लागुऔषध खैरोहेरोइन र गाँजासहित धरानबाट पछिल्लो २ सातामा ५ जना पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय धरानका अनुसार पुष २४ गते साँझ साढे ७ बजे धरान १३ भृकुटी मार्गका ४९ बर्षीय पर्शुराम गुरुङ गाँजा बोकेको टेम्पो सहित पक्राउ परेका छन्। उनलाई धरान १२ छाता चोकबाट को २ ह १८५६ नम्बरको टेम्पोमा गाँजासहित पक्राउ गरेको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए।
शंका लागेर चेकजाँच गर्दा टेम्पोमा २ सय ग्राम गाँजा फेला परेपछि गुरुङलाई नियन्त्रणमा लिएपछि घरमा पनि खान तलासी गर्दा थप १७ किलोग्राम गाँजा वरामद भएको जनाएको छ। उनलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य भइरहेको डिएसपी श्रेष्ठले बताए।
यसैगरि, बिशेष सुचनाको आधारमा प्रहरीले मंगलबार धरान १५ सुसन रोडका रन्सुर राईको कोठामा छापा मार्दा २ जनालाई खैरो हेरोइन र गाँजासहित पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा ३१ बर्षीय सनोज राई र २४ बर्षीय दिपक विश्वकर्मा रहेका छन्। कोठामा खानतलासी गर्दा खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ५ सय मिलिग्राम र २ सय ग्राम गाँजा वरामद भएको पनि डिएसपी श्रेष्ठले बताए।
यस्तै, आज (बुधबार) बिहान ७ बजेर ५० मिनेटमा कोशी राजमार्गमा पर्ने धरान ८ भोटेपुलमा ट्राफिक चेकिङको क्रममा मोटरसाइकलमा सवार २ जना गाँजासहित पक्राउ परेका छन्। प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्रदेश १–०२–०४१ प ४६४७ नम्बरको मोटरसाइकल चालक धनकुटाको सहिदभुमी गाउँपालिका ४ खोकुका २१ बर्षीय भुमिराज राई र पछाडि सवार २१ बर्षीय जमनध्वज राई पक्राउ परेका हुन्।
उनीहरुले बोकेको झोला चेकजाँच गर्दा गाँजाको ५ वटा पोका फेला परेको थियो। उक्त पोका तौल गर्दा प्रत्येक पोका १ केजी रहेको र कुल ५ केजी गाँजा वरामद भएको प्रहरीले जनाएको छ। मोटरसाइकलसहित नियन्त्रणमा लिएका दुवैलाई अनुसन्धानको लागि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरिएको पनि डिएसपी श्रेष्ठले जानकारी दिए।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...