नक्सा पास भएका घरमा डोजर चलाएको भन्दै उवासंघ चितवनको विरोध
०९ पौष २०७९
•
२ मिनेट पाठ
नक्सा पास भएका घरमा  डोजर चलाएको भन्दै उवासंघ चितवनको विरोध
उद्योग वाणिज्य संघ चितवनले नारायणगढ बजारमा नक्सा पास भएका घरमा डोजर चलाएको भन्दै विरोध गरेको छ। आज (शनिबार) पत्रकार सम्मेलन गरेर गोन्द्राङदेखि पुल्चोकसम्म नक्सा पास भएका व्यवसायीक भवनमाथि सडक विस्तारका क्रममा डोजर चलाएको भन्दै विरोध गरेको हो।  




‘सडक विस्तारको क्रममा भरतपुर महानगरले राजमार्ग क्षेत्रका घरहरू २०७१ सालमा भत्काएको थियो। त्यसपछि महानगरपालिकाबाट नक्सा पास लिएकाे घरहरूमा पनि डोजर चलाइएको छ,’ संघका अध्यक्ष चुन नारायण श्रेष्ठले भने, ‘सडक डिभिजन कार्यालय भरतपुरले व्यवसायीहरुसंग समन्वय नगरी डोजर चलाउनु गैरजिम्मेवर पूर्ण छ।’  

कोभिड पछिको आर्थिक मन्दीका कारण नराम्रोसँग प्रभावित भएको उद्योग व्यवसायमा अनुचित तरिकाले सटरमा डोजर लगाउने कार्यले व्यवसायीहरू आतंकित भएको बताए। यही अवस्थामा व्यवसायीहरू विस्थापित हुने अवस्था आएको उनको भनाई छ। घर भत्काउने क्रममा व्यवसायीलाई  क्षतिलाई यथोचित न्याय गरिदिन उनले अनुरोध गरेका छन्। उद्योग वाणिज्य संघ चितवनले न्यायका लागि अदालतसम्म जाने बताएको छ। अदालतबाट निषेधाज्ञा आदेश भैसकेको घरमा समेत सडक डिभिजनले डोजर चलाएको संघले गुनासो गरेको छ। घर धनी र व्यवसायीलाई व्यवस्थापनको समय समेत नदिई, घरधनीले आफैँ भत्काउन लागेको अवस्थामा समेत नगरको सुन्दरता बिग्रने र भवनको बाँकी संरचना कमजोर गराउने तवरले एक्कासि डोजर लगाई संरचना भत्काउने कार्यको घोर भत्सना गर्दैछौँ, उद्योग वाणिज्य संघ चितवनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।  

सडक डिभिजन कार्यालय भरतपुरले दुई वर्षदेखि नै सडक क्षेत्रमा बनेका भौतिक संरचना हटाउन निर्देशन दिएको थियो। त्यसपछि दुई पटक सूचना निकालेर घरटहर भत्काउन सुरु गरेको हो। तर, व्यवसायीहरू भने थाहा नदिई एक्कासि भत्काउन सुरु गरेको आरोप लगाएका छन्। ‘पुल्चोकदेखि गोन्द्राङसम्मको सड विस्तारका सम्बन्धमा सडक र महानगरपालिकासँग संरचना हटाउने सवालमा पेटिमा मात्र डोजर लगाउने र अन्य संरचनामा क्षति नहुने तवरले कम गर्ने आश्वासन पाएका थियौँ,’ उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले भने,‘ एकातर्फ संघका प्रतिनिधिलाई आश्वासन दिने र अर्को तर्फ अव्यवस्थित रुपमा संरचना भत्काउने कार्यप्रति हाम्रो गहिरो आपत्ति छ।’ घरधनी आफैले भत्काउन लागेको स्थानमा समेत डोजर चलाएको उनले बताए। मापदण्डभन्दा बढी भएको संरचना व्यवसायी घरधनी आफैँले भत्काउँदै गरेको अवस्थामा  श्रमिकहरूलाई काम गर्न नदिई डोजर लगाई सटर भत्काउने कार्यले गर्दा व्यवसायीहरू समस्यामा परेको संघको अरोप छ।  नारायणगढको मुख्य राजमार्गका घरमा डोजर चलाएपछि केही व्यवसायीले आफै घर भत्काउन सुरु गरेका छन्। अहिले नारायणगढ बजार खण्डहर अवस्थामा देखिन्छ। अधिकांश घरहरू भत्किएका छन्।  

नारायणगढ बजारमा सडक सीमा खाली गर्ने भन्दै २०७१ सालमा पनि डोजर लगाइएको थियोे। त्यसपछि उनले महानगरपालिकाको निर्देशन अनुसार घर बनाएका थिए। तर महानगरपालिकाले दोस्रो पटक फेरी डोजर चलाएको छ।  

चितवनको नारायणगढ–गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन थालिएको हो। सडक क्षेत्रभित्र परेका घरहरू शुक्रबारदेखि भत्काउन सुरु भएको छ। सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट गोन्द्राङसम्मको सडक विस्तारको क्रममा १ सय ५८ भन्दा बढी घर भत्काउनका लागि सिमाङ्कन गरेको छ।  
अर्को समाचार
नेपाल चिया विकास निगमलाई अन्तर्राष्ट्रिय पुरस्कार
०३ फागुन २०८०
•
१ मिनेट पाठ
नेपाल चिया विकास निगमलाई अन्तर्राष्ट्रिय पुरस्कार
नेपाल चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित चियाको बृहत् प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम गरेको छ।




उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन र भरतपुर महानागरपालिकाको सह–आयोजनामा माघ २६ र २७ गते नारायणी नदीको किनारमा नेपालमा उत्पादित चियाहरूको बृहत् प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम भएको हो। मेलामा विभिन्न चिया उत्पादक कम्पनीले आफ्नो उत्पादनको प्रदर्शनी एवम् टेष्टिङ कार्यक्रम गरेका छन्।

कार्यक्रमको उद्घाटन कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुषालले गरेका छन्। यस्तै कार्यक्रममा आठौं एसिया टी कम्पिटिसन २०२३ को चिया गुणस्तरमा गोल्ड विजेता नेपाल चिया विकास निगमका कार्यकारी अध्यक्ष सुभाषचन्द्र संघाइलाई सम्मान गरेको छ। कम्पिटिसनमा नेपाल चिया विकास निगमको कन्याम बगानको चिया गोल्ड विजेता बनेको छ।

निगमले झापा र इलाममा रहेको आफ्ना सात वटा चिया वगानहरूबाट उत्पादित टोकला चियाजस्ता चियाको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ। कम्पनीका अनुसार यस पुरस्कारले नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन र प्रवद्र्धन गर्न थप टेवा दिने छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस