सुत्केरी गैंडालाई भेल्लरको दाना
०९ असार २०७३
•
८ मिनेट पाठ
सुत्केरी गैंडालाई भेल्लरको दाना
गर्भिणी अवस्थामा नै चितवन निकुञ्जबाट बर्दिया निकुञ्ज स्थानान्तरण भएको गैंडाले जेठ नौ गते जन्माएको बच्चा ।
बबइ (बर्दिया)–    विगतमा स्थानान्तरण गरेका धेरै गैंडा मरेका कारण यस पटक फेरि चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा लैजाने बेला विरोधका स्वरहरु उठे। तै पनि सरकारले फागुन १८ गते चितवनमा गैंडा समाउन सुरु गरेर २२ गतेभित्र पाँचवटा गैंडा बर्दिया पुर्याएरै छाड्यो । बर्दिया पुगेका पाँचमध्ये एउटा गैंडाले बच्चा जन्माएपछि त्यहाँ खुसीको माहौल छ ।




चितवनबाटै गर्भिणी गैंडा लगेका कारण बर्दिया निकुञ्जमा यति चाँडै बच्चा जन्मिएको हो। गर्भिणी गैंडा लैजानु ठिक या बेठिक भन्ने चर्चा चले पनि निकुञ्जका अधिकारीहरु ‘सुत्केरी’ गैंडाको स्याहार सुसारमा विशेष रुपले लागेका छन्। जेठ नौ गते गैंडाको आडमा बच्चा देखिएको थियो। अहिले सो गैंडा बर्दिया निकुञ्जको बबई क्षेत्रको गुठी पोष्ट नजिक बस्दै आएको छ ।

गैंडाले कलिलो घाँस खाने गर्छ। केही अग्लो बोट भेल्लरको फल गैंडाको स्वादिलो खाना हो। यसलाई गैंडाको स्याउ पनि भन्ने गरिन्छ। गैंडाले बच्चा जन्माएको खबर पाएसँगै गुठी पोष्ट वरपर भेल्लरको फल लगेर राखिएको छ। ‘निकुञ्ज मुख्यालय रहेको ठाकुरद्वार क्षेत्रबाट दुई ट्रयाक्टर भेल्लरको दाना गुठी पोष्ट वरपर गैंडाको चरन क्षेत्रमा राखेका छौं’, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले भने।    गैंडाले रुचाउने फल भए पनि बबई क्षेत्रमा भेल्लरका रुख भेटिँदैन । राजमार्गदेखि तल रहेको बर्दिया निकुञ्जको दक्षिणी खण्डमा भेल्लर प्रसस्तै छ। त्यसैले बबईका लागि ठाकुरद्वारबाटै भेल्लरको दाना लगेको थापाले बताए। यो पटक स्थानान्तरण गरेर गैंडा लैजानुअघि बर्दिया निकुञ्जको दक्षिणी क्षेत्रमा मात्रै २९ वटा गैंडा थिए। यी बाहेक विभिन्न समयमा गरेर चितवनका ८३ वटा गैंडा स्थानान्तरण गरेर बर्दिया लगिएको थियो।

बर्दिया लगिएकामध्ये ७० गैंडा बबई क्षेत्रमा मात्रै छाडिएको थियो। तर विस २०६५ सालमा त्यहाँ कुनै गैंडा भेटिएनन् । त्यसैले चितवन निकुञ्जका गैंडा बर्दिया फेरि लैजाने तयारी सुरु भएसँगै चितवनमा विरोध भएको थियो। तर बबइको अवस्था पहिलाको जस्तो नभएको प्रमुख संरक्षण अधिकृत थापाले बताए। त्यो बेला सुरक्षा अवस्था कमजोर भएका कारण चोरी सिकारीले गैंडा मारेका थिए।

‘पहिला उत्तरी विन्दु रत्नराजमार्गको चेपाङ भन्ने ठाउँ नजिक पोष्ट थियो। त्यसपछि दक्षिणी विन्दु महेन्द्रराजमार्गको परेवा ओडारमा पोष्ट थियो। योबीचमा पर्ने ४६ किलो मिटर दूरीमा कतै पोष्ट थिएन। त्यसैले गैंडा चोरी सिकारीको निसानामा सजिलै परे’, प्रमुख संरक्षण अधिकृत थापाले भने। अहिले चेपाङ र परेवा ओडारका साथैबीचमा पनि सेनाका पोष्टहरु छन्। बबईमा नौवटा सुरक्षा पाष्टहरु रहेको उनले बताए।

पहिले चितवनबाट ल्याइएकामध्ये ३६ वटा गैंडा चोरी सिकारीले मारेको प्रतिवेदन सरकारी छानबिन टोलीले विंस २०६५ सालको चैत्र ५ गते सार्वजनिक गरेको थियो। चोरी सिकारीका कारण मात्रै नभएर वासस्थान व्यवस्थापनमा पनि कमजोरी देखिएको थियो।

अहिले बबइमा छ सय हेक्टर घाँसे मैदान व्यवस्थापन गरेको प्रमुख संरक्षण अधिकृत थापाले बताए। त्यस्तै पानीका लागि १२ वटा ताल र घोल तयार गरेको उनको भनाइ छ । समुदायमा पनि संरक्षण प्रति धेरै चेतना बढेको छ । चितवनबाट ल्याएका गैंडालाई सेटेलाईट कलर जडान गरेर छाडेका कारण ति गैंडा कहाँ छन अनुगमन गर्न सजिलो भएको थापाले बताए ।

‘निकुञ्ज मुख्यालयमा बसेर हामीले पनि गैंडाको अनुगमन गर्न सक्छौं । यसका साथै फिल्ड लेवलमा पनि एउटा टोली अनुगमनका लागि छ । त्यस बाहेक पोष्टहरुले पनि गैंडाको सूचना लिइ राख्नु पर्छ । सेटेलाइट कलर राखेका कारण गैंडा कहाँ पुग्यो भनेर थाहा पाउन सजिलो भएको छ’, थापाले भने। स्थानान्तरण गरेका सवै गैंडा सक्रिय भएर आहार खोज्ने गरेका छन्।

‘कुनै गैंडा सिग्नलमा नदेखिए तत्कालै मेसो लागेर खोज्ने गर्छौ । अहिलेसम्म त्यसरी सिग्नल बाहिर (गैंडामा बाँधिएका सेटेलाइट कलरबाट अनुगमनकर्ताले बोक्ने उपकरणसम्म आउने संकेत) गएका छैनन्’, थापाले भने। चितवनबाट लगेका गैंडा चेपाङ पोष्ट, सोतखोला पोष्ट, गुठी पोष्ट, शिवपुर र ठुलो श्री पोष्ट वरपर बस्ने गरेका छन् ।

गैंडाको रुचीकर फल भेल्लर उम्रिन पनि सजिलो छैन। गैंडाले फल खाएपछि दिशामा मिसिएर आउने बीयाँ मात्रै अंकुराउन सक्छ। त्यसैले सुत्केरी गैंडाले स्वादीले खाना पनि पाउने र बिरुवा पनि उम्रने भएका कारण ट्रयाक्टरबाटै फल ओसारेको अधिकारीहरुले बताएका छन्। बबई क्षेत्रमा केही हुर्केका भेल्लरका विरुवा पनि रोपिएको छ ।

बच्चासँगै भेल्लरका विरुवा पनि हुर्कँदै जाने अवस्था छ।

चितवनबाट तत्काल पाँचवटा गैंडा लगिए पनि अझै २० गैंडा लैजाने सरकारको निर्णय छ। अहिले लगेका गैंडाबाट सकारात्मक प्रभाव देखिए र पहिला लगेका जस्तो ननासिए मात्रै दोस्रो पटक गैंडा लैजाने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उच्चअधिकारीहरुले बताएका छन् । त्यसैले बर्दियाका निकुञ्ज अधिकारी र स्थानीय गैंडाको स्यहारमा विशेष रुपले खटेका छन् ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३५ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस