गरिब छुटे, धनी समेटिए
०६ साउन २०७३
•
७ मिनेट पाठ
गरिब छुटे, धनी समेटिए
जुम्ला–कालिकाखेतु–७ का गोइचे सार्की वास्तविक गरिब हुन्। उनको वार्षिक आय २० हजार रुपैयाँ भन्दा कम छ। घरखर्चको जोहो गर्नकै लागि उनी वर्षेनी हिउँदमा कालापहाड जान्छन्। घरमा   कुनै आयश्रोत नभएका उनी अहिले गरिबको सूचीमा परेका छैनन्।  कालिकाखेतु–७ कै कालीबहादुर शाही  घरपरिवारको खर्च धान्न कुल्ली काम गर्छन्। आयश्रोत नहुँदा उनलाई घरपरिवारलाई पाल्न हम्मे हम्मे पर्छ। उनलाई गरिबको सूची तयार भएको थाहा छैन। ‘गाउँमा पनि कोही आएनन, गरिबको नामावली संकलन गरेनन्,’ उनले भने।  




घरमा आयश्रोतको माध्यम केही नहुँदा उनी भारतको गल्ली चहार्छन्। कुल्ली काम गरेर कमाएको थोरै पैसाले घरपरिवारको खर्च धान्छन्। वार्षिक २० हजार रुपैयाँ पनि आमदानी हुने उनले बताए। तर राज्यले गरिव मैत्री कार्यक्रम नल्याउँदा दुख लाग्ने गरेको बताउँछन्। तातोपानी– ८ का राते कार्कीलाई परिवारको खर्च जुटाउन वर्षेनी काला पहाड जानुपर्ने बाध्यताले छोडेको छैन। हिउँदमा तीन महिना कामकालागि उनी भारत जान्छन्। सरकारले गरिवमुखी कार्यक्रम ल्याएपनि प्रभावकारी कार्यन्वयन नहुँदा गरिबलाई झन पीडा हुने गरेको उनले जनाए। उनी गाउँकै कमजोर घरका  व्यक्ति मानिन्छन्। यी तीन जना पात्र त उदाहरण मात्र हुन्। जिल्लाका अधिकांश गरिब परिवार जिविस अन्तरगतको गरिव घरपरिवार पहिचान कार्यक्रमको प्रारम्भिक नामावलीमै परेका छैनन्।

कार्यक्रम गरिबमैत्री भएपनि जिल्लामा कार्यक्रम संञ्चालन गर्ने निकाया गरिबमैत्री नहुँदा वास्तविक गरिब छुटेको स्थानीय बताउँछन्। कालिका खेतुका अमरजंशाही पावर, पहुँचका आधारमा गरिबको नामावली संकलन गरिएको दाबी गर्छन। उनले जागिरे, राजनैतिक पहुँच भएका र १२ महिनासम्म सुखले खान पुग्नेको विवरण संकलन गरेको देख्दा दंग परेको सुनाए। उनका अनुसार १९ औं शताब्दीमा ९० मुरी खेत भएकासमेत गरिबको सूचीमा छन्। जिल्लाको तातोपानी, ताम्ती र कालिकाखेतु गाविसको नामावली हेर्दा अधिकांश गरिब परिवारको गणनै नभएको ठहर उनको छ। ताम्ती गाविसका जनक कुवरले मोटामोटी हेर्दा गरिबको सूचीमा कैयन धनीको नाम उल्लेख भएको बताए। प्रहरीका असई, हवलदार,घरमा जागिर भएकाको नामावली संकलन भएको छ।

गरिब घरपरिवार पहिचानकालागि घरदैलो कार्यक्रम हुनु पर्नेमा निकै लापारवाही देखिएको अधिकारी बताउँछन्। ‘अहिलेको संकलन अनुसार गाउँमा गएर क्षणिक मान्छेसँगको छलफलका माध्यमबाट काम भएको देखिएको पाइयो,’ स्थानीय जनक कुँवरले भने, ‘वास्तविक गरिबको विश्लेषण नगरी होचुवाको भरमा गरिएको नामावली संकलन गलत छ।’ नामावली संकलनको सूचना प्रकाशन निकै ढिला भएको र गाउँमा गएर कर्मचारीले संकलन कार्यमा लापरवाही गरेको स्थानीयको आरोप छ।

गरिब घरपरिवार पहिचान परिचय पत्र वितरण कार्यक्रमका अधिकृत पूर्णबहादुर शाही नामावली संकलनमा चरम लापरवाही भएको बताउँछन। उतिवेलाका गाविस सचिव र गणक नै यसको जिम्मेवारी हुनु पर्ने उनको भनाइ छ। गण गाउँको भद्रभलादमीको घरमा बसेर विवरण संकलन गर्ने र सुपरीवेक्षकका रुपमा जिम्मेवारी पाएका गाविस सचिवले फारम बुझाउने काम बाहेक राम्रो काम नभएको बताए। २०७० साल असारमा भरिएको गरिबको नामावली संकलन फारममा गरिबको नाम अटाएको छैन्। अधिकृत शाहीले भने, शिक्षक, कर्मचारी, जागिरे र गाउँका सम्पन्न शालीको नाम मात्रै गरिबको सूचीमा अटाएका छन्।’

२० हजार बढी नामावली संकलन गरेर पठाएकोमा केन्द्रीय कार्यालयले ८ हजार १ सय ९१ जनाको नाम छनौट गरेर पठाएको छ। त्यो छनौट भएको नामावली भित्र गरिबको नाम छुटेको छ उनले भने नामावलीको तुलनाका लागि फेरि गाउँमा पठाइएको छ। नामावली संकलनका लागि गैरसरकारी कार्यालयका सामाजिक परिचालकलाई खटाइएको थियो। उनीहरुले आफू अनुकुलको फारम भरेर पठाएको खुलेको छ।

यसैबीचनेकपा माओवादी केन्द जुम्लाले गरिब पहिचान भएका गरिव घरपरिवारहरुको प्रारम्भिक नामावली सुनुवाई प्रयोजनका लागि प्रकाशित सूचना गलत भएको भन्दै खवरदारी गरेको छ। उसले नामावली हेर्दा गरिबको नाम धनी र धनीको नाम गरिबको सूचीमा परेको जनाएको हो। एक विज्ञप्ति प्रकाशित गर्दै नेकपा माओवादी केन्द्रले गरिब घरपरिवारलाई आफ्नो नाम छुटेको थाहा नहुनु  निकै अन्याय भएको ठहर गरेको जनाएको छ।

माओवादीले तत्काल नामावलीलाई पुनरावलोकन गरी विवरण सच्याउन माग गरेको छ। गरिव घरपरिवारलाई सम्वन्धित निकायमा उजुरी दिएर गरिबले पाउनु पर्ने अधिकारको ग्यारेण्टी गराउन आग्रह गरेको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस