समताका विद्यार्थीलाई मातृसेवा प्रतिष्ठानको छात्रवृत्ति
०८ माघ २०७९
•
२ मिनेट पाठ
समताका विद्यार्थीलाई मातृसेवा प्रतिष्ठानको छात्रवृत्ति
पोखरामा शनिबार छात्रवृत्ति वितरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी।तस्बिर: नागरिक
मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा २ सय ९ जना विद्यार्थीलाई १२ लाख २१ हजार रूपैयाँ छात्रवृत्ति रकम वितरण गरियो ।




कुनै पनि दाताको सहयोगबिनै प्रतिष्ठानले प्राविधिक विषय अध्ययनका लागि निरन्तर छात्रवृत्ति वितरण गर्दै आएकोमा यसपालि समता शिक्षा निकेतनका १ सय ९२ र आनन्दज्योति माविमा जेटिए अध्ययनरत ११ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको पूर्वमन्त्री एवं प्रतिष्ठानका संस्थापक अध्यक्ष हरि पाण्डेले जानकारी दिए।उनका अनुसार प्रतिष्ठानले यसअघि विभिन्न नाममा देशभर ६ सय २५ जना विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्ति वितरण गरिसकेको छ ।

समता शिक्षा निकेतन मासिक एक सय रूपैयाँमा अध्यापन हुने विद्यालय हो।पोखराको यो विद्यालयमा एकदेखि १० कक्षासम्म अध्यापन हुन्छ।एक हजारभन्दा बढी विद्यार्थी विद्यालयमा अध्ययनरत छन्।यसपालि समताका शिक्षा निकेतनको पोखरास्थित विद्यार्थीका लागि प्रतिविद्यार्थी चार हजार रूपैयाँ र व्यवस्थापन खर्च १५ सय गरी कुल ५ हजार ५ सय रूपैयाँ र आनन्दज्योतिका प्रतिविद्यार्थीले १५ हजार रूपैयाँ प्राप्त गरेको समाजका पूर्वअध्यक्ष कुलप्रसाद घिमिरेले बताए ।

छात्रवृत्ति रकम वितरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने राज्यको नीति नै भएकाले गण्डकी प्रदेश सरकारले पनि यस अभियानलाई अघि बढाउन सहयोग गर्ने बताए।उनले सधैंभर माता, पिता र गुरुको सम्मान गर्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज्य मुल्मीले शिक्षा क्षेत्रमा पर्याप्त समस्या रहेको बताए।छात्रवृत्ति रकमले विद्यार्थीलाई सहयोग पुग्ने समता स्कुलका प्रिन्सिपल झलकप्रसाद पौडेलले बताए।कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम सञ्जेल पनि सहभागी थिए ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष समाजसेवी हरि पाण्डेले छात्रवृत्ति सदुपयोग गरी स्वास्थ्य, विचार र सम्पत्तिलाई जोड दिँदै राष्ट्रका लागि योग्य नागरिक बन्न विद्यार्थीलाई सुझाए।२०३५ सालमा पहिलोपटक पोखरा प्रवेश गरेको स्मरण गर्दै उनले आफू अहिलेको अवस्थामा आइपुग्न कहीं न कहीं समाजको भूमिका रहेको भन्दै छात्रवृत्ति वितरण अभियानलाई निरन्तरता दिएको बताए।जन्मभूमि पाल्पामा पनि उनले यसअघि एक सय ४ विद्यार्थीलाई ‘रम्भादेवी छात्रवृत्ति’ प्रदान गरेका थिए ।
अर्को समाचार
समताका विद्यार्थीलाई मातृसेवा प्रतिष्ठानको छात्रवृत्ति
०७ माघ २०७९
•
२ मिनेट पाठ
समताका विद्यार्थीलाई मातृसेवा प्रतिष्ठानको छात्रवृत्ति
पोखरामा शनिबार छात्रवृत्ति वितरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी। तस्बिरः नागरिक
मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा २ सय ९ जना विद्यार्थीलाई कुल १२ लाख २१ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरियो।




कुनैपनि दाताको सहयोगबिनै प्रतिष्ठानले प्राविधिक विषय अध्ययनका लागि निरन्तर छात्रवृत्ति वितरण गर्दै आएकोमा यसपालि समता शिक्षा निकेतनका १ सय ९२ र आनन्दज्योति माविमा जेटिए अध्ययनरत ११ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको पूर्व मन्त्री एवं प्रतिष्ठानका संस्थापक अध्यक्ष हरि पाण्डेले जानकारी दिए। उनका अनुसार प्रतिष्ठानले यसअघि विभिन्न नाममा देशभरका गरी ६ सय २५ जना विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्ति वितरण गरिसकेको छ।

समता शिक्षा निकेतन मासिक एकसय रुपैयाँमा अध्यापन हुने विद्यालय हो। पोखराको यो विद्यालयमा एकदेखि १० कक्षासम्म अध्यापन हुन्छ। एकहजार भन्दा बढी विद्यार्थी विद्यालयमा अध्ययनरत छन्। यसपालि समताका शिक्षा निकेतनको पोखरास्थित विद्यार्थीका लागि प्रतिविद्यार्थी ४ हजार रुपैयाँ र व्यवस्थापन खर्च १५ सय गरी कुल ५ हजार ५ सय रुपैयाँ र आनन्दज्योतिका प्रतिविद्यार्थीले १५ हजार रुपैयाँ प्राप्त गरेका समाजका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरेले बताए।

छात्रवृत्ति रकम वितरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शिक्षा र स्वास्थ्य निशुल्क गर्ने राज्यको नीति नै भएकोले गण्डकी प्रदेश सरकारले पनि यस अभियालाई अघि बढाउन सहयोग गर्ने बताए। उनले सधैंभर माता, पिता र गुरुको सम्मान गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज्य मुल्मीले शिक्षा क्षेत्रमा पर्याप्त समस्या रहेको बताए। छात्रवृत्ति रकमले विद्यार्थीलाई सहयोग पुग्ने समता स्कुलका प्रिन्सिपल झलकप्रसाद पौडेलले बताए। कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम सञ्जेल पनि सहभागि थिए।  

प्रतिष्ठानका संस्थापक अध्यक्ष समाजसेवी हरि पाण्डेले छात्रवृत्तिको सदुपयोग गरी स्वास्थ्य, विचार र सम्पत्तिलाई जोड दिंदै राष्ट्रको लागि योग्य नागरिक बन्न विद्यार्थीलाई सुझाए। २०३५ सालमा पहिलोपल्ट पोखरा प्रवेश गरेको स्मरण गर्दै उनले आफू अहिलेको अवस्थामा आइपुग्न कही न कही समाजको भूमिका रहेको भन्दै छात्रवृत्ति वितरण अभियानलाई निरन्तरता दिएको बताए। जन्मभूमि पाल्पामा पनि उनले यसअघि १ सय ४ विद्यार्थीलाई ‘रम्भादेवी छात्रवृत्ति’ प्रदान गरेका थिए।  
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस