भुमिकास्थान नगरपालिकामा आफैले चलाएको ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ। लु ४ त १२२ नम्बरको ट्याक्टर पल्टिँदा ३५ वर्षीय चालक ठाकुर पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
भुमिकास्थान नगरपालिका वडा नम्बर–२, खाकाबेसीबाट ढाकाबाङ जाने क्रममा ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो। ट्याक्टर सँगै पल्टिएका चालक पाण्डेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारका क्रममा ज्यान गएको प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर कृष्ण घिमिरेले जानकारी दिए।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।