कांग्रेस-माअाेवादी सहमति 'फैसलाविपरित'
२९ असार २०७३
•
७ मिनेट पाठ
कांग्रेस-माअाेवादी सहमति 'फैसलाविपरित'
काठमाडौं–नयाँ सत्ता गठबन्धनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मंगलबार भएको सहमति सर्वोच्च अदालतको फैसला विपरीत छ । दुई दलबीचको सहमतिले संक्रमणकालीन मुद्दाहरुको विषयमा हस्तक्षेप गर्ने देखिन्छ ।




सर्वोच्चले यस सम्बन्धी एक मुद्दामा मानवअधिकार उल्लघंनका गम्भीर अपराधमा मेलमिलाप गराउन नमिल्ने, मेलमिलापका लागि पीडितको अनिवार्य सहमति लिनुपर्ने, हत्या, बलत्कारजस्ता गम्भीर मानवअधिकार सूचीकृत गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, आयोग वा अन्य निकायले माफी दिन नसक्ने र अदालतमा विचराधीन मुद्दा फौजदारी प्रक्रियाअन्तर्गत किनारा हुने आदेश दिएको थियो ।

यस्तो आदेशले द्वन्द्वकालीन मुद्दामा अधिकांश व्यक्ति फस्ने देखिएपछि माओवादी केन्द्रलगायत अन्यले लामो समयदेखि विरोध गर्दै आएका थिए । सहमतिले सर्वोच्च अदालतको दुई फैसलालाई समेत बेवास्ता गर्दै ऐन संशोधन गरिने भनेको छ ।  दुई पार्टीबीच भएको सहमतिको तीन नम्बर बुँदामा द्वन्द्वकालीन मुद्दा सम्बोधन गर्न कानुनमा संशोधन गरिने भनिएको छ । कानुन संशोधन गरी अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको यसअघिको आदेशअनुसार गरिने भन्नुपर्नेमा दलहरुको अनुकूल गरिने सहमतिमा उल्लेख छ ।

‘संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसँग सम्बन्धित कानुनमा आवश्यक संशोधन गरी समाजमा शान्ति तथा मेलमिलापको स्थिति बनाउन आयोगहरुलाई प्रभावकारी रुपले कार्य गर्ने वातावरण बनाउने’ सहमतिमा भनिएको छ,  ‘सशस्त्र संर्घषका क्रममा मारिएका मृतक परिवार, बेपत्ता भएका व्यक्तिका परिवार ,अंगभंग भएका व्यक्ति र विस्थापितले पाउन बाँकी क्षतिपूर्ति रकम उपलब्ध गराउने र सशस्त्र संघर्ष अवधिका जग्गासम्बन्धी विवाद सहमतिका आधारमा समाधान गरिनेछ ।’

एमाले र माओवादीबीच यसअघि गठबन्धन टिकाउन भएको नौबुँदे सहमतिका तीन बुँदामा द्वन्द्वकालीन मुद्दा सम्बोधन गर्ने उल्लेख थियो । सहमतिको तीन नम्बर बुँदामा ‘विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप संक्रमणकालीन न्यायसम्बन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिनभित्र कानुन संशोधनलगायत प्रक्रिया अघि बढाउने’ उल्लेख थियो ।  

प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच वैशाख २३ गते मध्यरात भएको सम्झौतामा पनि ऐनलाई १५ दिनभित्र संशोधन गर्ने भनिएको थियो । नौबँुदेको तीन, पाँच र सात नम्बर बुँदामा द्वन्द्वकालीन मुद्दा सम्बोधन गरिने भनिएको थियो । उक्त सहमतिअनुसार तत्कालीन सरकारले मेलमिलाप ऐन संशोधन गर्न मस्यौदासमेत निर्माण गरेको थियो । उक्त मस्यौदा कानुन हँुदै गृह मन्त्रालयसम्म पुगेको थियो । विदेशी दातृनिकायसम्म छलफलका लागि पुगेको उक्त विधेयकमा गम्भीर मानवअधिकार उल्लंघनका केही मुद्दालाई पनि माफी दिन सकिने प्रावधान राखिएको थियो ।

अहिले दुई दलबीच भएको सहमतिमा पनि त्यही आशय उल्लेख छ । एउटै बुँदामा उल्लेख भए पनि हाल जारी प्रक्रियालाई भने हस्तक्षेप गर्ने सहमतिमा देखिन्छ ।  सहमतिमा सर्वोच्चको पछिल्ला फैसलाअनुसार ऐन संशोधन गर्ने भन्नुपर्नेमा दलहरुको आवश्यकताअनुसार ऐन परिमार्जन गरिने उल्लेख छ ।

उक्त सहमतिले द्वन्द्वकालमा उजुरी परेका नेता तथा कार्यकर्तालाई उन्मुक्ति दिने तर्क नै गरिएको हो । द्वन्द्वकालमा पीडित भएकालाई बाँकी राहत तथा क्षतिपूर्ति तत्काल दिने सहमति हुनु सकारात्मक भए पनि त्यसका नाममा न्याय नदिने गरी ऐन सशोधन हुने खतरा भने कायम छ ।

सशस्त्र संघर्ष अवधिका जग्गा विवाद सहमतिका आधारमा समाधान गर्ने भनी जनसत्ताको आदेशमा गैरकानुनी रुपमा कब्जा गरिएको जमिनलाई पनि दलहरुको यो सहमतिले वैधानिकता दिन खोजेको देखिन्छ । सर्वोच्च अदालतले जनसत्ता वा अन्य कुनै प्रक्रियाबाट गरेका जग्गा पासका कार्य गैरकानुनी हुने भनी फैसला गरेको अवस्थामा दलहरुको सहमति उक्त फैसलासँग समेत बाझिएको देखिन्छ ।

सर्वोच्चको फैसलामा के छ ?

द्वन्दपीडितले सरकारले जारी गरेको अध्यादेश र ऐनविरुद्ध दुईपटक सर्वोच्च अदालतको ढोका ढकढकाएका थिए । दुवैपटक सर्वोच्चले सरकारले निर्माण गरेको ऐनलाई चुनौती दिँदै फैसला गरेको थियो  । पहिलोपटक सर्वोच्चले मेलमिलाप भनेको जघन्य अपराधमा माफी नै भएको भन्दै विधेयक खारेज हुने फैसला सुनायो भने दोस्रोपटक मेलमिलाप गराउनेलगायत अन्य बुँदा कार्यान्वयन नगर्न भन्यो ।

सर्वोच्चले संक्रमणकालीन न्यायसम्बन्धी विद्यमान ऐनका गम्भीर अपराधमा समेत माफी दिन सकिने प्रावधान रहेको भन्दै त्यसलाई तत्काल हटाउने आदेश दिएको थियो तर आदेश जारी भएको दुई वर्षभन्दा धेरै समय त्यसलाई हालसम्म संशोधन गरिएको छैन । सर्वोच्चले पछिल्लो फैसलामार्फत अन्तर्राष्ट्रिय मानवअधिकार कानुनका आधारमा दोषीलाई सजाय गर्न आदेश जारी गरेपछि दलहरुले यस्तो सम्झौता गरेका हुन् ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १४ सेकेन्ड अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस