एक सातादेखि गाउँ अन्धकार
१३ भदौ २०७३
•
४ मिनेट पाठ
एक सातादेखि  गाउँ अन्धकार
झापा–विद्युत सहकारीले गरेको लापरबाहीले दक्षिण इलामको चुलाचुलीका बासिन्दा साताभन्दा लामो समयदेखि विद्युत सेवा उपभोगबाट बञ्चित भएका छन्। ग्रामीण विद्युत  सहकारी संस्था  चुलाचुली इलामले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने रकम नबुझाएको भन्दै प्राधिकरणले विद्युत लाइन काटिदिएको छ।




प्राधिकरणले लाइन काटिदिएपछि चुलाचुलीका वडा नम्बर २, ३ र ४ का  बासिन्दा एक साता अघिदेअि अन्धकारमा बस्न बाध्य छन् । विद्युत सेवा अवरुद्ध भएपछि विद्युत आश्रित सम्पूर्ण गतिविधि गाउँमा ठप्प भएको छ।

प्राधिकरणले लाइन काटिदिएपछि चुलाचुलीका वडा नम्बर २, ३ र ४ का  बासिन्दा एक साता अघिदेअि अन्धकारमा बस्न बाध्य छन् । विद्युत सेवा अवरुद्ध भएपछि विद्युत आश्रित सम्पूर्ण गतिविधि गाउँमा ठप्प भएको छ।

सहकारीले प्राधिकरणलाई बुझाउनु पर्ने महससल वापतको रकम  ८ लाख रुपैयाँ भन्दा बढी छ। तर, स्थानीयले भने आफूले विद्युत उपभोग गरे वापतको महशुल प्रत्येक महिना सहकारीमा बुझाउँदै आएको बताएका छन्। सहकारीलाई पटक पटक जानकारी गराउँदासम्म महशुल बुझाउन कुनै चासो नदेखाउँदा लाइन काट्नु परेको प्राधिकरणको तर्क छ। प्राधिकरण र सहकारीबीचको विवादले सर्वसाधारण चेपुवामा परेका छन्। साता अघिदेखि विद्युत नभएपछि स्थानीयबासी  मोवाइल फोन चार्ज गर्न पनि  झापा झर्न थालेका छन्। त्यसबाहेक खेतबारीमा सिञ्चाई गर्ने क्रम पनि बन्द भएको छ ।

‘हामीले समयमै विद्युत महशुल सहकारीमा बुझाउँदै आएका थियौं’, केर्खा बजारमा  मोवाइलल चार्ज गर्न आइपुगेका चुलाचुली—४ का पुण्यप्रसाद न्यौपानेले भने, ‘प्रत्येक घरका टिभी रेडियो सवै बन्द छन् सहकारीका सञ्चालकको लापरवाहीका कारण स्थानीयले अनावश्यक सास्ती खेप्नु पर्यो।’

प्राधिकरण र सहकारीबीचको  कारोबारले उपभोक्तालाई सेवा उपभोग गर्नबाट बञ्चित गर्न नहुने मानव अधिकार  मध्यस्थता गाउँ समिति चुलाचुलीका सदस्य भिमचन्द्र बस्नेत बताउँछन्। सहकारी संस्थाका समितिका सदस्यबीचको विवादका कारण यो समस्या आएको स्थानीयवासीको भनाइ छ।  ‘उपभोक्ताले मिटर बक्सकालागि  रकम बुझाएको २ वर्ष भयो आजसम्म मिटर बक्स पाएका छैनन्’, स्थानीय उपभोक्ताले भने, ‘उपभोक्तासँग मासिक रुपमा महशुल लिन सक्ने सहकारीले पा्रधिकरणमा नबुझाउने अनि त्यसको क्षति उपभोक्ताले व्यहोर्नु पर्ने भयो ।’

सहकारीका उपाध्यक्ष पारस लावतीले समितिका केही व्यक्तिको लापरवाहीका कारण  यस्तो समस्या आएको दाबी गरे। ‘सहकारीले पहल गरिरहेको छ’, लावतीले भने, ‘जति सक्दो चाँडो  प्राधिकरणसँग समन्वय गरेर लाइन जडान गर्ने पहलमा  छौं।’  यद्यपि कहिलेसम्ममा लाइन सुचारु हुने कुनै टुङ्गो छैन ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४८ सेकेन्ड अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस