मेलम्चीको पानी नपाएको भन्दै कोटेश्वरका स्थानीयले बुझाए ज्ञापनपत्र
१८ पौष २०७९
•
२ मिनेट पाठ
मेलम्चीको पानी नपाएको भन्दै कोटेश्वरका स्थानीयले बुझाए ज्ञापनपत्र
कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी पाइपलाइनमा नआएको भन्दै स्थानीयहरुले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन्।  सोमबार कोटेश्वर महादेव स्थानका स्थानीयहरु अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदा समेत कोटेश्वर महादेवस्थान क्षेत्रमा पाइपलाइनबाट हाइटमा नचढ्दा घर–घरमा पानी नपुगेको भन्दै मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका हुन्।  




स्थानीयहरुले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयलाई बारम्बार जानकारी गराउँदासमेत अझै पानीको पाइपबाट कोटेश्वर महादेवस्थान हाइटका घरहरुमा पानी पु¥याउन निर्देशनालयले नसकेको बताए।  कोटेश्वर महादेवस्थानका स्थानीय गोविन्दराज पन्तले मेलम्चीको पानी चारैतिर बढी भएर फाल्दा समेत कोटेश्वर हाइटमा पानी नचढेको भन्दै समस्याको समाधानको लागि निदेर्शनालयलाई ध्यानाकर्षणको गराएको बताए।  उनले खानेपानीको समस्या समाधान नभए ठेकेदारको समेत घर घेर्ने चेतावनी दिए।  उनले निदेर्शनालयले चार दिनभित्र पानी नपुगेको घरहरुमा पानी पु¥याउने प्रतिवद्धता जनाएको पनि बताए।  उनले आयोजनाको पाइपमा पानी नचढे स्थानीयहरुले पाइप दिने बताए। 

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले कोटेश्वर हाइट क्षेत्रमा जोडिएको सिस्टमले हाइटमा पानी नपुग्ने भएकाले नयाँ पाइपलाइन बनाएको बताए।  उनले पुरानो लाइनमा नयाँ पाइपबाट पानी पठाए पनि हाइटमा र टाढा भएको घरमा पानी पुग्न नसक्ने बताए।  उनले हाइडोलिब बिग्रिने भएकाले तत्काल पाइपमा पानी पठाउन नसकिएको भन्दै पानी दिन समस्या नभएको बताए।  समस्या समाधानको लागि अध्ययन गरेर माग सम्बोधन गर्ने बताए।  

ध्यानाकर्षनपछि कोटेश्वर महादेवस्थानका स्थानीय र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशानालयबीच कोटेश्वर महादेव स्थानको खानेपानी समस्याका समाधानमा चारबुँदे सहमति भएको छ।  एक हप्तामा पानी वितरण हुने सहयोगी नगर क्षेत्र,दुई हप्ता भित्र पानी सञ्चालन हुने क्षेत्र धर्मस्थल मार्ग,महादेवस्थान कोटेश्वर वरिपरीको क्षेत्र, स्थानीयको माग बमोजिम पुरानो पाइपबाट पानी सञ्चालनको लागि तीन दिनभित्र काठमाडौं खानोपानी आयोजनालाई पत्राचार गर्ने र सिधा लाइनका लागि अध्ययन सक्ने, नयाँ सञ्जालबाट दुई हप्ताभित्र पानी नआएमा पानी वितरण गर्ने लाइनमा सिधा पाइप जडान गरेर पानी वितरण गर्ने सहमति भएको छ। 
अर्को समाचार
मेलम्चीको पाइपलाइन विस्तार अलपत्र
२६ वैशाख २०७९
•
३ मिनेट पाठ
मेलम्चीको पाइपलाइन विस्तार अलपत्र
ठेक्का लिएका सडक र पुल अलपत्र पार्दै आइरहेको शैलुङ कन्स्ट्रक्सनले मेलम्चीको पाइपलाइन विस्तार र ओभरहेड ट्याङ्की निर्माणको काम पनि अलपत्र पारेको छ। शैलुङले भारतीय कम्पनी सिआइपिइएलसँग ज्वाइन्ट भेञ्चरमा एक अर्ब ४१ करोड रूपैयाँको लागतमा मेलम्ची आयोजनाको एक सय ६० किलोमिटर पाइपलाइन र ओभरहेड ट्याङ्की निर्माण गर्ने ठेक्का पाएको थियो।




काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र ठेकेदार कम्पनीबीच सन् २०१९ को मार्चमा ३० महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौता अनुसार अहिले पाइपलाइन र ट्याङ्की निर्माण सम्पन्न भइसक्नुपर्ने थियो तर ठेकेदार कम्पनीको ढिलासुस्तीको कारणले आयोजनाको समष्टिगत भौतिक प्रगति ३५ देखि ४० प्रतिशतमा मात्रै सीमित रहेको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठले शैलुङ/सिआइपिइएल जेभीले निर्धारित समयभित्रै मेलम्चीको पाइपलाइन विस्तार र ओभरहेड ट्याङ्की निर्माण गर्न नसकेको बताए। ‘मेलम्चीको कपनतर्फको पाइपलाइन विस्तारको काम सुस्त गतिमा भइरहेको छ’, उनले भने– ‘ठेकेदार कम्पनीले सजिला ठाउँमा मात्रै काम गर्दै आइरहेको छ। अप्ठेरा ठाउँमा अहिलेसम्म त्यति धेरै काम गरेको छैन।’

१६० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा ठेकेदार कम्पनीले अहिलेसम्म ५५ किलोमिटर पाइपलाइन विस्तार गरेर निर्देशनालयलाई हस्तान्तरण गरिसकेको छ। ठेकेदार कम्पनीले पाइपलाइन विस्तार गरेको ५५ किलोमिटरमध्ये पनि ३६ किलोमिटर पाइपलाइनमा पानी टेस्टिङको काम पनि सकेको छ।

उपनिर्देशक श्रेष्ठले आयोजनाको दोस्रो पटक थप गरिएको म्याद आगामी २०२२ को अगष्टभित्र सकिने बताए। ‘ठेकेदार कम्पनीको व्यवस्थापनको कमजोरीका कारणले पाइपलाइन विस्तारले गति लिन नसकेको हो’, उनले भने– ‘काम नगरेको होइन्, अत्यन्तै थोरै जनशक्ति र निकै सुस्त काम गरिरहेकाले पनि ढिलासुस्ती भएको हो।’

शैलुङ/सिआइपिइएल जेभीले सार्वजनिक खरिद ऐनबमोजिम सबैभन्दा कम रकम कबोल गरेकाले ठेक्का पाएको थियो। निर्देशनालयले यो परियोजनको दुई अर्ब ५ करोड रूपैयाँ लागत एष्टिमेट तयार पारेको थियो। जेभीले भने झण्डै ६० करोडभन्दा कम लागतमा ठेक्का हात पारेको थियो । निर्देशनालयका अनुसार पाँचवटा ठेकेदार कम्पनी बोलपत्रमा सहभागी थिए।

निर्देशनालयले मेलम्चीको खानेपानी वितरणका लागि नयाँ एक हजार १० किलोमिटर वितरण लाइन निर्माण गरिसकेको छ। ‘हामीले प्रति महिना एक सय किलोमिटर पाइपलाइनमा पानी टेस्टिङ गर्ने लक्ष्य राखेका छौं’, उनले भने– ‘सडक तथा ढल निर्माणको क्रममा मेलम्चीको पाइप क्षतिग्रस्त हुँदा पानी टेस्टिङको काम प्रभावित भइरहेको छ।’

निर्देशनालयले गत वैशाख १२ गतेदेखि मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा वितरण गर्न थालेसँगै मेलम्चीको नयाँ पाइपलाइनको परीक्षण सुरु गरेको हो। निर्देशनालयले नियमित पानी उपलब्ध भएको खण्डमा बाँकी रहेको ६ सय किलोमिटर पाइपलाइन ८ देखि १० महिनाभित्रै टेस्टिङ गर्ने लक्ष्य राखेको छ।

मेलम्चीको पानी वितरण गर्न काठमाडौं उपत्यकामा १० वटा पानी ट्याङ्की तयार पारिएका छन्। तिनै १० वटा ट्याङ्कीबाट उपत्यकाभर पानी वितरण गरिँदै आइरहेको छ। १० वटा मध्ये ९ वटा पानी ट्याङ्की सञ्चालनमा आइसकेका छन्।

भक्तपुरको कटुञ्जेस्थित पानी ट्याङ्की भने एक/दुई दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। ‘अन्य ९ वटा पानी ट्याङ्कीबाट नियमित पानी वितरण भइरहेको छ’, उनले भने– ‘कटुञ्जेको ट्याङ्कीबाट पानी वितरणको तयारी पूरा भइसकेको छ। केही दिनभित्रै वितरण गर्नेछौं।’ अहिले मेलम्चीको ७७ किलोमिटर ट्रकंलाइनमा भने कुनै समस्या छैन।

मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा समानुपतिक ढंगले वितरण हुँदै आएको छ। अहिले काठमाडौं उपत्यकामा २ लाख ७० हजार घरधुरीमा धारा जडान भएका छन् तर मेलम्चीको पानी भने एक लाख ७५ हजार घरधुरीमा वितरण गर्ने लक्ष्य राखिएको छ। पछिल्लो समय वैशाख १२ गतेदेखि मेलम्चीको पानी फेरि उपत्यकाबासीलाई पुनः वितरण गर्न थालिएको थियो।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस