छोरी र छोरो पनि जन्मियो। छोराछोरी सानै थिए। हाम्रो च्याउखेतीबाट आएको आम्दानीले ती छोराछोरीको ओठमा मुस्कान छर्न सकेका छौं। यसले हामीलाई पनि सन्तुष्टि दिएको छ। घरखर्च र छोराछोरीको पढाइ सहजतासाथ गर्न सकिरहेका छौं। निकट भविष्यमै जेठी छोरी उच्च शिक्षा हासिल गर्न क्यानडा जाने तयारी गरिरहेकी छन्।
विशेषज्ञको सल्लाह लिएर आफ्नो ठाउँको वातावरण र उपलब्ध साधनमा आधारित भएर फरक–फरक किसिमका च्याउ खेती गर्न सकिने अनुभव उनले गरेकी छन्। राईले नेपालमा अहिले कन्ये च्याउ, गोब्रे च्याउ, सिताके च्याउ र राते च्याउको खेती भइरहेको बताइन्। तुलनात्मक रूपमा कन्ये च्याउ अन्यभन्दा सस्तोमा बिक्छ भने अन्य च्याउहरू महँगा हुन्छन्। ‘च्याउ खेतीका लागि तराईदेखिको पराल ल्याउनुपरेको उनले बताइन्। टहरा बनाउन खर, बाँस लगायत अन्य सामग्री पनि चाहिन्छ। यी साधन गाउँ घरमा सहज रूपमा पाइने भएकाले यसका लागि ठूलो संघर्ष गर्नु पर्दैन,’ उनले बताइन्। आफूले उत्पादन गरेको च्याउ देखाउँदै राई भन्छिन्, ‘च्याउखेती गर्ने प्रविधि त्यत्ति अप्ठेरो छैन। अरूले गरेको एकपटक देखियो भने पनि सिक्न सकिन्छ तर व्यावसायिक रूपमा अघि बढ्न तालिम लिएकै राम्रो हुन्छ।’ कृषक राईका अनुसार तालिमले ‘व्यक्तिको आत्मविश्वास मात्रै बढाउँदैन, व्यवसायमा हुनसक्ने नोक्सानीको जोखिम मापन गर्न पनि सिकाउँछ। च्याउखेती सम्बन्धी तालिमको चाखलाग्दो पक्ष त के भने यो त्यति लामो अवधिको पनि हुँदैन।कृषक राईका अनुसार च्याउखेती प्रायः चिसो मौसम र ठाउँमा गरिन्छ। तराईक्षेत्रको गर्मी मौसममा भने यसको खेती गर्न सम्भव नहुने विज्ञहरू बताउँछन्। पहाडी क्षेत्रमा भने यो खेती बाह्रैमास गर्न सकिन्छ। यसका लागि घरको कोठा नै चाहिन्छ भन्ने छैन। घरबाहिर खेतबारी, वा खरको छाप्रो र टहरामा पनि गर्न सकिन्छ।
त्यस्तै, गाउँमा आफ्नै घरवरपरका घाम नलाग्ने छहारीमा पनि गर्न सकिने राईले जानकारी दिए। यसका लागि सीधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त नहुने उनको अनुभव छ।