दुई प्रदेश जोड्ने पुल निर्माण हुँदै
०९ पौष २०७९
•
१ मिनेट पाठ
दुई प्रदेश जोड्ने पुल निर्माण हुँदै
गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण सुरु भएको पक्की पुलको कामले गति लिएको छ। तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो।  




हाल तनहुँतर्फको सफ्टफिट स्ल्याब ढलान कार्य सकिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए। ‘स्ल्याब ढलान सकिएपछि अब वालको ढलान कार्यको तयारी हुँदैछ’, उनले भने, ‘त्यसपछि डेक स्ल्याबको ढलान हुनेछ।’ उक्त कार्य सकिएपछि नदी डाइभर्सन गरी बाँकी रहेको एउटा पिल्लरको काम हुनेछ।

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पुलको काम युनाइटेड बिल्डर्सले पाएको छ। दुई सय १० मिटर लामो उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो।  

पुल योजना पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ। दुई लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत् निर्माण हुन लागेको हो। कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन्।  

यहाँ पुल निर्माण सुरु भएपछि स्थानीयवासी पनि खुसी छन्। पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो। पुल निर्माण भएपछि सहज रुपमा आवतजावत गर्न सकिन्छ। मोटरेवल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौँ सर्वसाधारण लाभान्वित हुनेछन्। 
अर्को समाचार
बीस करोड लगानीमा कमला नदीमा पक्कि पुल निर्माण हुँदै
०१ असार २०७९
•
२ मिनेट पाठ
बीस करोड लगानीमा कमला नदीमा पक्कि पुल निर्माण हुँदै
सिन्धुलीको कमलामाई नगरपालिका ९ र १० जोड्नेगरि कमलानदीमाथि निर्माणधिन पक्कि पुल। तस्बिर: अनिल/नागरिक
सिन्धुलीको कमलामाई नगरपालिका ९ र १० जोड्ने गरि कमला नदीमा पक्कि पुल निर्माण हुने भएको छ। बागमती प्रदेश सरकारको २० करोड बढी लागतमा कमला नदीमाथि पक्कि पुल निर्माण धमाधम भइरहेको छ।  




सुर्य एण्ड सन्स कम्पनी प्राली धरानले २०७६ साल जेठ महिनामा पुल निर्माणको सम्झौता गरि २०७८ पुस मसान्तमा निर्माण सक्ने गरि निर्माणको जिम्मा लिएको भएपनि विविध कारणले समयमा निर्माण सम्पन्न नभएपछि पुन म्याद थप गरि निर्माणको कार्य अगाडी बढाएको सडक डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ। कोभिड लगायतका कारणले पुल निर्माण समयमा नभएपछि एक वर्षको म्याद थप गरिएको छ। झन्डै ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको पुल आगामी बवर्षसम्म निर्माण सम्पन्न गरि सुचारु गर्ने बागमती प्रदेशसको प्रोदेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख देवनारायणप्रसाद यादवले जानकारी दिए। 

उनका अनुसार २० करोड २० लाखमा पुल निर्माण भइरहेको छ।  जोखिम मोलेर पक्कि पुलकै नजिक रहेको झोलुङगे पुलबाट मोटसाइकल आवातजावत गर्नुपर्ने बाध्यता पक्कि पुल निर्माण सम्पन्न भएपछि समस्या समाधान हुने स्थानीयको भनाई छ। पक्का पुलको निर्माण सम्पन्न भएपछि गाडी ओहोरदोहोर गरि सहज हुने र स्थानिय स्तरमा उत्पादित कृषि जन्य सामान सोझै बजारसम्म लैजान सकिने स्थानीय कुमार प्याकुरेलको भनाई छ। 

यहाँ झोलुङगे पुल समेत नहुँदा धेरै स्थानीयलाई बगाएको थियो, उनले भने झोलुङगे पुल बनेपछि मानिसको आवातजावतमा सहज भएपनि सवारी बर्खा लागेसँगै बन्द हुने गरेकोमा पक्कि पुल निर्माण हुन थालेपछि खुसी भएका छौ। हिउदमा खोलाबाटै सवारी सञ्चालन हुदै आएपनि बर्खालागेसँगै त्यस क्षेत्रमा सवारी आवातजावत बन्द हुने गरेको छ। पक्कि पुल निर्माण सम्पन्न भएपछि दर्जनौ गाँउका स्थानियले पुलबाट लाभान्वित हुने स्थानियको भनाई छ।  

बागमती प्रदेश सकारको लगानीमा सिन्धुलीका विभिन्न स्थानमा आवातजावत गर्ने अत्यावश्यक बाटोका खोलाहरुमा धमाधम पक्कि पुल निर्माण हुन थालेको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा सिन्धुलीमा ६ ओटा पक्कि पुल निर्माण भएको र जसमध्ये ३ ओटा सम्पन्न भइसकेको प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख यादवले जानकारी दिए। उनका अनुसार बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीबाट कमलामाई नगरपालिकास्थित ग्वाङ खोला पुल र गडौली खोला पुल फिक्कल गाँउपालिकाको वाक्सुखोला पुल निर्माण भइ सुचारु भइसकेको छ। यस्तै कमलामाई नगरपालिका १० कमलानदीको पक्कि पुल, हरिहरपुरगढी गाँउपालिकाको मरिण पुल र कमलामाई नगरपालिकाकै ग्वाङ पुल निर्माणधिन रहेको छ।  निर्माणधिन रहेका पुलहरुको समेत एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सडक डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस