ऐतिहासिक ठुलो आँगनमा नेपाली सेनाले पुस २७ देखि हरेक दिन परेड खेल्ने भएको छ।
गोरखा नगरपालिका र नेपाली सेनाको गोरखा स्थित रिपूमर्दन गणले मंगलवार पत्रकार सम्मेलन मार्फत परेड सँगै सेनाले आँगनको बिच भागमा निर्माण भएको पृथ्वीनारायण शाहको शालिकमा सलामी दिने जनाएको छ।
नेपालको इतिहास र राष्ट्रिय एकीकरण अभियानलाई जीवन्त राख्न र राष्ट्रनिर्माता पृथ्वी नारायण शाहलाई सदैव उचित सम्मान दिने उद्देश्यले सो कार्यक्रम आयोजन गर्न लागिएको उनले बताए। ठुलो आँगनमा हरेक दिन बिहान सूर्योदय र बेलुका सुर्याअस्तमा झन्डोत्तोलन तथा बिगुलद्वारा वि जयध्वनि सहितको राष्ट्रनिर्मातालाई सलामी अर्पण हुने तय भएको छ।
नेपाली सेनाको पृथ्वीनारायण शाहकालीन सेना (गुरुज्यूको पल्टन) ले सलामी अर्पण तथा परेड खेल्नेछ। सेनाको पोखरा थोक ब्यारेकबाट ठुलो आँगनमा सम्म परेड संचालन हुनेछ।
बिगुलद्वारा वि जयध्वनि सहित राष्ट्रनिर्माता सलामी अर्पण कार्यक्रम विश्वमा बेलायत, भारती र पाकिस्तानको सिमाना बाहेक अन्य मुलुकमा नभएको र नेपालमा गोरखाले मात्र यो कार्यक्रम संचालन गर्न पाउने नगरप्रमुख रानाले बताए। हरेक दिन नेपाली सेनाले बिहान बेलुकी परेड खेल्दा पर्यटकहरू बास बसेर हेर्न आउने उनले बताए। ‘यसले गोरखाको पर्यटन क्षेत्रको बिकास पनि हुनेछ’ उनले भने।
कार्यक्रममा नेपाली सेनाका रिपुमर्दन गणका गणपति हेम विष्टले इतिहासलाई जगेर्ना तथा प्रवर्द्धन गर्न र बाह्य तथा आन्तरिक पर्यटन बढाउने हेतुले सो कार्यक्रम गर्न लागिएको बताए। पुस २७ गते तीन बजे राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए। सेनाले इतिहासको जर्गेना र संरक्षणका लागि बिभिन्न कार्यक्रम संचालन गरिरहेको बताउँदै गणपति विष्टले यो कार्यक्रम गोरखा नगरपालिकासँगको सहकार्यमा त्यसैको एउटा भाग भएको बताए।
नेपाल एकीकरणको उद्गम स्थल गोरखा भएको र पृथ्वीनारायण शाहको जन्म पुस २७ गते भएकाले एक दिन मात्र कार्यक्रम नगरी वर्षभरि नै राष्ट्रनिर्मातालाई सम्मान गर्न उक्त कार्यक्रम आयोजना गरिएको उनले बताए। गोरखा सङ्ग्रहालय अगाडि अहिले मनोग्राम तथा शालिक निर्माण गर्ने काम अहिले धमाधम भइरहेको छ।

‘सेनाले हरेक दिन राष्ट्रनिर्मातालाई सलामी अर्पण गर्नेछ’ नगरप्रमुख कृष्ण राना मगरले भने।ठुलो आँगनमा पृथ्वीनारायण शाहको सालिक निर्माण गर्ने काम अहिले धमाधम चलिरहेको छ। पुस २७ गते उद्घाटन पछि सो सालिकमा नेपाली सेनाले हरेक बिहान झन्डोत्तोलन तथा बिगुलद्वारा विजयध्वनि बजाउने र राष्ट्रनिर्माता प्रति सलामी चढाउने नगरप्रमुख राना मगरले बताए।