ताप्लेजुङको मेरिङदेन गाँउपालिका वडा नं–१ थिङलाबुमा बुधवार बिहान भएको आगलागीमा ३ घर जलेर नष्ट भएका छन्।
मेरिङदेन वडा नं–१ थिङलाबुको थुङथापमा बुधबार बिहान करिव ८ बजेको समयमा भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र बिरध्वज चोङवाङको घर जलेर नस्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिए।
उनका अनुसार भक्तराज र बलबहादुरको ढुङगा र माटोबाट बनेको ३ तले र बिरध्वजको २ तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनाको स्थलगत अध्ययनका लागि सान्थाक्रा प्रहरी चौकीबाट टोली खटिई गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।