गोरखा जिल्लाका न्यायाधिश तेजेन्द्र प्रसाद शर्माले जेष्ठ नागरिक समाजको मार्गदर्शक भएको बताएका छन।
जेष्ठ नागरिक जिल्ला संघ गोरखाको आयोजनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधिश शर्माले जेष्ठ नागरिको कुरा सुन्ने, बुझ्ने , झर्को नमान्ने र उनीहरुको मार्गदर्शन अहिलेका नयाँ पिढीले पालना गर्नु पर्ने बताए।जेष्ठ नागरिकलाई ‘अन्न, पानी र वृद्धवृद्धा पृथ्वीका रत्न हुन्’ भन्ने संज्ञा दिएका न्यायाधिश शर्माले जेष्ठ नागरिकको अवमूल्यन गर्न नहुने बताए।जेष्ठ नागरिकबाट अहिलेको पुस्ताले दिब्य ज्ञान लिनुपर्ने पनि न्यायाधिश शर्माले जोडदिए।जेष्ठ नागरिकका अनुभव भनिदिने, सुनिदिने मञ्च अहिले जरुरी रहेको बताउँदै त्यस्ता मञ्च जिल्ला संघले जुटाएको उनले भनाई थियो।
गोरखा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले पश्चिमा संस्कृतीको प्रभावमा वृद्धआश्रम नेपालमा सञ्चालन गर्न नहुने र छोराछोरीले आमा बाबुलाई पालन पोषणा गर्नुपर्ने बताए। साथै उनले असाहाय जेष्ठ नागरिकलाई सजिलोका लागि मात्रै वृद्धआश्रम ठिक हुने बताए।
गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले जेष्ठ नागरिकको ज्ञान, सिप, अनुभव आदान प्रदान गर्न हरेक वडामा भेटघाट स्थल, भजन कृतन गर्ने मनोरञ्जन स्थल निर्माण गर्ने बताए। ‘जेष्ठ नागरिकले समाजमा सभ्यता र संस्कार सिकाएका छन्’ उनले भने। सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिकको उपचार लगायतका कार्यक्रम नगरपालिकाको प्राथमिकतामा परेको उनले बताए।
जेष्ठ नागरिक रोलकबहादुर थापाले राज्यले भनेजस्तो जेष्ठ नागरिक प्रति सेवा सुविधा कागजमा मात्र सिमित भएको बताए। ‘धेरै कुरामा जेष्ठ नागरिकलाई प्राथमिकता दिने भनेको छ तर त्यो ब्यवाहारमा छैन’ उनले भने।
जेष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले नयाँ पुस्तालाई अनुभव सिप सिकाउने गरी गत वर्षदेखि कार्यक्रम सुरु भएको बताए। ‘यस वर्षपनि हामीले गोरखाका क्याम्पसहरुमा अनुभव, सिप अदानप्रदानका कार्यक्रममा गर्दैछौँ’ उनले भने। जेष्ठ नागरिकले राज्यबाट पाउने सेवा सुविधा, हक अधिकारकालागि अहिले पनि संघर्ष गर्नु परेको तर धेरै सुनुवाई हुन बाँकी रहेको उनले गुनासो गरे।
गोरखा नगरपालिका १३ का वडा अध्यक्ष मित्रा परियारले जेष्ठ नागरिकको अनुभव र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमा त्यसले समाज विकास र सुधारमा महत्वपूर्ण भुमिका पुग्ने बताईन। साथै उनले जेष्ठ नागरिकको सहज सुविधाकालागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताईन। जेष्ठ नागरिक जिल्ला संघका उपाध्यक्ष दिलबहादुर बस्नेतले सम्मान पूर्वक सहज जिवन यापनकालागि जेष्ठ नागरिकलाई सबै पक्षको सहयोग जरुरी रहेको बताए।
जेष्ठ नागरिक जिल्ला संघले गत वर्ष तिर्थयात्रा, अनुभव अदान प्रदान, पुस्ता हस्तान्तरण, जेष्ठ नागरिक सम्मान लगायत कार्यक्रम सञ्चालन गरेको सह सचिव बोधप्रसाद अधिकारीले बताए। जेष्ठ नागरिक जिल्ला संघ गोरखाको छैटौँ साधारण सभा एवं चौँथो अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागीहरुले जेष्ठ नागरिक प्रतिको ब्यवाहार र सेवालाई अझै सुधार गर्नुपर्ने बताए। जेष्ठ नागरिकको अनुभवलाई लिपीवद्ध गरी संग्रह गर्नुपर्नेमा सहभागीको जोड थियो। २०७० सालमा स्थापना भएको जेष्ठ नागरिक जिल्ला संघ गोरखाले त्यसयता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संघका सदस्य यादव शर्माले बताए।