बेनी नगरले भत्काउन थाल्यो सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना
१५ पौष २०७९
•
२ मिनेट पाठ
बेनी नगरले भत्काउन थाल्यो सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना
बेनीबजारको कालिपुलमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काउँदै। तस्बीर: हरिकृष्ण
म्याग्दीको सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनालाई भत्काउन थालिएको छ। बेनी नगरपालिकाले बजारभित्र बषौंदेखि अतिक्रमण गरी मनपरी बनाइएको संरचना हटाउन पटक–पटक जारी गरिएको सार्वजनिक सूचना तथा निर्देशनको अवज्ञा गरेपछि नगरपालिकाले भत्काएको हो।




नगरपालिकाका मेयर सुरत केसीको अगुवाईमा बेनीबजारको प्रवेशद्धार कालिपुल बसपार्क आसपासका क्षेत्रमा सार्वजनिक जग्गा भाडामा लिएर अस्थायी संरचना बनाएका यातायात कम्पनीहरु, व्यवसाय गर्दै आएका ब्यापारीसंगकोे सम्झौता म्याद सकिएपछि थप नगरी ठाउँ खाली गरिएको नगरप्रमुख सुरत केसीले बताए।

‘यो अभियान निरन्तर रहन्छ,‘अतिक्रमण हटाउने र संरक्षणको अभियानलाई सघाउन अनुरोध गरेका छौ’मेयर केसीले भने। उनका अनुसार नगरकार्यपालिकाले म्याद थप नगरेपछि सम्बन्धित पक्षलाई ब्यक्तिगत तथा सार्वजनिक सूचनाको माध्यमबाट हटाउन गरिएको अनुरोधलाई विभिन्न बाहनामा अटेर गरेपछि मेयर केसीको नेतृत्वमै डोजर लिएर ठाउँ खाली गरिएको बताए।

मेयर केसीले बजारभित्रका अन्य स्थानमा समेत सम्बन्धित पक्षले अटेरी गरेमा बाध्य भएर भत्काउन पर्ने बताए। कालीपुलको बसपार्क विस्तार र निर्माणका लागि टिकट काउन्टर, रेष्टुरेष्ट, सार्वजनिक शौचालय, कालिपुल यूनाइटेडको क्लव भवन, म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको घेराबार पर्खाल  भत्काइएको वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए। उनले सोही क्षेत्रमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन अगाडिको घेराबार पर्खाल पनि हटाइने बताए।

सघन सहरी तथा भवन डिभिजन कार्यालय बागलुङले कालीपुल बसपार्कको डिपिआर अनुसार निर्मित टर्मिनल भवन, कालिगण्डकी नदी कटानबाट जोगाउन आवश्यक पर्ने संरचनालाई सहज हुने गरी बाँकी अस्थायी संरचना एक हप्ताभित्र खालि गरिने उनले बताए। यता वडा नं २ र ७ मा पर्ने नगरकार्यपालिका अगाडी रहेको मोटेरेबल पुल आसपासमा निर्मित संरचना र बिरेन्द्रचोकमा रहेको टहरा, ठेलाहरु समेत हटाउन पत्राचार गरिएको नगरपालिकाले जनाएको छ।

सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीको सम्झौता म्याद सकिएपछि थप गरिएको छैन्। बजारभित्र नगरपालिकालाई सस्तो भाडा दिएर चर्को भाडा असुल्ने, सार्वजनिक जग्गामा निर्मित संरचना सुटुक्क बिक्री गर्ने तथा अनुमति विनै मनपरी संरचना थप गर्ने गरिएको छ। सार्वजनिक टहरा भत्काएर पछि पार्क, पार्किङस्थल लगायत आवश्यक संरचना बनाउने नगरपालिकाले जनाएको छ।  
अर्को समाचार
धरानमा अवैध संरचना भत्काउदा स्थानीय र प्रहरीबीच झडप
०८ माघ २०७९
•
१ मिनेट पाठ
धरानमा अवैध संरचना भत्काउदा स्थानीय र प्रहरीबीच झडप
धरान ५ देउरालीस्थित अधेरी खोला किनारको सार्वजनिक जग्गामा बनेको अवैध घर उपमहानगरपालिकाको डोजरले भत्काएको छ।




आज बिहानै नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा सुरक्षा दिएर अवैधरुपमा बनेको उक्त घर भत्काइएको हो।

उपमहानगरपालिकाले २ पटक घर नबनाउने र बनेको संरचना भत्काउने सुचना दिएपनि अटेर गरेपछि आज बिहान डोजरले भत्काएको हो। त्यसक्रममा केहीबेर स्थानीय र प्रहरीको झडप पनि भएको थियो।

स्थानीयको ढुंगामुढाले डोजरको शिशा फुटेको छ। घर भत्काउने डोजर आउदैछ भन्ने खबर पाएका स्थानीय बिहानैदेखि उक्त घर वरीपरी भेला भएर बसेका थिए। पुर्व वडाअध्यक्ष सन्तोष लिम्बुसमेत उक्त घर भत्काउन नहुने भन्दै प्रतिवाद गर्न आएका थिए। उनले पहिला खोलाको भाग सिमांकन गर्नुपर्ने पनि माग गरेका थिए।

घरधनी मुना चौधरी लिम्बुले वडा नं ५ को कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेकी थिइन्। तर उनको रिटमा अदालतले अन्तरिम आदेश भने दिएन। उक्त घर बनेको जग्गालाई फुटबल मैदान बनाउने भन्दै यसअघिका वडाअध्यक्ष सन्तोष लिम्बुले नै सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर जग्गा संरक्षण गरेका थिए।

गएको स्थानीय चुनावमा पुनः वडाअध्यक्षमा उठेका उनी पराजित भएपछि घर बनाउन लगाएको आरोप उनलाई छ। उनले भने यो आरोपको खण्डन गर्दे वडा ५ को अधिकांश ८० प्रतिशत घर सार्वजनिक जग्गामा बनेको भन्दै उनले एउटा मात्र घर भत्काउन नपाइने बताए। मेयर हर्क साम्पाङले भने पुरानो घर र वस्ती बाहेक सार्वजनिक जग्गामा नया घर बनाउन नदिने बताए। उनले समयमै घर नबनाउन सुचना दिये पनि अटेर गरेकोले कानुन वमोजिम अघि बढेको बताए।

टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस